सम्भव छ घण्टाभरमै वैदेशिक रोजगारीको श्रम ?

सम्भव छ घण्टाभरमै वैदेशिक रोजगारीको श्रम ?


पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले एक घन्टामा श्रम स्वीकृति दिन सकेका छैनन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गत शुक्रबार एक घन्टाभित्र श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सुधार गर्न निर्देशन दिएका थिए।  

वैदेशिक रोजगार कार्यालयले घण्टाभरमै नदिए पनि दिनभरिमा श्रम स्वीकृति दिँदै आएको वैदेशिक रोजगार कार्यालयका कार्यालय प्रमुख दीपकराज नेपालले बताए। ‘एक घण्टाभित्र श्रम स्वीकृति दिने हाम्रो प्रयास जारी छ,’ उनले भने, ‘अबको केही दिनमा कार्यालयमा श्रम स्वीकृतिका लागि धाउने युवाले उक्त सुविधा प्राप्त गर्नेछन्। मन्त्रीज्यूले दिनुभएको एक घन्टे श्रम स्वीकृतिको निर्देशनमा हाम्रो पहल जारी छ। त्यो केही दिनमा पूरा हुँदैछ।’

‘वैदेशिक रोजगारीसम्बन्धी कामकारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार कार्यालयले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो। प्रणालीमा आउने समस्याका कारण श्रमिकले घण्टाभरमै श्रम स्वीकृति पाएका छैनन्। तर, प्रणालीमा आएको उक्त समस्या एकदुई दिनमा सल्टिदैछ। अबको दुई÷तीनदिनमा एक घण्टामै श्रमिकले श्रम स्वीकृति पाउनेछन्,’ उनले भने।

अहिले सर्भर डाउन भएर एक घण्टामा श्रम स्वीकृतिको काम नभएको हो। तर, श्रमिकको सबै कागजात नपुगेको खन्डमा धेरै दिनसम्म पनि श्रम स्वीकृति दिन गारो हुन्छ। विदेश जाने श्रम स्वीकृति लिन भनेर सबै कागजात लिई कार्यालय आएका युवाले केही मिनेटमै काम हुने कार्यालय प्रमुख नेपालले बताए।

‘सबै कागजात पुगेको अवस्थामा एकजनाको काम दुई÷तीन मिनेटमै हुन्छ। श्रम स्वीकृतिका लागि आज आएका व्यक्तिहरूको काम आजै भइरहेको छ। मन्त्रीज्यूले भनेको कुरालाई हामीले दृष्टिगत गरेर काम गरिरहेका छौं। उहाँले भन्नुभएको जस्तै एकै घण्टामा श्रम स्वीकृति दिन सम्भव छ,’ उनले भने।

मन्त्री अर्यालले सबै किसिमका श्रम स्वीकृति घण्टाभरमै हुने व्यवस्था मिलाउन कर्मचारीहरूलाई निर्देशन दिनुका साथै गत आइतबार मन्त्रालयमा सम्बन्धित कर्मचारीहरूसँग छलफल गर्दै मन्त्री अर्यालले फेमिस सुधार गर्न निर्देशन पनि  गरेका थिए।

उक्त समस्या सुधार गर्न नसक्ने भए र प्रमाणित गरेर लिखित रूपमा दिन कर्मचारीलाई मन्त्री अर्यालले आदेश दिएका थिए। गत आइतबार कार्यालयका कर्मचारीहरूसँग छलफलमा बोल्दै मन्त्री अर्यालले भनेका थिए, ‘तपाईहरू सक्दिनँ भनेर प्रमाणित गर्नुस्। अहिले जुन सिस्टम छ त्यही सिस्टमबाट एक घण्टामा श्रम स्वीकृतिको काम सक्ने सिस्टम म एक महिनामा बनाउँछु, यो मेरो तपाईहरूसँग चुनौती भयो।’

केही दिनअघि मन्त्री अर्यालको निर्देशनअनुसार कार्यालयका कर्मचारीहरूले काम गर्न अहिलेकै व्यवस्थाबाट असम्भव रहेको जवाफ दिए पनि हाल भने कार्यालय प्रमुख नेपालले केही दिनमै घण्टाभरमै काम हुने बताएका छन्।

यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। तर, नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो। पछि अख्तियारले रोकिदिएको थियो।

पछिल्लो समय सफ्टवेयरमा समस्या आउँदा दुई÷चार दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीहरूले बताउँदै आएका थिए। जसकारण श्रमिकहरूले दुःख पाइरहेका थिए। समयमा श्रम स्वीकृति नहुँदा कतिपय युवाको उडानसमेत छुट्ने गरेको कार्यालयमा धाउँदै गरेका पीडितहरूको गुनासो हुन्थ्यो। तर, कार्यालयका कर्मचारीले चाहेको खन्डमा एकै घण्टामा पनि श्रम स्वीकृति दिने प्रयास जारी भइरहेको बताउँदै आएका छन्।

विभागअन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौंसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीका लागि युवाले लिने श्रम स्वीकृति सातवटै प्रदेशबाट लिने व्यवस्था छ। काठमाडौं, ताहाचलबाटमात्रै सातमा १० हजारभन्दा बढीले श्रम स्वीकृति लिने गरेको कार्यालय प्रमुख नेपालले बताए। गत मंलबारदेखि बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा कार्यालयका कर्मचारीले काम गरिरहेको उनले बताए।

प्रकाशित: १५ चैत्र २०८० ०९:२८ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School