सशस्त्रको नयाँ ओएन्डएम : जवानदेखि एसएसपीसम्मका ३ हजारभन्दा बढीको तत्कालै वृत्तिविकास हुने : RajdhaniDaily.com


काठमाडौं । मन्त्रिपरिषदबाट हालै पारित सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) पश्चात् सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका ३ हजारभन्दा बढी कर्मचारीहरूको तत्कालै वृत्तिविकास हुने सशस्त्र प्रहरी बलले जनाएको छ ।

यसैगरी प्राविधिक समूह इन्जिनियरिङतर्फ १५/१६ वर्षदेखि एउटै पदमा रहेका प्राविधिक कर्मचारीहरूको वृत्तिविकासलाई समेत मध्यनजर गरी सशस्त्र प्रहरी वरिष्ठ हवलदार र सशस्त्र प्रहरी सहायक हवलदार गरी २ सय ३८ पदहरू आन्तरिक समायोजन मार्फत दरबन्दी सृजना गरिएको जनाइएको छ ।

‘सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाद्वारा शनिबार जारी विज्ञप्तिमा नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणले संगठनको आवश्यकताअनुसार कार्यालयहरूको स्तरवृद्धि, कार्यालयहरूको स्थायीकरण, कर्मचारीहरूको वृत्तिविकास र यसले संगठनको व्यावसायिक क्षमता र कार्यरत कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास गरिएको उल्लेख छ ।

पारित संगठन व्यवस्थापन तथा सर्वेक्षणका लागि विगत ३ वर्षदेखि विभिन्न चरणमा छलफल भएपश्चात् मात्र कार्यान्वयन भएको पनि विज्ञप्तिमा उल्लेख छ । नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणपश्चात् अस्थायी प्रकृतिका कार्यालयलाई स्थायी गरेसँगै प्रशासनिक र कानुनी कामकारबाही चुस्त, दुरुस्त हुनुका साथै बजेट व्यवस्थापनमा समेत सहजता हुने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ । ‘

नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रकाशन विद्यमान संगठनको आवश्यकता, औचित्यता र सशस्त्र प्रहरी बल नेपालको ऐन तथा नियमावलीबमोजिम संगठनका सबै समूह तथा उपसमूहमा सेवारत कर्मचारीहरूको वृत्तिविकास र कार्यालयहरूबाट सम्पादन गरिने कामकारबाहीलाई प्रभावकारी बनाउने गरी सांगठनिक पुनर्संरचना गरिएको जनाइएको छ ।’

नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणले संगठनको आवश्यकताअनुसार कार्यालयहरूको स्तरवृद्धि, कार्यालयहरूको स्थायीकरण, कर्मचारीहरूको वृत्तिविकास र यसले संगठनको व्यावसायिक क्षमता र कार्यरत कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास लिइएको छ

डीएसपी शैलेन्द्र थापा, केन्द्रीय सहप्रवक्ता, सशस्त्र प्रहरी बल

विज्ञप्तिमा इन्टेलिजेन्स ब्युरोको कामकारबाहीलाई थप प्रभावकारी बनाउनका लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमान्ड गर्ने गरी कार्यालयको स्तरबृद्धि गरिएको, सशस्त्र प्रहरी बल नेपालको प्रमुख म्यान्डेटको रूपमा रहेको विपद् व्यवस्थापन महाशाखा सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमान्ड गर्ने गरी निर्देशनालयको रूपमा स्तरबृद्धि गरिएको जनाइएको छ । साथै सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ४ को उपनियम ४ मा सशस्त्र प्रहरी बल नेपालको कानुन उपसमूहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पद रहने व्यवस्था रहेकोमा कानुन समूहबाट गरिने मानवअधिकार र लैंगिक विषय, विभागीय कारबाही प्रक्रिया, सशस्त्र प्रहरी ऐन बमोजिम गठित सशस्त्र प्रहरी विशेष अदालत सम्बन्धी कामकारबाही र सम्मानित अदालतहरूमा संगठनको तर्फबाट गरिने प्रतिरक्षा जस्ता अति संवेदनशील विषयहरूमा प्रभावकारी समन्वय र कार्यसम्पादनका लागि संगठनको आवश्यकता र औचित्यताको आधारमा महाशाखालाई निर्देशनालयको रूपमा स्तरवृद्धि गरी उल्लेखित तीनवटै कार्यालयहरूमा आन्तरिक समायोजन मार्फत सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूको दरबन्दी सृजना गरिएको उल्लेख छ ।

