सहरीकरण शब्दको उत्पत्ति ल्याटिन शब्द ग्चदबलबक बाट भएको हो । सहरीकरणले त्यस प्रक्रियालाई संकेत गर्छ, जसको माध्यमबाट सहर निर्माण हुन्छ । यसअतिरिक्त सहरीकरणको अर्थ मानिसद्वारा सहरी सभ्यता स्वीकार गर्नु हो । लगभग हरेक देशमा गाउँबाट सहरतिर जनसंख्याको बसाइँसराई हुन्छ । ‘सहर’ शब्दले भूमि उपयोग, सेवा प्रावधान, स्थानीय अधिकार, भवन र सडकका विभिन्न रूप देखाउँछ । सहरी क्षेत्रले घनत्व, आकार, अवस्था र यसको प्रयोग गर्ने तरिका देर्शाउँछ । सहरीकरणमा परिवर्तन ल्याउने तत्व भन्नाले सामाजिक, आर्थिक, प्राविधिक तथा भौतिक पक्षलाई समेत लिने गरिन्छ । प्राविधिक शक्तिले प्रारम्भिक सहरी क्षेत्रमा परिवर्तन ल्याउने काम गरेको हुन्छ । सुधारिएको प्रविधिसँगै सहरी जीवनलाई पनि क्रान्तिकारी तुल्याउँदै लगिएको हुन्छ । सहरमा प्रविधिकै कारण यातायात सुविधाले काम गर्न मानिस धेरै किलोमिटर टाढासम्म जानसक्ने वातावरण भएको हुन्छ । ’cause प्रविधिले दूरी छोटो तुल्याउन मद्दत गरेको हुन्छ । सुन्दरता, स्वास्थ्य र भौतिक सुविधा सहरी योजनाका धेरै महत्वपूर्ण तत्व हुन् । सहरका भौतिक साधन भवन, सडक र भूमि हुन् । भौतिक साधनलाई सामाजिक, आर्थिक र प्राविधिक तत्वबाट पन्छिने कुरामा हेर्न सकिने छैन । प्राविधिक, आर्थिक, सामाजिक र भौतिक तत्व सहरीकरणका प्रक्रिया परिवर्तन ल्याउने महत्वपूर्ण साधन हुन् । प्राविधिक तत्वले सहरी क्षेत्रका उत्पत्तिका लागि एउटा आधारलाई प्रोत्साहित गर्दछन् । सुधारिएको प्रविधि सहरी जीवनमा क्रान्ति ल्याउँछ । सहरमा जनसंख्या वृद्धि, ठुल्ठुला भवन निर्माण, औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि, आधुनिक सुविधा खोजी र विकास, घना र बाक्लो भई सहरले विगतको आधार स्थिति र स्वरूपमा परिवर्तन गर्दै फैलावट बढाउनेगर्छ ।
सहरको अवधारणा ‘कहाँबाट कहिले र कसरी आयो ?’ भन्ने सन्दर्भमा खासै तथ्यगत प्रमाण भेटिएको छैन । तथापि, सहरीकरण प्रक्रिया मानव विकासको सभ्यतासँगसँगै जोडिएको पाइन्छ । ऐतिहासिक पृष्ठभूमि दृष्टिगत गर्दा ईपू ६००० मा त्ष्नचष्क र भ्गउजचबतभक नदी किनारामा ःभकभउयतबmष्ब सभ्यता सुरुवात भएको पाइन्छ । मानव जब ढुंगे तथा जंगली युगबाट बिस्तारै खेतीपातीतर्फ लम्कन थाल्यो, तब ऊ सुविधायुक्त र योग्य जग्गा जमिनतिर आकर्षित हुन पुग्यो । यसरी समथर, उब्जाउयुक्त र राम्रो हावापानी तथा सुविधा भएको ठाउँमा मानिस एकत्रित हुनेक्रममा सहरी क्षेत्र विकास हुन पुगेको देखिन्छ । सहरीकरणको ऐतिहासिक प्रक्रियासम्बन्धि न्।ज्गचम र अन्य ९ज्ञढठघ० ले तीन तह’bout उल्लेख गरेका छन् । एउटा तह १८औं शताब्दीमा, जब मानिस सहरमा बस्नथाले त्यसबेलादेखि नै केही सहरी बस्ती विकास भएको हो । दोस्रो तह औद्योगिकीकरणको व्यापक वृद्धि अवस्था हो । तेस्रो अवस्था नगरीकरणको उच्च विकासको स्वरूप हो । जहाँ व्यक्ति र धन केन्द्रीकृत भएको हुन्छ । यस्तै, अन्य संस्थाको प्रचुर विकास भएको हुन्छ । युरोपमा सहरीकरण र ओद्योगिकीकरण प्रक्रिया सँगसँगै विकास भएको पाइन्छ । वर्तमान समय अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकी देशमा सहरी विकास प्रक्रिया तीव्र छ । यी देशमा ग्रामीण बस्तीबाट दिन प्रतिदिन सहरीबस्तीमा मानिस बढ्दो अवस्थामा आएको पाइन्छ । जसको एउटा प्रमुख कारकत्व असन्तुलित विकास नै हो ।
