प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार
अमेरिकाको साउथ क्यालिफोर्नियामा रहेको कृषि फार्ममा संघीय एजेण्टहरू र प्रदर्शनकारीहरूबीच झडप भएको छ।
ट्रम्प प्रशासनको गैरकानूनी आप्रवासी नियन्त्रणको क्रममा साउथ क्यालिफोर्नियामा रहेको कृषि फार्ममा झडप भएको हो ।
भेन्चुरा काउन्टीको क्यामारिलो नजिकै रहेको भङ्गीत गांजाको खेती गर्ने फार्ममा गैरकानूनी आप्रवासी रहेको भन्दै नियन्त्रणका लागि छापा मारिएको आइसले बताएको छ । प्रदर्शनकारीहरूले बाटो अवरुद्ध गर्दा संघीय एजेण्टहरूले टियर–ग्यास प्रहार गरेका थिए ।
एक व्यक्तिले हतियार प्रयोग गरेर एजेण्टहरूमाथि गोली चलाएपनि कोही घाइते भने नभएको बताइएको छ । सीबीपी र बोर्डर पेट्रोलका एजेण्टहरू ग्यास मास्क तथा सैनिक पोशाकमा देखिएका थिए ।
त्यहाँबाट करिब १०० जना कामदार पक्राउ परेका छन । स्थानीय भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टले तीन व्यक्तिलाई अस्पतामा पठाएको छ ।
क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्युसमले यसलाई “अमानवीय” बताउँदै आलोचना गरेका छन् । प्रदर्शनकारीहरूले अमेरिकी नागरिकको हैसियतमा आवाज उठाएका थियौं‘ तर हामीलाई टियर–ग्यास हानियो, बल प्रयोग गरियो” भनेका छन् ।
स्थानीय काउन्सिल सदस्यहरूले यस कार्यले कृषि क्षेत्रमा आतंक सिर्जना गरेको र फूड सप्लाई मा असर पर्ने चेतावनी दिएका छन् । फार्मले गांजा , टमाटर खेती गर्दै आएको छ । आइसले जारी गरेको वारेन्टका आधारमा छापा मारेको हो ।
ट्रम्प प्रशासनको ठूला संख्यामा गैरकानूनी आप्रवासी नियन्त्रण नीति अन्तर्गत यो कार्य गरिरहेको छ । क्यालिफोर्नियामा लामो समयदेखि आप्रवास–विरोधी प्रदर्शनहरू हुँदै आएका छन् ।
साउथ क्यालिफोर्नियामा आइस र अन्य संघीय एजेण्टहरूले गरेको छापाले प्रदर्शनकारीहरूसँग झडप निम्त्याएको हो ।
राज्य–सरकार र स्थानीय समुदायले यसलाई गम्भीर “अमानवीय र आतंकपूर्ण कदम” भनेका छन् । कृषकमा आधारित अर्थतन्त्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।