सानातिना अपराधमा कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने बिल पारित



प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

सानातिना अपराधमा कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने बिल पारित

अमेरिकी संसदको प्रतिनिधिसभाले अहिंसात्मक अपराधको सानातिना अभियोग लगाइएका कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने बिल पारित गरेको छ । मंगलबार पारित यो बिलले दोषी ठहर भएका नभई अभियोगमात्र लगाइएका कागजातविहीनलाई समेत देशनिकाला गर्नसक्ने प्रावधान समेटेको छ । बिल पारित गर्नका लागि ४८ जना डेमोक्र्याटेकि सांसदहरुले पनि रिपब्लिकनहरूलाई साथ दिएका थिए ।

बिल द्विदलीय समर्थनका लागि शुक्रबार सिनेटमा लग्ने योजना बनाइएको छ । यो बिल २२ वर्षीया नर्सिङ विद्यार्थी ल्याकेन रिलेको नाममा राखिएको छ, जो गत वर्ष जर्जियामा कागजातविहीन आप्रवासीद्वारा मारिएका थिए । बिलको पक्षमा २६४ मत खसेको थियो ।

५३ वटा सिनेटको सीटहरूमा नियन्त्रण कायम गरिरहेका रिपब्लिकनहरूलाई यो बिल पारित गराउनका लागि सात डेमोक्र्याटको आवश्यकता हुनेछ । नोभेम्बरमा सिनेटमा निर्वाचित एरिजोनाका डेमोक्र्याटिक सिनेटर रुबेन ग्यालेगो र मिशिगनका एलिसा स्लोटकिनले गत वर्ष प्रतिनिधिसभा सदस्यको रूपमा यो बिलको पक्षमा मतदान गरेका थिए ।

डकैती, चोरी, लुटपाट वा शप लिफ्टिङको आरोप लागेका कागजातविहीन आप्रवासीहरूलाई हिरासतमा राख्न आवश्यक हुने प्रावधान बिलमा छ । बिलले रिलेको हत्याको लागि नोभेम्बरमा आजीवन कारावासको सजाय पाएका भेनेजुएलाका जोसे एन्टोनियो इबारा जस्ता मानिसहरूलाई लक्षित गर्ने लक्ष्य राखेको छ।

अहिले आइसले साना स्तरका अपराधहरू गर्ने कागजातविहीनहरूलाई पक्राउ गर्न र निर्वासन गर्न असमर्थ रहेकाले अपराधीहरू झन् साहसी हुँदै गइरहेका तथा समुदायहरू असुरक्षित बन्दै गएका जर्जियाका रिपब्लिकन सांसद माइक कोलिन्सले बताएका छन् । धेरै डेमोक्र्याटहरूले बिलको दायर धेरै फराकिलो भएको र यसले निर्दोष मानिसहरूलाई पनि हिरासतमा लैजान सक्ने तर्क गरेका छन् ।

हालको कानून अन्तर्गत कम्तीमा दुई साना अपराधहरूमा दोषी ठहरिएका गैर नागरिकहरू सम्भावित देशनिकालाको अधीनमा छन्। गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको कुनै आप्रवासी अमेरिकामा रिहा भएर राज्य वा त्यहाँका बासिन्दाहरूलाई हानि पुर्‍याउने अपराध गरेमा राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी कानूनमन्त्री वा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी विरुद्ध मुद्दा हाल्ने अधिकारको व्यवस्था समेत बिलमा छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School