सिरियामाथि लगाइएको प्रतिबन्ध बिना शर्त हटाउन इयुसँग टर्कीको आग्रह



प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

सिरियामा लगाइएको प्रतिबन्ध हटाउन इयुलाई टर्कीले आग्रह गरेको छ ।

ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले युरोपेली सङ्घ (इयु) लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको हो ।

सम्मेलनमा युद्धग्रस्त देश सिरियाका नयाँ अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ ।

सिरियामाथि लगाइएको प्रतिबन्ध बिना शर्त हटाउन इयुसँग टर्कीको आग्रह

सिरियामाथि लगाइएको प्रतिबन्ध बिना शर्त हटाउन इयुसँग टर्कीको आग्रह

टर्कीको विदेश मन्त्रालयले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी डिसेम्बरमा सत्ता सम्हालेका सिरियाका नयाँ शासकहरूसँग गठबन्धन गरेर अङ्काराले देशमा ‘शान्तिपूर्ण सङ्क्रमण’ का लागि यस्तो कदम आवश्यक ठानेको बताएको छ ।

इयुले सोमबार सिरियाको समर्थनमा नवौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ ।

पहिलो पटक सिरियाको सरकारका प्रतिनिधिहरू–नयाँ अन्तरिम अधिकारीहरूलाई–उपस्थित हुन आमन्त्रित गरिएको छ ।

यस कार्यक्रमको उद्देश्य १३ वर्षभन्दा बढी गृहयुद्धपछि सिरियाको सङ्क्रमण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो ।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–सारालाई केही चुनौतीबाट राहत दिन इयुले फेब्रुअरी २४ मा नै सिरियाको ऊर्जा, यातायात र बैंकिङ क्षेत्रमा प्रतिबन्धहरू खुकुलो पारेको थियो ।

सिरियामाथि लगाइएको प्रतिबन्ध बिना शर्त हटाउन इयुसँग टर्कीको आग्रह

तर युरोप र अन्य शक्तिहरू डिसेम्बर ८ मा असदलाई अपदस्थ गर्ने अप्रत्याशित आक्रमणको नेतृत्व गर्ने साराको इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) ले सिरियालाई कुन दिशामा लिन सक्छ भन्ने कुरामा सावधान छन् ।





Source link

Leave a Comment