यसैगरी काठमाडौं उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गण कीर्तिपुरलाई रेजिमेन्ट गणको रूपमा स्तरोन्नति गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले कमान्ड गर्ने गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी सृजना गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको जनाइएको छ । विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान तथा कूटनैतिक नियोगसमेतको सुरक्षा हेर्ने गरी काठमाडौं कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई सशस्त्र प्रहरी उपरीक्षक पद सृजना गरी गणमा स्तरोन्नति गरिएको र सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा वाद्यवादन गुल्मलाई सशस्त्र प्रहरी उपरीक्षकको पद सृजना गरी सांगीतिक शिक्षालय बनाइएको छ ।

यसका साथै सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरूमा सशस्त्र प्रहरी नायव उपरीक्षकले कमान्ड गर्ने गरी र २ सय १५ वटा अस्थायी बीओपीलाई सशस्त्र प्रहरी निरीक्षक/नायव निरीक्षकले कमान्ड गर्ने गरी साथै कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका अस्थायी फिल्ड अस्पतालहरूमा स्वास्थ्यतर्फको प्राविधिक डा.सशस्त्र प्रहरी नायव उपरीक्षकले कमान्ड गर्ने गरी सशस्त्र प्रहरी नायव उपरीक्षक पद समायोजन मार्फत सृजना गरी ३ सय ९६ वटा अस्थायी कार्यालयहरूलाई स्थायी कार्यालयको रूपमा रूपान्तर गरिएको जनाइएको छ ।

त्यसैगरी लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी उपरीक्षक २, इन्जिनियरिङ उपसमूहतर्फ ३ र साधारण समूहतर्फ ३ सहित ८ सशस्त्र प्रहरी उपरीक्षक पदहरू आन्तरिक समायोजन मार्फत सबै समूह उपसमूहतर्फ आवश्यकताको आधारमा दरबन्दी सृजना गरिएको जनाइएको छ । विज्ञप्तिमा केही दिनयता विभिन्न अनलाइन पोर्टल तथा पत्रपत्रिकामा सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षणका विषयलाई लिएर प्रकाशन भएका समाचारका विषयमा प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

केही दिनयता विभिन्न अनलाईनपोर्टल तथा पत्रपत्रिकामा सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण (O&M) का विषयलाई लिएर प्रकाशन भएका भ्रामक समाचारका विषयमा प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

सशस्त्र प्रहरी बल नेपालको संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रकाशन विद्यमान संगठनको आवश्यकता, औचित्यता र सशस्त्र प्रहरी बल नेपालको ऐन तथा नियमावली बमोजिम संगठनका सबै समूह तथा उपसमूहमा सेवारत कर्मचारीहरुको वृत्तिविकास र कार्यालयहरुबाट सम्पादन गरिने कामकारवाहीलाई प्रभावकारी बनाउने गरी सांगठनिक पूनःसंरचना गरिएको छ ।

उक्त कार्य संगठनको आवश्यकताको आधारमा निरन्तर भइरहने प्रकृया रहेकोले सशस्त्र प्रहरी बल, नेपालको संस्थागत संरचना र सशस्त्र प्रहरी बल नेपालमा रहेका विभिन्न समूह तथा उपसमूहरुको कार्य प्रकृतीको ’boutमा विस्तृत अध्ययन नगरी संगठन र संगठनमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी प्रकाशन गरिएका समाचारहरु सत्य र यथार्थपरक नभएको व्यहोरा जानकारी गराइन्छ । सो सन्दर्भमा उक्त सर्वेक्षणमार्फत इन्टेलिजेन्स व्यूरोको कामकारवाहीलाई थप प्रभावकारी बनाउको लागि अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमाण्ड गर्ने गरी कार्यालयको स्तरबृद्धि गरिएको, सशस्त्र प्रहरी बल नेपालको प्रमुख म्याण्डेटको रुपमा रहेको विपद् व्यवस्थापन महाशाखा सशस्त्र प्रहरी नायव महानिरीक्षकले कमाण्ड गर्ने गरी निर्देशनालयको रुपमा स्तरबृद्धि गरिएको साथै सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ४ को उपनियम ४ मा सशस्त्र प्रहरी बल नेपालको कानून उपसमहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पद रहने व्यवस्था रहेकोमा कानून समूहबाट गरिने मानवअधिकार र लैंगिक विषय, विभागिय कारवाही प्रकृया, सशस्त्र प्रहरी ऐन बमोजिम गठित सशस्त्र प्रहरी विशेष अदालत सम्बन्धी कामकारवाही र सम्मानित अदालतहरुमा संगठनको तर्फबाट गरिने प्रतिरक्षा जस्ता अति संवेदनशिल विषयहरुमा प्रभावकारी समन्वय र कार्यसम्पादनको लागि संगठनको आवश्यकता र औचित्यताको आधारमा महाशाखालाई निर्देशनालयको रुपमा स्तरबृद्धि गरी उल्लेखित तिनवटै कार्यालयहरुमा आन्तरिक समायोजन मार्फत सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुको दरबन्दी श्रृजना गरिएको छ । यसकासाथै माननीय गृहमन्त्रीज्यु र कानून महाशाखा प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक युवराज अर्याललाई जोडेर लेखिएका कुरा समेत काल्पनिक र यथार्थ नभएको व्यहोरा जानकारी गराउँदछौ ।

