सीप सिक्दै गोठी गाउँका महिला

सीप सिक्दै गोठी गाउँका महिला


गुठीचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जुम्लाको गुठीचौर गाउँपालिका– २ गोठी गाउँका महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेका हुन्।

गुठिचौर गाउँपालिकाले गरिबी निवरणका लागि लघुउद्यम विकास मेडपा कार्यक्रममार्फत महिलालाई सीप सिकाएको हो। आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको गुठिचौर गाउँपालिका– २ गोठी गाउँकी निर्मला बुढाले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनका क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’

गाउँपालिकामार्फत समयसमयमा आयआर्जनका सीपयुक्त  तालिम सञ्चालन भइरहन्छन्। आलुका बोक्रा फाल्ने, चाना काट्ने, सुकाउने, जमाउने र प्याकिङ गर्ने सीप सिकिसकेको निर्मला बताउँछिन्। आलुबाट बनाइने परिकार बजार लगिने पनि उनले बताइन्।

‘यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने छ’, उनले थपिन्, ‘सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ।’ चुलाचौका, वनपाखा र पानीपँधेरामा सीमित रहेका महिलाले सीप सिकेर आयआर्जनका माध्यमबाट आत्मनिर्भरको बाटो रोजेका छन्।

छायादेवी बोहोरा पनि आलु चिप्स बनाउन सिक्दैछिन्। यसले महिलामा व्यवसायी बन्न’पर्छ भन्ने उत्साह जगाएको छ। काममा व्यस्त हुँदा सोचाइ पनि सकारात्मक ह’ने गरेको उनले बताइन्। फुर्सदको समयमा सीपमूलक काम गर्न सकियो भने जीविकोपार्जनमा सहयोग पुग्ने उनको अपेक्षा छ।

बर्सेनि आलु बेचेर घर खर्चदेखि बालबालिका पढाउने खर्च समेत जोहो ह’ने गरेको उनले बताइन्। भनिन्, ‘गाउँमा आलु उत्पादन धेरै हुन्छ। तर बजार नहुँदा समस्या छ। आलुको मूल्य भनेजस्तो मूल्य पाइँदैन।’

प्रत्येक घरमा न्यूनतम ८० क्विन्टलदेखि एक सय क्विन्टलसम्म आलु उत्पादन हुने भएकाले सीपले आलुका परिकार उत्पादन गरी बिक्री गर्दा बढी फाइदा हुने भएकाले तालिम दिइएको चित्रबहादुर बुढाले बताए। उनका अन’सार तालिममा २० जना महिला सहभागी छन्।

विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाको आयआर्जनमा सुधार ल्याउने हिसाबले सीप प्रदान गरिएको वडा २ का अध्यक्ष दिपबहादुर ऐडीले बताए। उनले भने, ‘गुठीचौर गाउँपालिका आलु उत्पादनमा पकेट क्षेत्रको रुपमा परिचित छ।’ यो सिपलाई आर्थिक समृद्धिमा जोड्न उनले सीप सिकिरहेका महिलासँग आग्रह गरे।

प्रकाशित: २१ चैत्र २०८० १३:०५ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School