सूडानमा गृहयुद्धको बीच हैजा फैलँदा सयौं मानिसको मृत्यु, गर्भवती महिला र बालबालिका बढी प्रभावित



प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

सूडानमा गृहयुद्धको बीच हैजा फैलँदा सयौं मानिसको मृत्यु, गर्भवती महिला र बालबालिका बढी प्रभावित

सूडानमा गत महिनादेखि हैजा फैलिँदा मृत्यु हुनेहरूको संख्या ४३० नाघेको छ। देशमा जारी गृहयुद्धको बीच सूडानको स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुशार हैजाका केसहरू बढेर करिब १४ हजार पुगेका छन्।

सूडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट छुटकारा पाउनको लागि सबै सम्भव प्रयास गरिरहेको बताएको छ। सूडानका लागि अमेरिकाका विशेष दूत टम पेरीलोका अनुसार देशमा संघर्षका कारण आवश्यकता परेका मानिससम्म उपचार पुर्‍याउन निकै कठिन भइरहेको छ। गत वर्षदेखि हालसम्मको यो संघर्षमा डेढ लाख मानिसले ज्यान गुमाइसकेका छन्।

चिकित्सा सहयोग दिने संस्था डक्टर्स विदाउट बार्डर्सको रिपोर्ट अनुसार सूडानमा जारी संघर्षका कारण नियमित रूपमा उनीहरूले अवरोधको सामना गर्नुपरेको छ।

अप्रिल २०२३ देखि नै सूडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेसबीच सत्ता संघर्ष चलिरहेको छ, जसका कारण करिब ९० लाख मानिसहरूले आफ्नो घर छोड्न बाध्य भएका छन्। खेतीपाती गर्न नसक्दा भोकमरीको डर पनि बढ्दै गएको छ।

सूडानका स्वास्थ्य मन्त्री हैथम मोहम्मद इब्राहीमले अगस्ट महिनामा हैजाको प्रकोपको घोषणा गरेका थिए। युद्धसँगै, भारी वर्षा, बाढी र विस्थापन शिविरहरूमा भिडभाडका कारण पनि हैजाका केसहरूमा वृद्धि भएको छ।

केही ठाउँहरूमा यो रोग फैलिन नदिन स्कूल र बजारहरू बन्द गरिएका छन्। स्वास्थ्य प्रणालीको पतनले सबैभन्दा बढी प्रभावित गर्भवती महिला र बालबालिका छन्।

जनवरीदेखि अगस्टसम्मको बीचमा दक्षिणी दारफुर क्षेत्रमा ११४ गर्भवती महिलाहरूको मृत्यु भएको छ भने हजारौं बालबालिकाहरू भोकमरीको सामना गरिरहेका छन्।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School