सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’


काठमाडौं । बैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।

सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले डान्स कोरियोग्राफी गरेको गीतको अडियो तथा भिडियो आकर्षक छ ।

गायक सपुतले कथाको मर्म अनुसार नै आफूले गीत तयार पारेको बताए । गीतमा केकीसहित निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलिया पनि फिचर्ड छन् ।

भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने जनाइएको छ ।

गीतमा महिलालाई हेर्ने दृष्टिकोणबारे व्यंग्य गरिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School