सुराकी खर्च नगर्ने मधेस गृह मन्त्रालयको निर्णय

सुराकी खर्च नगर्ने मधेस गृह मन्त्रालयको निर्णय


मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा खर्च गर्दै आएको रकम कटौती गरेका छ। 

मङ्गलवार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले यसअघिदेखि मन्त्रालयले उपलब्ध गराउँदै आएको सुराकी खर्च कटौती गर्ने निर्णय गरेका हुन्।

बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका कृष्णाप्रसाद यादवलाई बर्खास्त गरी नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका सरोजलाई मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका थिए। मङ्गलवार मुख्यमन्त्री यादवले सरोजलाई थप दुई स्वास्थ्य तथा जनसङ्ख्या र गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

हिजो गृह सञ्चार तथा कानुनमन्त्री जिम्मेवारी सम्हालेपछि मन्त्री सरोजले पहिलो निर्णयमा मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई उपलब्ध गराउँदै आएको रकम कटौती गर्ने निर्णय गरेको मन्त्रालयको सूचना अधिकारी संदिप कुमार सिंहले जानकारी दिए।

मन्त्रालयको स्थापना कालदेखि नै मन्त्रीले महिनाको डेढ लाख, राज्यमन्त्रीले एक लाख र सचिवले सुराकी खर्चको नाममा पचास हजार रुपैयाँ बुझदैं आएका थिए। अहिलेसम्म मन्त्री, राज्यमन्त्री र सचिवले सुराकी खर्चको नाममा १ करोड ४२ हजार ८९ हजार ६६६ रुपैयाँ बुझिसकेका छन्।

प्रकाशित: ७ चैत्र २०८० १७:५७ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School