सहरीकरण हुनुमा मुख्यतया निम्न कारण जिम्मेवारी मान्न सकिन्छ । १. आर्थिक विकास २. बसाइँसराइ ३. राजनीतिक र सामाजिक परिवर्तन ४. उच्चदरमा ग्रामीण जनसंख्यामा वृद्धि ५. आर्थिक ध्रुवीकरण । हालको अवस्था दृष्टिगोचर गर्दा स्पष्टतः दुई रूपमा सहरीकरण हुन गएको पाइन्छ– १. ग्रामीणबाट सहरी क्षेत्रमा हुन गएको जनचाप २. क्रमिक जनसंख्या वृद्धि । नेपालमा सहरी विकास प्रक्रियाका कारक तत्व जनताको बढ्दो महत्वाकांक्षा, औलो उन्मूलन र राजमार्ग निर्माण, अन्तर्राष्ट्रिय माग बढाउने उद्योगधन्दा विकास–विस्तार, पर्यटनस्थल र धार्मिकस्थलको अवस्थिति छन् । त्यस्तै, जिल्ला र क्षेत्रीय सदरमुकामका कारण नेपाल भारतीय सिमानामा रेल्वे सुविधा, आन्तरिक सुरक्षा र सुविधा तथा नगरपालिका स्तरवृद्धि भएका कारण लिन सकिन्छ । नेपाल दक्षिण एसियाली देशको तुलनामा मात्र होइन, प्रायः सबै विकासोन्मुख देशको दाँजोमा समेत कम सहरीकरण भएको मुलुक हो ।
सहरीकरणका विशेषता
१. सुकुम्बासी र गरिबी वृद्धि २. पेसागत संरचनामा परिवर्तन ३. भौतिक वातावरणमा परिवर्तन ४. सहरी क्षेत्रमा जनघनत्व वृद्धि ५. आधुनिक सेवा सुविधामा वृद्धि ६. संस्कृति र परम्परा आदान–प्रदान ७. मूल्यमान्यता, व्यवहार र संस्थागत व्यवस्थामा परिवर्तन ८. गाउँबाट सहरतिर बसाइ“सराइ प्रवृत्ति, ९. नयाँ अवसर र चुनौती सामना, भौगोलिक क्षेत्र बिस्तार । पहाड र हिमाली भेगबाट तराईको वातावरणमा परेको व्यापक बसाइँसराइका लागि निम्न लिखित कारणलाई जिम्मेवार मान्न सकिन्छ– क. पुनर्वास कार्यक्रम ख. उब्जाउ खेतीयोग्य जमीन उपलब्धता ग. रोजगारीका अवसर, घ. तुलनात्मक रूपमा सञ्चार तथा यातायातका राम्रा सुविधा । तराईमा मलेरिया रोकथामपछि खेतीयोग्य जमिन पर्याप्त उपलब्धता तथा तुलनात्मक रूपमा गतिलो आधारभूत सुविधा प्राप्त हुनाले पहाड तथा हिमाली भेगबाट बसाइँसराइसम्बन्धी गतिविधि बढ्यो । पहाड तथा लेकबाट तराईमा हुने बसाइँसराइसम्बन्धी यस्तो गतिविधिलाई इस्वीको १९औं शताब्दीको ६० को दशकमा सरकारद्वारा स्थापित ‘पुनर्वास कार्यक्रम’ले सघाउ पु¥यायो । फलस्वरूप पहाड र लेकका बासिन्दाको तराई क्षेत्रमा बसाइँसराई बढेको देखिन आउँछ ।
२०८० पुसमा केन्द्रीय तथ्यांक कार्यालयबाट प्रकाशित प्रतिवेदनअनुसार ‘ग्रामीण क्षेत्र’मा २ लाख ८३ हजार १ सय २ मानिस बस्छन् । यो शून्य दशमलव ९८ प्रतिशत हो । ‘सहरोन्मुख क्षेत्र’मा ३९ दशमलव ७४ प्रतिशत अर्थात् १ करोड १४ लाख ९६ हजार ३ सय ७५ मानिस बस्छन् । यसप्रकार ग्रामीण र सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्याको प्रतिशत ७२ दशमलव ९३ प्रतिशत रहेको छ ।
