अहिले विश्व जगत डिजिटल युगमा प्रवेश गरेको छ । विज्ञान र प्रविधिको विकासले संसार एउटा गाउँजस्तो भएको छ । विश्वलाई एउटा गाउँका रूपमा परिणत गर्नका लागि यातायातको भन्दा पनि प्रभावकारी भूमिका सञ्चार जगतको छ । अथवा, सामाजिक सञ्जालको रहेको छ । सामाजिक सञ्जालको सम्बन्ध कम्प्युटरसँग जोडिएको छ । बेलायतका चाल्र्स बाबेजले सन् १८२३ मा पहिलोपटक कम्प्युटरको आविष्कार गरेका थिए । यो सामान्य प्रकारको कम्प्युटर थियो । समय बित्दै जाँदा वैज्ञानिकहरूले नयाँनयाँ क्षमता भएका कम्प्युटरहरूको विकास गर्दै गए । प्रविधिको विकासको सीमा कम्युटरमा मात्र सीमित रहेन । सन् १९७० को दशकसम्म आइपुग्दा मोबाइलको आविष्कार भयो । सन् १९८३ मा कम्युटर तथा मोबाइलबाट सञ्चालन हुने इन्टरनेटको आविष्कार भयो । अहिले २१आंै सताब्दीको तेस्रो दशकसम्म आइपुग्दा प्राविधिक उपकरणको विकास र यसमा जोडिएको नेटवर्क अथवा सामाजिक सञ्जालहरूको विकसित रूपमा व्यापकता आएको छ ।
इन्टरनेट कम्प्युटरभित्रको एउटा चामत्कारिक उपलब्धि हो, यसले कम्प्युटरका माध्यमबाट विश्वका जुनसुकै देशमा रहेका सूचनाहरूलाई तत्काल उपलब्ध गराएको छ । इन्टरनेटको आविष्कारले हरेक महाद्वीपमा बसोबास गर्ने मानिसलाई भेटघाट, कुराकानी, सुखदुःख आदानप्रदान गर्ने सुविधा भएको छ । यति मात्र होइन, सामाजिक सञ्जालमा व्यापार, मनोरञ्जन, शिक्षा, कला, इमेल, रेडियो, भिडियो, टेलिफोन, प्mयाक्स, खेल, पुस्तकालय आदिको सुविधा उपलब्ध छ । सामाजिक सञ्जालले देश वा विदेशमा रहेका आफन्तजन, इष्टमित्र, साथीभाइहरूसँग भेटघाट गराएको छ ।
इन्टरनेटको प्रयोग उल्लिखित क्षेत्रमा मात्र सीमित रहेन । सन् १९९८ मा गुगलको स्थापना भयो । गुगललाई गुरुको पनि गुरु भन्ने गरिन्छ । गुगलले हरेक क्षेत्रको ज्ञान, सूचना तथा अनुसन्धानका क्षेत्रको ज्ञान हासिल गर्न स्रोतका रूपमा महŒवपूर्ण भूमिका खेलेको छ । गुगलपश्चात् अहिलेसम्म आइपुग्दा विभिन्न नेटवर्कहरूको विकास भइसकेको छ । ती नेटवर्कलाई सामाजिक सञ्जाल भनिन्छ । २१आंै सताब्दीको सुरुवातसँगै विभिन्न सामाजिक सञ्जालहरूको आविष्कार भयो । सामाजिक सञ्जालका माध्यमहरू क्रमश ः स्काइप २००३, फेसबुक २००४, युट्युब २००५, ट्वीटर २००६, ह्वाट्सएप २००९, इस्टाग्राम २०१०, इस्न्यापच्याट २०११ र अहिले युवापुस्तामा अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल टिकटकको स्थापना सन् २०१६ र यसको विश्वव्यापी प्रयोग सन् २०१८ मा भएसँगै सामाजिक सञ्जालहरूको प्रयोग व्यापक रूपमा चलेको छ । अहिले सामाजिक सञ्जालले मानिसको मन मस्तिष्क जितेको अवस्था छ ।
सामाजिक सञ्जालले मानिसको जीवनशैली नै परिवर्तन गरिदिएको छ । कतिपय सामाजिक सञ्जालहरूको प्रयोगबाट मानिसहरूले फाइदा लिएको अवस्था छ भने कतिपय सञ्जालहरूले समय बर्बाद गरेको छ, विद्यार्थीहरूको पढाइ लेखाइको समयलाई खोसेको छ । यति मात्र होइन, मोबाइलको अत्यधिक प्रयोग भएर लाग्ने रोग नोमोफोबियाले सताइएका विभिन्न उमेर समूहका मानिसहरू बढ्दै गएको तथ्यांक छ । अझै युवा पुस्तामा यो रोग अत्यधिक बढिरहेको अवस्था छ ।
