प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार
जिबुटी र यमनमा आप्रवासी बोकेका चार डुङ्गा समुन्द्रमा डुब्दा १८० भन्दा बढी बेपत्ता भएका छन ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले जिबुटी र यमनको तटमा चारवटा डुङ्गा डुबेपछि १८० भन्दा बढी आप्रवासी बेपत्ता भएका जनाएको हो ।
यमनको तटमा दुईवटा डुङ्गा बेपत्ता भएका छन् । एउटा जहाजमा कम्तिमा ३० जना सवार र अर्कोमा करिब १५० जना सवार रहेको आईओएमका मिसन प्रमुख अब्दुसत्तोर एसोएभले बताए ।
डुङ्गामा सवार अधिकांश इथियोपियाली आप्रवासी थिए । यद्यपि पाँच जना यमनका चालक दलका सदस्य थिए । दुवै डुङ्गामा कम्तीमा ५७ जना महिला सवार थिए ।
जिबुटीको तटमा तिब्र हावाका कारण अन्य दुई डुङ्गा पल्टिएका हुन ।
इथियोपिया र जिबूतीबाट यमन आइपुगेका मानिसहरूको सङ्ख्या नघटेको बताइएको छ ।
यस मार्गबाट यात्रा गर्ने धेरै आप्रवासीहरू इथियोपियाको उत्तरी टिग्रे क्षेत्रबाट आउँने गरेका छन । सन् २०२० र सन् २०२२ को बीचमा भएको युद्धले इथियोपिया ध्वस्त भएको छ ।