सालिन मृत्यु प्रकरण: विद्यालयका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

सालिन मृत्यु प्रकरण: विद्यालयका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा


रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी सालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत चितवनले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। सरकारी वकिल कार्यालय चितवनले दर्ता गरेको आत्महत्या दुरुत्साहनको मुद्दाको बहसपछि उनीहरुलाई पाँच-पाँच लाख रुपैयाँमा छोड्न अदालतले आदेश दिएको हो। थुनछेक बहस सोमबार र मंगलबार गरिएको थियो।

घट्नापछि एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमलप्रसाद शर्मा पक्राउ परेका थिए।

गत फागुन १२ गते एकता शिशु निकेतनमा अध्ययनरत पोखरेल पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेपछि सालिनको परिवारले प्रहरीमा बलात्कारपछि हत्या गरेको किटानी जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए।

तर, बालिकाको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या नभई आत्महत्या भएको पाइएको थियो। पछि परिवारले जाहेरी परिवर्तन गरेर आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेका थिए।

प्रकाशित: ६ चैत्र २०८० २२:२३ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School