सार्वजनिक स्थलमा पिसाव गर्नेलाई रोक्न खोज्दा क्यालिफोर्नियामा भारतीय युवाको गोली हानी हत्या



प्रकाशित मिति : भाद्र २२, २०८२ सोमबार

a passport, watch and pen on a table

भारतीय पासपोर्ट । यो फोटो सांकेतिक हो, मृतकसँग सम्बन्धित छैन । फोटो: सौरभ देवनाथ

अमेरिकामा सार्वजनिक स्थानमा पिसाब गरिरहेका एक व्यक्तिलाई रोक्न खोज्दा एक २६ वर्षीय भारतीय युवाको गोली हानी हत्या भएको छ। कपिल नाम गरेका भारतीय नागरिक क्यालिफोर्नियामा सुरक्षा गार्डको काम गर्दै थिए। उनले आफ्नो कार्यस्थल बाहिर पिसाब फेरिरहेका एक अपरिचित व्यक्तिलाई रोक्न खोज्दा यो घटना भएको हो।

हरियाणाका कपिल परिवारमा एक्ला छोरा भएको र २०२२ मा ४५ लाख भारतीय रुपिँया खर्च गरेर विनाभिसा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेको जनाइएको छ । यो यात्रामा पनामाको जङ्गल पार गर्ने र मेक्सिकोको सिमानाको पर्खाल नाघ्ने जस्ता कठिन बाटोहरू समावेश थिए । कपिल अध्यागमनबाट पक्राउ परेर रिहा भएपछि क्यालिफोर्नियामा बस्दै आएका थिए।

यस वर्षको मे महिनामा पनि यस्तै एक घटना भएको थियो। अस्टिन टेक्सासमा एक सार्वजनिक बसमा ३० वर्षीय भारतीय अमेरिकी उद्यमी अक्षय गुप्तालाई अर्का ३१ वर्षीय भारतीय दीपक कँडेलले छुरा प्रहार गरी हत्या गरेका थिए। अस्टिन प्रहरीका अनुसार यो आक्रमण कुनै चेतावनी बिना भएको थियो।

सार्वजनिक स्थलमा पिसाव गर्नेलाई रोक्न खोज्दा क्यालिफोर्नियामा भारतीय युवाको गोली हानी हत्या

मे १४ को साँझ प्रहरी र आपत्कालीन सेवाले बसमा छुरा प्रहार भएको खबर पाएपछि घटनास्थल पुगेका थिए। त्यहाँ उनीहरूले गुप्तालाई गम्भीर चोटसहित भेटेका थिए तर उनलाई बचाउन सकिएको थिएन ।





Source link

Leave a Comment