सन्दीपविरुद्ध मुद्दा: सरकारी पक्षद्वारा उच्चमा पुनरावेदन दर्ता


क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो।

प्रकाशित: १ चैत्र २०८० २०:४१ बिहीबार





Source link

Leave a Comment