अहिले नेपाली समाजमा इन्टरनेट प्रयोग गर्ने साइबर क्याफे पसलहरू प्रशस्त खुलेका छन् । यी क्याफेमा विभन्न उमेर समूहका मानिसहरूले आफ्नो मन परेको वेबसाइट खोलेर थुप्रै ज्ञान प्राप्त गरेका छन् । इन्टरनेटमा जडित आप्mना निजी मेलहरूमार्फत आ–आप्mना इष्टमित्र, साथीभाइसँग विचार आदान प्रदान गर्नुका साथै व्यापार तथा कार्यालयीय कामहरू गर्न समेत सुविधा भएको छ । यसैगरी, इन्टरनेटको गुगलभित्रका ज्ञानहरू सिक्न र अनुसन्धानका क्षेत्रमा पनि ज्ञान बढाउन सहयोग पुगेको छ । इन्टरनेटको प्रयोग शिक्षा क्षेत्रमा पनि व्याप्त छ । बैंकिङ क्षेत्र, उद्योग, व्यापार, कृषिलगायतका क्षेत्रमा इन्टरनेटअन्तर्गतका सामाजिक सञ्जालहरूका प्रयोगबाट यथेष्ट फाइदा भएको छ । आज विश्व जगतमा भएको विकास, घटना, परिघटना आदि एउटा गाउँमा बसेर हेर्न, देख्न, जान्न, बुभ्mन सकिने भएको छ ।
सामाजिक सञ्जालले देश–विदेशमा रहेका आफन्तजन, इष्टमित्र, साथीभाइसँग भेटघाट गराएको छ । सामाजिक सञ्जालको दुरूपयोगले समय बर्बादीका साथै धेरै मानिस नोमोफोबिया रोगका सिकार हुनेछन्
अहिले एकातिर सामाजिक सञ्जालभित्रका विभिन्न कार्यक्रम समाजको अभिन्न अंगजस्तै भएको अवस्था छ भने अर्कोतिर यसका सकारात्मकभन्दा बढी नकारात्मक पक्षहरू प्रबल हुँदैगएको पाइन्छ । सामाजिक सञ्जालहरू चलाउन मिल्ने वा नमिल्ने कुनै पनि उमेरको बन्देज छैन । सामाजिक सञ्जालको प्रयोग हरेक उमेर समूहले गर्छन् । तथापि, युवापुस्ताले यसको प्रयोग अत्यधिक रूपमा गर्ने गरेका छन् । सामाजिक सञ्जालहरूको उचित प्रयोग नभएकाले समाजमा साइबर अपराधहरू पनि बढिरहेको तथ्यांक छ । किशोर किशोरीहरू इन्टरनेटका वेबसाइटहरूमा राखिने अश्लील तस्बिरहरूलगायत हिंसा तथा यौनजन्य विषयवस्तुहरू पनि राखिने हुनाले यस प्रकारका भिडियोहरूले बाल मस्तिष्कमा नकारात्मक प्रभाव परेको मनोविज्ञहरूको बुझाइ छ । यो सामाजिक सञ्जालको दुरुपयोग हो, नकारात्मक प्रभाव हो ।
पछिल्लो समयमा फेसबुक र टिकटक आजको युवा पुस्ताको मात्र नभएर भिन्न उमेर समूहका मानिसहरूको रुचीको विषय बनेको छ । समाजमा विद्यालय तहदेखि उच्च शिक्षासम्मका शिक्षार्थीहरू एवं प्रशिक्षक, कर्मचारी, व्यापारी, गृहिणीलगायतका विभिन्न उमेर समूहहरू सामाजिक सञ्जालका प्रयोगकर्ता भएको पाइन्छ । मोबाइलको अत्यधिक प्रयोगले गर्दा मानिसहरू एकोहोरो हुने, एक्लै रमाउने, राति लामो समयसम्म सामाजिक सञ्जालमा समय बिताउने लत बसेकाले बिहान ढिलोसम्म सुत्ने संस्कृति बढ्दो छ । सामाजिक सञ्जालले मौलिकता र सिर्जनात्मक कार्य क्षमतामा ह्रास आउने विज्ञहरूको मत रहेको छ । मोबाइल चलाउने लत भएपछि अन्य काममा रुची कम हुँदै जाने र एकोहोरोपन बढ्दै जानाले सामाजिकीकरणको प्रक्रिया नै अवरोध हुनसक्ने अग्रजहरूको बुझाइ छ ।