२०८० पुसमा केन्द्रीय तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार ‘ग्रामीण क्षेत्र’मा २ लाख ८३ हजार १ सय २ र ’सहरोन्मुख क्षेत्र’मा १ करोड १४ लाख ९६ हजार ३ सय ७५ मानिस बस्छन् । यसप्रकार ग्रामीण र सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्याको प्रतिशत ७२ दशमलव ९३ प्रतिशत रहेको छ
२०७८ सालको जनगणनाको नतिजानुसार नगरपालिकाभित्र १ हजार २ सय ८५ वडा सहरोन्मुख परिवेश रहेको क्षेत्रमा छन् । १ हजार २ सय ४४ वडा ग्रामीण क्षेत्रमा छन् । ५ सय ९१ वडा मात्र सहरी क्षेत्रमा छन् । यो प्रतिशतका हिसाबले क्रमशः ४६, २५ दशमलव ४ र २८ दशमलव ४ प्रतिशत हो । यसका आधारमा नगरपालिकालाई राजनीतिक रूपमा ‘सहर’ भनिए पनि जनसंख्याको ठूलो हिस्सा सहरोन्मुख वा ग्रामीण परिवेशमै रहेको सो कार्यालयको विश्लेषण छ ।
उपमहानगरपालिकाभित्र ५३ प्रतिशत मात्र जनसंख्या सहरमा र ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषतामा रहेका पाइएको छ । महानगरपालिकाभित्र ८० दशमलव ७ प्रतिशत सहरी, १७ प्रतिशत जनसंख्या सहरोन्मुख र २ दशमलव ३ प्रतिशत परिवेश ग्रामीण नै रहेको समेत अध्ययनले देखाएको छ । यस तुलनाबाट नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख र ग्रामीण परिवेशमै रहेको देखाएको छ ।
सरकारले राजनीतिक रूपमा ‘गाउँ’ भनेर तोकेका गाउँपालिकाभित्र १ सय ३९ वडा (५ दशमलव ९ प्रतिशत)मा भने सहर पर्छ । ६ सय ६४ वडा (३६ दशमलव १ प्रतिशत) क्षेत्र सहरोन्मुख र २ हजार ४ सय १२ वडा (५८ प्रतिशत)मा भने ग्रामीण जनसंख्या बसोबास छ । सहरी र सहरोन्मुख क्षेत्रका तुलनामा गाउँपालिकाभित्र वडा संख्या धेरै (३ हजार ६ सय ८५) छ । यसमा कुल जनसंख्याको ३३ प्रतिशत मात्रै जनसंख्या देखिएको छ ।
आर्थिक सर्वेक्षण २०८१-८२ मा उल्लेख गरिएअनुसार ‘सहरी विकास कार्यक्रम’अन्तर्गत नेपाल द्रूतगतिमा सहरीकरणतर्फ उन्मुख हुँदै गएको छ । पछिल्लो प्रतिवेदनअनुसार २१ सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या २७ दशमलव शून्य ७ प्रतिशत पुगेको छ । साथै, सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४० प्रतिशत रहेको छ । आधुनिक दिगो र व्यवस्थित सहरीकरण तथा बस्ती विकासका साथै सीमान्तकृत, घरबारविहीन, सामाजिक आर्थिक रूपले पछिपरेका वर्गका लागि संरक्षित आवास उपलब्ध गराउन विभिन्न कार्यक्रम सञ्चालनमा छन् । सहरीकरण व्यवस्थित तथा गुणात्मक बनाई सन्तुलित विकासका लागि ‘सहरी नीति’ केन्द्रित हुनुपर्ने देखिन्छ ।
