सुनसरीमा अनिश्चितकालिन कर्फ्यू जारी

सुनसरीमा अनिश्चितकालिन कर्फ्यू जारी


सुनसरीकाे हनिरगर क्षेत्रमा एक युवालाई सामूहिक रुपमा निर्घात कुटपिट गरेको घटनाले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश अहिले पनि यथावत् छ।

स्थिति नियन्त्रण बाहिर जान नदिनका लागि प्रशासन कार्यालयले हरिनगर गाउँपालिकासँगै इनरुवा नगरपालिका तथा देवानगञ्ज, भोक्राहारसिंह र कोशी गाउँपालिका क्षेत्रमा शुक्रबार अपराह्न ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको थियो।

शुक्रबार दिउँसो १२ बजेदेखि हरिनगर र देवानगञ्ज गाउँपालिकाको वडा नं-१ तथा ७ मा कर्फ्यु लगाए पनि थप सद्भाव भड्किएपछि जिल्लाभरका पाँच स्थानीय तहमा कर्फ्यु जारी भएको थियो।

बिहीबार हरिनगर वडा नं-३ का ३० वर्षे जीवन मेहतालाई कुटपिट गरेपछि घटनाले उग्र रूप लिएको हो। कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराम फूयलले अहिले स्थिति नियन्त्रणमै रहेपनि स्थिति क्रमशः सहज हुँदै गएपछि मात्र कर्फ्यु खुकुलो बनाउने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको बताए।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साँझसम्मको अवस्था हेरेर थप निर्णय गर्ने टुंगो भएको उनले बताए। ‘अब बिस्तारै स्थिति सहज बन्दै गएको छ,’ शनिबार अपराह्न फूयलले भने।

शनिबार बिहानैदेखि कर्फ्यु लगाएको क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी नवीनकृष्ण भण्डारीले बताए। हरिनगर क्षेत्रमा बिहान छिटफुट मानिसहरु देखा परेपनि प्रहरीले सम्झाएपछि उनीहरु घर फर्किएका थिए।

यसैबीच, सुनसरी जिल्लास्तरका राजनीतिक दलका अगुवाहरुको बैठकले सामाजिक सद्भाव कायम राख्न माग गर्दै छ बुँदे निर्णय गरेका छन्।

जसमा कर्फ्यु सुरक्षा अवस्थालाई मध्यनजर गर्दै खुकुलो बनाएर लैजान, कर्फ्यु खारेज भएपछि पाँचवटै पालिकामा सामाजिक सद्भाव र्‍याली निकाल्ने, घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न माग, आन्दोलनका क्रममा घाइते भएकालाई निःशुल्क उपचार गर्न, हरिनगरसँगै आसपासका क्षेत्रमा भड्किएको स्थिति सहज बनाउन सहजीकरण गर्न त्यस क्षेत्रबाट विजयी प्रदेश सभाका सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेका छन्।

मेहतालाई सामूहिक कुटपिट घटनापछि शुक्रबार हरिनगरको रामनगर भूटाहामा दोहोरो भिडन्त हुँदा २९ जना घाइते भएका थिए। प्रहरीले स्थितीमा नियन्त्रणमा लिनका लागि साँझसम्म ८० राउण्ड हवाई फायर र ४० राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School