सरकारले आदेश दिए युक्रेनमा तैनाथ हुन तयार रहेको बेलायती सेनाको भनाई



प्रकाशित मिति : फाल्गुन ७, २०८१ बुधबार

बेलायती सेनाले युक्रेनमा तैनाथ हुन तयार रहेको बताएको छ । सरकाले अनुरोध गरेमा युक्रेनमा तैनाथ हुन तयार रहेको बेलायती सेनाले स्पष्ट पारको हो ।

युक्रेन युद्धका विषयमा अमेरिका र रुसबीच साउदी अरेबियामा भएको पहिलो पहिलो चरणको वार्तापछि बेलायती सेनाको प्रतिकृया आएको हो ।

युरोपेली संघमा आवद्ध मुलुकहरुले युक्रेनवार्तामा युक्रेन र युरोपेली देशलाई सम्लग्न नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन ।

सरकारले आदेश दिए युक्रेनमा तैनाथ हुन तयार रहेको बेलायती सेनाको भनाई

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले त बेलायत युक्रेनमा सेना पठाउन तयार रहेको समेत बताइरहेका छन । यद्यपी उनले युक्रेनको सुरक्षा सुनिश्चितताको लागि अमेरिकाको सहयोग अनिवार्य भएकोमा जोड दिएका छन ।

यस हप्ता २ हजार ५०० बेलायती सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को अभ्यासमा भाग लिइरहेका छन् । यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ ।

ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा बेलायती सेनाले नेटो अभ्यासमा भाग लिइरहेको हो ।

युक्रेनमा सेना तैनाथ गर्ने आदेश सरकारबाट प्राप्त भयो भने आफ्नो ब्रिगेड ‘पूर्ण रूपमा तयार’ रहेको ब्रिगेडियर वाटसनले बताएका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुससँग साउदी अरेबियामा भएको पहिलो चरणको वार्तापछि युक्रेनमा शान्ती स्थापना गर्न सकिने कुरामा आशा पलाएको बताएका छन ।

सरकारले आदेश दिए युक्रेनमा तैनाथ हुन तयार रहेको बेलायती सेनाको भनाई

तर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने युक्रेनको सम्लग्नता भन्दा बाहिरका कुनैपनि सहमति स्वीकार्य नहुने बताउदै आएका छन ।





Source link

Leave a Comment