सूर्य विनायक-जगाती सडकखण्डमा जहिल्यै जाम !

सूर्य विनायक-जगाती सडकखण्डमा जहिल्यै जाम !


अरनिको राजमार्ग अन्तर्गत काठमाडौंदेखि धुलिखेलसम्म झण्डै २५ किलोमिटर लामो सडक खण्डमध्ये सबैभन्दा बढी सवारी जामको समस्या सूर्य विनायक-जगात खण्डमा देखिएकाे छ।

एक किलोमिटरको छोटो सडकखण्डमा बिहानदेखि बेलुकीसम्मै दिनभरिजसो नै सवारीसाधन जाम हुने गरेको छ। झण्डै एक महिनादेखि यो समस्याबाट यात्रु, स्थानीयवासी लगायतका सरोकारवालाहरू सास्ती खेप्न बाध्य छन्।

सङ्घीय राजधानीबाट बागमती प्रदेश अन्तर्गत मध्य पहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको यो सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिकसमेत काठमाडौँ आउजाउ गर्दछन्। सूर्य विनायक धुलिखेल सडक विस्तारको काम भइरहेकोले जाम हुने गरेको हो।

सडक विस्तार अन्तर्गत यो छोटो दुरीमा अहिले दुई ठाउँमा कलभर्ट (पानीको निकास) बनाउने काम भइरहेको छ। यही कारण मुख्य सडक पूरै विग्रेस ड्राइभर्सन (अर्काे वैकल्पिक सडक) बाट सवारीसाधन गुड्ने गर्दछ। कच्ची, खाल्डाखुल्डीयुक्त कामचलाउ बाटोबाट सवारीसाधन गुड्नुपर्ने भएकोले त्यहाँ जहिल्यै जाम हुने गरेको हो।

सूर्य विनायक-जगाती सडकखण्डमा जहिल्यै जाम !

सडक आयोजना कार्यालय धुलिखेलका प्रमुख राजेन्द्रप्रसाद दासले भन्छन् ‘अब यहाँको समस्या एक महिनाभित्र समाधान हुन्छ। एउटा कलभर्टमा त ढलान नै भइसक्यो र दुईचार दिनमै मुख्य सडकबाट नै आवतजावत गर्न सकिन्छ। अर्काे कलभर्टमा मुख्य सडक चलाउन २५ दिन जति लाग्नेछ।’

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको राजमार्ग विस्तार कार्य तीव्र छ। अरनिको राजमार्ग अन्तर्गत सूर्य विनायकदेखि काठमाडौंको सडक भने ६ लेनको छ। तर सूर्य विनायकदेखि उता धुलिखेलसम्म अहिले सडक दुई लेनमै सीमित छ।

सूर्य विनायक-जगाती सडकखण्डमा जहिल्यै जाम !

जगातीसम्म भक्तपुर भएर चल्ने सबै बसहरू पनि गुड्ने भएकाले सूर्य विनायक जगाती सडक खण्डमा उहिलेदेखि नै सबैभन्दा बढी जाम थियो। त्यसमा पनि अहिले सडक विस्तार कार्यले बाटो अस्तव्यस्त भएकाले जाम अझै बढेको छ। पानी पर्दा त यो सडक खण्डमा पूरै सवारी नै ठप्प  हुन्छ।

आयोजनाका इन्जिनियर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्र अधिकारभित्र बनाइएका अस्थायी संरचनाहरू भत्काएर अहिले सडक विस्तार कार्य तीव्र रहेको जनाए। सडक विस्तार कार्य सकेपछि अब सूर्य विनायकदेखि धुलिखेलका यात्रा आरामदायी हुने उनकाे भनाइ छ।

तीन वर्षमा सक्ने गरी सूर्य विनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो।

सूर्य विनायक-जगाती सडकखण्डमा जहिल्यै जाम !

राजमार्ग निर्माणको २५ वर्षपछि सूर्य विनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो। सडक विभागका अनुसार कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लगाइएको छ।

दोस्रो चरणमा सुरु भएको सूर्य विनायक–साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमी रहेको छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो। साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार थालिएको हो।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँ–बायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। विसं २०२१ मा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई कायम गर्‍यो। यही आधारमा सडक दायाँ–बायाँ घर बनेको बताइन्छ।

सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडक खण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ।

हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको छ। काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन्।

उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ।

प्रकाशित: १८ चैत्र २०८० २१:२३ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School