सूचना दिनेलाई २५ हजार डलर पुरस्कार तोकिएका व्यक्ति अमेरिकामा पक्राउ



प्रकाशित मिति : कार्तिक २९, २०८२ शनिबार

New Jersey police

फोटो : एरिक म्लिन/ अनस्प्ल्यास

अमेरिकाको न्यू जर्सीमा कार्यवाहक अटर्नीको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

अटर्नी आलिना हब्बाको कार्यालयमा तोडफोड गर्ने क्यालिफोर्नियाका एक व्यक्तिलाई धेरै दिनको खोजीपछि पक्राउ गरिएको प्रहरीले बताएको हो।

अमेरिकी अटर्नी जनरल पाम बन्डीले अमेरिकी अटर्नीहरूलाई धम्क्याउने वा थर्काउने वा उनीहरूको कार्यालय नष्ट गर्ने कसैले पनि उम्कन पाउने छैन भनिन्।

सूचना दिनेलाई २५ हजार डलर पुरस्कार तोकिएका व्यक्ति अमेरिकामा पक्राउ

एफबीआईका अनुसार किथ माइकल लिसा नामक व्यक्ति बेसबलको ब्याट बोकेर हब्बाको कार्यालयमा प्रवेश गर्न खोजेका थिए।

उनी प्रवेशद्वारमै रोकिएपछि उनी फेरि ब्याट बिना नै फर्किए। त्यसपछि प्रतीक्षालयमा रहेको संघीय सम्पत्ति तोडफोड गरी फरार भएका थिए। एफबीआईले उनलाई “खतरनाक मानिनुपर्ने” चेतावनीसहित खोजी सूचीमा राखेको थियो।

यसअघि एफबीआईले उनको फोटो सार्वजनिक गर्दै पक्राउमा सहयोग पुर्याउनेका लागि २५,०००डलर (पच्चीस हजार डलर) पुरस्कार घोषणा गरेको थियो।

ट्रम्पका व्यक्तिगत वकिल रहेकी हब्बालाई पछि उनले न्यू जर्सीको सर्वोच्च संघीय अभियोजकको रूपमा कार्यवाहक जिम्मेवारी दिएका थिए।

एफबीआईले जारी गरेको ‘वान्टेड पोस्टर’ अनुसार लिसामाथि संघीय सुविधामा खतरनाक हतियार बोकेको र संघीय सम्पत्तिमा क्षति पुर्याइएको आरोप लाग्नेछ।

अनुसन्धानकर्ताहरूले यस आक्रमणको सम्भावित उद्देश्यबारे केही खुलाएका छैनन्।

हब्बा गत मार्चदेखि न्यू जर्सीकी कार्यवाहक संघीय अभियोजकका रूपमा कार्यरत छिन्।

ट्रम्पले उनलाई औपचारिक रूपमा मनोनयन गरेका थिए, तर पछि मनोनयन फिर्ता लिएर उनलाई कार्यवाहक रूपमा नै राखेका थिए।

हब्बाले पद सम्हालेपछि लगातार डेमोक्र्याट नेताहरूसँग टकराव भइरहेको छ। उनले एक डेमोक्र्याट सांसदमाथि कुटपिटको मुद्दा दायर गरेकी छिन्। उनले राज्यका डेमोक्र्याट गभर्नर र अटर्नी जनरलमाथि पनि अनुसन्धान सुरु गरेकी छिन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment