सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने ह्यारिसको संकेत



प्रकाशित मिति : कार्तिक ८, २०८२ शनिबार

सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने ह्यारिसको संकेत

अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पुनः राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने संकेत दिएकी छन्।

लण्डनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भविष्यमा ह्वाइट हाउसमा महिला राष्ट्रपति हुनेमा आफू “निश्चित” रहेको बताइन्। उनले त्यो महिला राष्ट्रपति आफैं हुने दाबी गरिन्।

उनको यो धारणाले सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने सम्भावनालाई बलियो बनाएको छ। उनले गत वर्ष डोनाल्ड ट्रम्पसँग पराजय भोगेकी थिइन्।

सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने ह्यारिसको संकेत

सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने ह्यारिसको संकेत

ह्यारिसले आफ्ना पूर्व प्रतिद्वन्द्वी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई “तानाशाह” भनेकी छन्। चुनाव प्रचारको क्रममा ट्रम्पबारे आफूले गरेको चेतावनी सत्य सावित भएको उनको दाबी छ।

ट्रम्पले न्याय मन्त्रालयलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्ने कुरा आफूले चुनावको क्रममा बताएको स्मरण गराउँदै उनले अहिले ठीक त्यही गरिरहेको ह्यारिसले आरोप लगाइन्।

उनले अमेरिकाका ठूला उद्योगपति र संस्थाहरू ट्रम्पको शक्तिका अगाडि “घुँडा टेकेको” आरोप पनि लगाइन्।

ट्रम्प प्रशासनकी प्रवक्ता अबिगेल ज्याक्सनले ह्यारिसको टिप्पणीलाई खारेज गर्दै भोटमा ठूलो हार बेहोरेको व्यक्तिले विदेशी मिडियामा झुटो कुरा गरेर कुनै फाइदा नहुने बताइन्।

ह्यारिसले हालै आफ्नो नयाँ पुस्तक “१०७ डेज” प्रकाशित गरेकी छन्। यो पुस्तक जो बाइडेन स्वास्थ्यसम्बन्धी अड्कलबाजीबीच चुनावबाट हटेपछि, उनीसँग चुनाव प्रचारका लागि बाँकी रहेको समयको नाममा आधारित रहेको छ।

सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने ह्यारिसको संकेत

सन् २०२४ मा उनले हार बेहोरेपछि धेरै डेमोक्र्याट नेताहरूले बाइडेनको ढिलाइलाई दोष दिए पनि, केहीले ह्यारिसकै कमजोर अभियान रणनीतिलाई जिम्मेवार ठहराएका छन्।

तर ह्यारिसको भनाइमा, ढिलो सुरुवात नै मुख्य कारण थियो, “हामीसँग समय नै थिएन।”

राजनीति उनको जीवनको महत्त्वपूर्ण हिस्सा हो र उनी अझै थाकेकी वा सकिएकी छैनन्। “म समाप्त भएकी छैन,” उनले भनिन्। “सेवाको जीवन मेरो रगतमा छ।”

हाल उनी पुस्तक प्रचार यात्रामा छिन्। तर ह्वाइट हाउसको बाटो फेरि खुल्छ या खुल्दैन, त्यो भविष्यको गर्भमा रहेको छ।

यदि उनले चाहिन् भने, यो यात्रा अर्को राष्ट्रपतीय अभियानको सुरुवात हुन सक्ने सम्भावना भने रहेको छ। एजेन्सीहरूको सहयोगमा





Source link

Leave a Comment