सगरमाथा युथ क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा

सगरमाथा युथ क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा


साविक विजेता सगरमाथा युथ क्लब मोरङ १४ औँ संस्करणको इटहरी गोल्डकपको उद्घाटन खेलमा विजयी भएर सेमिफाइनल प्रवेश गरेको छ।

इटहरी रंगशालामा शनिबार राति भएको खेलमा सगरमाथाले विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ गोलको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

१३ औं संस्करणको इटहरी गोल्डकपमा चर्च ब्वाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको जितेको थियो।

शनिबारको खेलमा सगरमाथाको जितमा विमल घर्तीमगरले २ र विदेशी खेलाडी स्टेफिन समिर विलोङले १ गोल गरे। खेलको सुरुवाती तेस्रो मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाए।

खेलको ३६ औँ मिनेटमा विमलले आफ्नो पहिलो गोल गर्दै सगरमाथालाई २–० को स्थितिमा पुर्‍याए। विमलले उक्त गोल शुसिल राईको पासमा गरेका थिए। दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको एपिएफले खेलको ६६ औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो।

एपिएफका लागि उक्त गोल सब्सीच्युट खेलाडी अनिस महर्जनले गरेका थिए। उनी ५७ औँ मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गरेका थिए। कमजोर डिफेन्सको फाइदा उठाउँदै अनिसले कुलदिप कार्कीको पासमा हेड मार्फत आकर्षक गोल गरे।

मछिन्द्र क्लबका अधिकांश खेलाडी लिएर मैदान उत्रेको सगरमाथाका लागि ८८ औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। उनले विजय भुजेलले उपलब्ध गराएको पासलाई सिधै जाली चुमाए। खेलको म्यान अफ दि म्याच विमल नै घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारत बिच हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख र उप-विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, चर्ज ब्वाईज युनाइटेड, मच्छिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजङ्गा फुटबल क्लब भारत, बिर्तामोड युनाईटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहेको छ।

प्रकाशित: ११ चैत्र २०८० १७:२५ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School