आफन्तजनका घरहरूमा भेटघाट, विवाह या सामाजिक संस्कारहरूको जमघटमा पनि आफन्तहरूका बीच संवाद गर्ने संस्कृति घट्दै गएको अनुभव छ । आफन्तजनसँग दुःखसुख, घरायसी विषयहरूका ’boutमा छलफल हुन छाडेको छ । बरू वाइफाईको पासवर्ड माग्ने र मोबाइलमै झुम्ने गरेको अवस्था छ । बरू फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा घोप्टिने र एक्लै हाँस्ने वा गम्गीर हुने जस्ता हाउभाउ देखिन्छ । घरघरमा छोराछोरीहरू मात्र होइन, बुबाआमाहरूको हातमा पनि मोबाइलसँगको नाता गहिरो छ ।
अहिले गाउँगाउँमा इन्टरनेटको सुविधा पुगेको छ । हलो जोत्दा होस् कि घाँस काट्दा, मानिसको हातमा मोबाइल साथमै हुन्छ । सामाजिक भेटघाटहरूमा यसो समय पायो कि डाटा अन गर्ने, खाना पकाउँदा होस् कि चिया बनाउँदा मोबाइल छाड्न मानिसले चाहँदैनन् । यसरी हेर्दा समाजमा मानिसले सोसल मिडियामा अनुत्पादक समय बिताएको पाइन्छ । सामाजिक सञ्जालको अनावश्यक प्रयोगका कारण मानिसहरूमा एक्लै रमाउने बानीको विकास गराएको छ । विद्यार्थीहरूको पढाइलेखाइ बिगारेको छ । छोराछोरीहरूले मोबाइल चलाएर बस्छन् । पढाइलेखाइप्रति रुची गर्दैनन् भन्ने अभिभावकहरूको कथन छ । तर, यसो भन्ने अभिभावकहरूले पनि आफैं अत्यधिक मोबाइलमा समय बिताउने गरेका हुन्छन् ।
यो २१आंै शताब्दी प्रविधिको विकास भएको युग हो । प्रविधिमैत्री शिक्षण सिकाइ र डिजिटल ज्ञान आजको आवश्यकता हो । यस युगमा शिक्षा, स्वास्थ्य, व्यापार, अफिसियल कामकाज आदिको क्षेत्रमा कम्युटर शिक्षा अनिवार्यजस्तो भएको छ । इन्टरनेटको उचित प्रयोग गर्न जान्दा यसबाट भरपुर फाइदा लिन सकिनेमा दुईमत छैन । तथापि, हाम्रो समाजमा सामाजिक सञ्जालको महŒव र यसको उचित प्रयोग गर्न नजान्दा समयको बर्बादीका साथै अनेक प्रकारका दुर्घटनाहरू हुने गरेका छन् । यो सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको कुरूप पक्ष हो ।
अन्त्यमा इन्टरनेटभित्रका सञ्जालहरू अत्यन्त उपयोगी छन् । समयसापेक्ष ज्ञान र सूचनाका स्रोत भएका छन् । सामाजिक सञ्जालभित्रका विभिन्न फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप, युट्युब, म्यासेन्जर, स्न्यापच्याट, टिकटक आदि सञ्जालहरूमा मानिसका आ–आप्mनै रुची तथा चाहना हुनसक्छन् । यिनीहरूका आ–आप्mनै महत्व पनि छन् । तथापि, यिनीहरूलाई उचित उपयोग गर्न सकेमा मात्र सामाजिक सञ्जालका धेरै फाइदा छन् । तर, यिनीहरूको दुरुपयोग गरेमा समयको बर्बादीसँगै अनेक समस्या आइलाग्छन् । समाजमा धेरै संख्याका मानिसहरू नोमोफोबिया रोगका सिकार हुनेछन्, यसो नहोस् । सामाजिक सञ्जालहरूको प्रयोग गर्दा समय र विवेकको प्रयोग गरौं !
(Visited 1 times, 1 visits today)
