सीमा प्रतिबन्ध, बाइडेनका नीति खारेज, ठूलो संख्यामा पक्राउ र देशनिकालाको योजनामा ट्रम्प



प्रकाशित मिति : मंसिर १, २०८१ शनिबार

सीमा प्रतिबन्ध, बाइडेनका नीति खारेज, ठूलो संख्यामा पक्राउ र देशनिकालाको योजनामा ट्रम्प

आगामी ट्रम्प प्रशासनले कडा सीमा उपायहरू लागू गर्ने, बाइडेन प्रशासनको नीतिहरू हटाउने र ठूलो स्तरमा आप्रवासीहरूलाई हिरासतमा लिएर देशनिकाला गर्ने योजना अगाडि बढाइरहेको छ । यी योजनाहरुको स्पष्ट रूपले तयारी भइरहेको जनाइएको छ ।

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो २०२४ को राष्ट्रपतीय चुनाव अभियानमा आप्रवासनलाई केन्द्रमा राखेका थिए । यसपालि उनको ध्यान सीमानामा पर्खाल निर्माण भन्दा भित्रि कानुन कार्यान्वयनमा र अमेरिकामा रहेका कागजातविहीन आप्रवासीहरूलाई देशनिकाला गर्ने प्रक्रियामा केन्द्रित छ।

राष्ट्रपतिका निकट स्रोतहरूका अनुशार उनले अध्यागमन हिरासतहरू विस्तार गर्नका लागि तयारी गरिरहेका छन् । यसबारे उनले कार्यकारी आदेशहरू पनि ल्याउने सम्भावना छ। यी सबै कार्यहरूले ट्रम्पको पहिलो कार्यकालमा लिएका कडा आप्रवासन नीतिहरूको पुनरागमन संकेत गरेको छ । जसमा उनले मेक्सिकोमा पर्खनुपर्ने कार्यक्रमलाई पनि पुनःलागू गर्ने योजना बनाएका छन्। यस कार्यक्रमले अमेरिका प्रवेश गर्न चाहने आप्रवासीहरूलाई आप्रवासन प्रक्रिया नसकिएसम्म मेक्सिकोमा पर्खन आवश्यक बनाउँछ।

कार्यकारी आदेशहरूमध्ये एउटा आदेशले सबै कागजात नभएका आप्रवासीहरूलाई हिरासतमा राख्नैपर्ने नियम अनिवार्य बनाउन सक्ने प्रस्ताव गरिएको छ। यसले कागजात नभएका आप्रवासीहरूको ठूलो स्तरमा हिरासत र अन्ततः देशनिकालालाई मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ। साथै, नयाँ हिरासतहरूको निर्माणका लागि पनि ठूला महानगर क्षेत्रहरूको क्षमता समीक्षा गरिँदैछ।

ट्रम्पको योजनामा परिवारलाई राख्ने हिरासतलाई पनि पुनर्स्थापना गर्ने योजना छ, जुन आप्रवासी अधिकारकर्मीहरूद्वारा आलोचना गरिएको अभ्यास हो । त्यो अभ्यास बाइडेन प्रशासनले अन्त्य गरेको थियो। अमेरिकी जनताले ट्रम्पलाई पुनः निर्वाचित गरि उनलाई कडा आप्रवासन नीति कार्यान्वयन गर्न म्यान्डेट दिएका ट्रम्पको टोलीका प्रवक्ताको भनाई छ ।

तर सबै योजना लागू गर्न पर्याप्त बजेट आवश्यक पर्ने भएकाले ट्रम्पको प्रशासनले एजेन्सीको कोष पुनः बाडफाड र संकटकाल घोषणा गर्ने सम्भावना पनि समीक्षा गरिरहेको छ। ट्रम्पले सिमा प्रमुखमा टम होमनलाई नियुक्त गर्ने योजना बनाएका छन् । जसले सन् २०१६ मा पहिलो पटक परिवारलाई अलग बनाउने नीति लागू गरेका थिए ।

ट्रम्पले पहिलो कार्यकालमा १ दशमलव ५ मिलियनभन्दा बढी आप्रवासीहरूलाई देशनिकाला गरेका थिए । तर त्यो संख्या ओबामा प्रशासनको तुलनामा भने आधा मात्रै हो। ट्रम्पको दोस्रो कार्यकालमा यसलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने योजना बनाइएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School