गाउँबाट सहर रूपान्तरण क्रम बढेसँगै जनसंख्याको भौगोलिक संरचनामा पनि परिवर्तन भएको छ । करिब १७ प्रतिशत भूभाग ओगटेको तराई मधेशमा ५३ दशमलव ७ प्रतिशत र पहाडी तथा हिमाली क्षेत्रमा ४६ दशमलव ३ प्रतिशत जनसंख्या रहेको छ । खुम्चि“दो ग्रामीण जनसंख्या र बढ्दै गएको सहरी जनसंख्याका कारण पहाड तथा हिमालमा पूर्वाधार निर्माण तथा सेवा सुविधामा प्रतिव्यक्ति लागत बढ्दै गएको छ । जनघनत्व अधिक रहेका तराई मधेशमा ठूला पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्नेछ । जलविद्युत् क्षेत्रमा लिइएको नीतिगत व्यवस्थाका कारण ऊर्जा क्षेत्रमा मुलुक आत्मनिर्भर उन्मूख हुँदै गएको छ । विद्युत् उत्पादनमा वृद्धि भई विद्युत् पहुँच पुगेको जनसंख्या पनि बढेको छ ।
गत आवसम्म सघन सहरी विकास कार्यक्रम १ सय ५ नगरपालिकामा लागू भई सहरी सडक निर्माण÷स्तरोन्नति, सतह नाली÷ढल निर्माण, बसपार्क निर्माण, सार्वजनिक पार्क÷खुला क्षेत्र विकास तथा संरक्षणलगायत आर्थिक, सामाजिक र भौतिक पूर्वाधार निर्माण भएका छन् । आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार ‘योजनाबद्ध सहरी विकास’अन्तर्गत नागरिकको सुरक्षित आवासको संवैधानिक हक प्रत्याभूति गरिनुका साथै सहरी विकासलाई उत्पादन वृद्धि, व्यवसाय विस्तार र रोजगारीका अवसरसँग आबद्ध गरिने नीति लिइएको छ । सामूहिक आवास विकासका लागि जग्गाप्राप्ति र वित्तीय पहुँच उपलब्ध गराइनुका साथै निजी क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने र सम्भाव्यताका आधारमा जग्गा एकीकरण र सुपथ मूल्यका आवास विकास गरिने कार्यक्रम राखिएको छ ।
‘स्मार्ट सिटी’ र ‘इको भिलेज’अनुरूपका पूर्वाधार निर्माण गर्न अध्ययन गरिनुका साथै जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुविधायुक्त एकीकृत बस्तीमा विकास गरिने नीति लिइएको छ । बस्तीको मौलिक स्वरूप र स्थानीय वास्तुकला प्रवर्धन गरिने र देशभरका ५० बस्ती संरक्षण र पूर्वाधार सुधारका लागि बजेट व्यवस्था गरिएको छ । निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थित सहर विकास गरिनुका साथै काठमाडौं उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्गा विकास आयोजना सञ्चालन गरिने नीति लिइएको छ ।
सहरीकरण विकासमा देखापरेका समस्या तथा चुनौतीअन्तर्गत आर्थिक स्थितिमा सुधार, नयाँ प्रविधि ज्ञान, सीप, क्षमता विकास, शैक्षिक स्तरमा वृद्धि, गैरकृषि क्षेत्रमा विकास, व्यक्तिको जीवनमा नवीन परिवर्तन, कला–संस्कृति प्रचारप्रसार, पर्यटन, उद्योगधन्दा विकास, विदेशी मुद्रा आर्जन छन् । त्यस्तै, बौद्धिक पलायन हुने, राष्ट्रिय एकता अखण्डतामा प्रभाव पार्ने, सांस्कृतिक विकृति बढ्ने, व्यक्तिले आफूलाई संसारमा एक्लो महसुस गर्ने, जनसंख्यामा असमान वितरण हुने, विकासोन्मुख मुलुकमा परनिर्भर बढाउने, धनी राष्ट्रले गरिब राष्ट्रलाई हेप्ने, दमन गर्ने तथा आफ्नोमातहतमा राख्न खोज्ने, प्राकृतिक स्रोेत साधन बिदेसिने खतरा, विकासोन्मुख मुलुक विकसित मुलुकमा प्रयोगशाला बन्न जाने, राष्ट्रिय हितविरुद्धका काय हुनसक्ने, विकासोन्मुख मुलुकले धनी मुलुकको धम्की प्राप्त गरिरहनेजस्ता समस्या विद्यमान छन् ।
[email protected]
(Visited 21 times, 1 visits today)
