प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार
संयुक्त राष्ट्र सङ्घले सुडानमा झण्डै ३ करोड नागरिक युद्धको प्रभावमा रहेको बताएको छ ।
सुडान भित्र र छिमेकी देशहरूमा जारी द्वन्द्वबाट प्रभावित करिब दुई करोड ६० लाख सुडानीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलरको मानवीय सहयोगको अपील गरेको छ ।
मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसीएचए) ले सन् २०२५ सुडान मानवीय आवश्यकता र क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाको सुरुवात गरेको घोषणा गरेका छ ।
जसमा सुडान भित्रका लगभग २१ लाख मानिस र छिमेकी देशहरूमा रहेका पाँच लाख शरणार्थीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलर चाहिन्छ ।
सुडानमा यौन हिंसाको महामारी फैलिरहेको छ । बालबालिका घाइते भइरहेका छन् । पीडा डरलाग्दो छ ।
करिब दुई वर्षको द्वन्द्वले सुडान र सीमापारका एक करोड २० लाख मानिस विस्थापित भएका छन् ।
सुडानको लगभग दुई तिहाई जनसङ्ख्यालाई आपतकालीन सहायताको आवश्यकता छ, जबकि देशले व्यापक अनिकालको सामना गरिरहेको छ ।
छिमेकी देशहरूमा आइपुगेका शरणार्थीहरूलाई सहयोगको असाध्यै आवश्यकता छ ।
सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक द्रुत समर्थन बलहरू बीचको विनाशकारी द्वन्द्वमा फसेको छ ।
जसको परिणामस्वरूप सन २०२४ को अन्त्यसम्ममा २९ हजार ६८३ भन्दा बढीको मृत्यु भएको छ ।