भर्खरै पारित संगठन ब्यबस्थापन तथा सर्बेक्षणका लागि बिगत ३ बर्ष देखि विभिन्न चरणमा छलफल भएपश्चात् मात्र कार्यान्वयन भएको पनि जानकारी गराउंदछौं । यसैगरी काठमाडौ उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरलाई रेजिमेन्ट गणको रुपमा स्तरोन्नती गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकले कमाण्ड गर्ने गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको दरबन्दी श्रृजना गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान तथा कुटनैतिक नियोग समेतको सुरक्षा हेर्ने गरी काठमाडौँ कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई सशस्त्र प्रहरी उपरीक्षक पद श्रृजना गरी गणमा स्तरोन्नती गरिएको र सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवादन गुल्मलाई सशस्त्र प्रहरी उपरीक्षकको पद श्रृजना गरी सांगितिक शिक्षालय बनाईएको छ ।

यसकासाथै सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरुमा सशस्त्र प्रहरी नायव उपरीक्षकले कमाण्ड गर्ने गरी र २१५ वटा अस्थायी बिओपीलाई सशस्त्र प्रहरी निरीक्षक/नायव निरीक्षकले कमाण्ड गर्ने गरी साथै कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातै वटा प्रदेशमा रहेका अस्थायी फिल्ड अस्पतालहरुमा स्वास्थ्यतर्फको प्राविधिक डा.सशस्त्र प्रहरी नायव उपरीक्षकले कमाण्ड गर्ने गरी सशस्त्र प्रहरी नायव उपरीक्षक पद समायोजन मार्फत श्रृजना गरी ३९६ वटा अस्थायी कार्यालयहरुलाई स्थायी कार्यालयको रुपमा रुपान्तर गरिएको छ । अस्थायी प्रकृतीका कार्यालयलाई स्थायी गरेसँगै प्रशासनिक र कानूनी कामकारवाही चुस्त, दुरुस्त हुनुकासाथै बजेट व्यवस्थापनमा समेत सहजता हुनेछ ।

यसैगरी प्राविधिक समूह इन्जिनियरिङ्गतर्फ १५/१६ वर्षदेखि एउटै पदमा रहेका प्राविधिक कर्मचारीहरुको बृत्तिविकासलाई समेत मध्यनजर गरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दार र सशस्त्र प्रहरी सहायक हवल्दार गरी २३८ पदहरु आन्तरिक समायोजन मार्फत दरबन्दी श्रृजना गरिएको छ । त्यसैगरी लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी उपरीक्षक २, इन्जिनियरिङ्ग उपसमूहतर्फ ३ र साधारण समूहतर्फ ३ सहित ८ सशस्त्र प्रहरी उपरीक्षक पदहरु आन्तरिक समायोजन मार्फत सबै समूह उपसमूहतर्फ आवश्यताको आधारमा दरबन्दी श्रृजना गरिएको छ ।

‘संगठन व्यवस्थापन तथा सर्वेक्षण पश्चात सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी जवानसम्मका ३ हजार भन्दा बढी कर्मचारीहरुको तत्कालै बृत्तिविकास हुने व्यवस्था मिलाईएको हुँदा संगठनको आवश्यकता अनुसार कार्यालयहरुको स्तरबृद्धि, कार्यालयहरुको स्थायीकरण, कर्मचारीहरुको बृत्तिविकास हुने र यसले संगठनको व्यावसायिक क्षमता र कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने विश्वास गरिएको व्यहोरा सबैमा जानकारी गराउँछौ ।

डिएसपी शैलेन्द्र थापा सह प्रबक्ता

(Visited 4 times, 1 visits today)





Source link

Leave a Comment