संसारका हिन्दूहरूका लागि महाशिवरात्रिको महिमा : RajdhaniDaily.com



२०८१ सालमा शिवरात्रिको महान् पर्व १४ फागुनमा परेको छ । महाशिवरात्रि विश्वका समस्त हिन्दूहरूको एक महत्वपूर्ण तथा पवित्र दिन हो । नेपालको पशुपतिनाथ, शिव मन्दिर र भारत तथा विश्वका शिवजीका मन्दिरमा शिवरात्रिको दिन असंख्यौं साधु, सन्त, तपस्वीलगायत हजारौं तीर्थयात्रीको उपस्थिति रहन्छ । मानवकल्याणका लागि विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाइँकुण्डको पनि ठूलो महिमा छ । अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृत्तान्त हो । हिमवतखण्डको पुस्तकमा– ‘मरीचि, पुलहस्त, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ । नेपालमा नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, बराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धामजस्ता प्रसिद्ध थामहरू छन् । नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौं तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वब्यापी मान्यता छ ।

पशुपतिनाथ विश्वभरका हिन्दूहरूका लागि आकर्षणको केन्द्र बनेको छ । भारत र अन्य देशबाट लाखौं तीर्थयात्री तथा साधु–सन्तहरू पशुपतिनाथको दर्शनार्थ आउँछन् । यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरू, ताल, धाम, जंगल, भूभागले सञ्चित छ । उता भारतखण्डमा एक हजार वर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दू र बौद्धका अस्मिताहरू तोडफोड गरेर बिटुलो बनाउँदै आफ्नो भाषा, धर्म र संस्कृति लाद्ने काम ग¥यो । तर, नेपाल एक मात्र पवित्र भूमिको रूपमा सुरक्षित हुँदै आफ्नो असिमता बचाउन सकेकाले नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ । नेपालमा पशपतिनाथको पुजारीको रूपमा दक्षिण भारतबाट भट्टको व्यवस्था छ । भारतका कैयौं मन्दिर धामहरूमा नेपाली पुजारी रहने व्यवस्था छ । नेपाल तथा भारत हिन्दू धर्म दर्शनको उद्गम हो । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चित्तस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छविवंशका पहिला राजाले ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ को रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र विक्रम संवत् चलाएका थिए । उनैबाट काशीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवतखण्डमा उल्लेख छ ।

भारतमा संवत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले ३१ हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहार ध्वस्त गर्दै जनकपुर, पनौतीहुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरे । अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कमजोर थियो । मुसलमानको आक्रमणले सारा हिन्दू तथा बौद्धहरूमा कोलाहल मच्चिएको अवस्थामा यस क्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङका राजाहरूको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे । ३० हजार ४ सय मारिए र ६ सय जति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ । –(योगी नरहरिनाथ)

त्यसपछि जयस्थिति मल्ल काठमाडौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णेद्घार र पुनरुत्थान गरी बाग्मतीपारि राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटिहोम गर्दै शुद्धशान्ति गरेर पराई धर्म र आक्रमणकारीबाट पशुपतिनाथमाथि कुनै कुदृष्टि नपरोस् भनी जयस्थिति मल्लले त्यसैबेलादेखि पशुपतिनाथको मन्दिरभित्र हिन्दू तथा बौद्धबाहेक अरूलाई प्रवेश निषेध गर्ने नियम चलाएका थिए । पशुपतिनाथको मन्दिरभित्र यसरी हिन्दूलाई मात्र प्रवेश गरेर पशुपतिनाथलाई संकीर्ण बनाइएको छ भन्ने विवाद पनि उठाइएका छन् ।

पशुपतिनाथमै विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्– ‘बिन्ध्याञ्चल पर्वतदेखि दक्षिणका तैलिंग ब्राह्मण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा साम्वेदी हुन सक्छन् । मन्दिरको पुजारी कृष्ण यजुर्वदीय परम्पराका हुन्छन् । यजुर्वेदीय परम्पराका नेपाली विद्वान् पशुपतिनाथको पूजा गर्न योग्य व्यक्तिहरू अहिले उपलब्ध छन्जस्तो लाग्दैन ।’ पुजारीको सम्बन्धमा प्रताप मल्लले कर्नाटकका राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टहरूको मागअनुसार भट्टहरूलाई पशपतिनाथका पुजारी बनाइएको हो । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूलभट्टसहित दक्षिण भारतका चार जना भट्ट पुजारी र १ सय ६ जना नेवार भण्डारी छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरूलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भट्टहरू तथा भण्डारीहरू गृहस्थ हुन्छन् । भारतका कैयौं मन्दिर धाममा नेपाली पुजारीहरू रहने व्यवस्था छ । कतिपय नास्तिकहरू प्रश्न गर्ने गर्छन् कि धर्म भनेको सबैका लागि साझा मानिनुपर्छ भन्दै पशुपतिमा अन्य धर्मावलम्बीहरूलाई रोक लगाएकामा असन्तुष्टि व्यक्त गरेको पनि पाइन्छ । तर परम्परागत मान्यतालाई विचलित बनाएर मान्यतालाई तोड्न सकिँदैन । विश्वका सबै धर्मका परम्परालाई संविधान र कानुनभन्दा माथि मानिन्छ । कैयौं मस्जिद र चर्चमा योभन्दा कडा नियम लगाएका छन् । साउदी अरबमा शिवजीको फोटो बोक्नसमेत पाइँदैन । पाकिस्तानमै घोडाका टापको औंठी लगाएर हिँड्ने हिन्दूहरू सुरक्षित हुन्नन् भनिन्छ । तर पशुपतिनाथमा जुनजस्ता नियम लागू छन्, ती सबै तर्कसंगत देखिन्छन् ।

नेपालमा रहेका धाम र पवित्र मन्दिर र सयौं तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवको विश्वव्यापी मान्यता छ । नेपालका साथै भारतमा अवस्थित तीरुपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, काशी, बिन्धवासिनी, कामाक्ष–कामरूप आदि पवित्र स्थलमा नेपाल र भारतबीचमा त्यत्तिकै तादात्म्यता छ । भारतका धामहरूमा नेपालका राजाहरूलाई पूजाआजा गर्ने विशेषाधिकार छ । यसो भएकाले नेपाल तथा भारत हिन्दूत्वको चिरकालसम्म मैत्रीपूर्ण कायम गर्न सक्ने अवस्था छ ।

हजार वर्षसम्म भारतमा मुसलमान र अंग्रेजी साम्राज्यको कारणले हिन्दू सभ्यता विस्थापित हुन लागेको अवस्था थियो । भारत स्वतन्त्र भएपछि पनि हिन्दूत्वको अस्तित्वका लागि जवहारलाल नेहरूदेखि इन्दिरा गान्धी, राजीव गान्धी र सोनिया गान्धीहरूको निर्वाचित सरकारले भारतमा प्रभावकारी काम गर्न नसकेकाले झन्झन् भारतको अस्मिता नष्ट हुन लागेको थियो । यस्तो अवस्थामा भारतमा हिन्दूवादी राष्ट्रवादी पार्टी भाजपा २०७० सालदेखि नेता नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा नेतृत्व गरिरहेका छन् ।

वैदिक हिन्दू सनातन धर्म सभ्यताको उद्गम हो । वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐकार जगत् नै वैदिक हिन्दू पञ्चदेवका उपाशक हुन् । वैदिक सनातन हिन्दू धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गर्छाैं । सभ्यताको विकासक्रममाम संसारभरका देशहरूमा हिन्दूधर्म र संस्कृतिको गहिरो प्रभाव पारेको पाइन्छ । संस्कृति एवं सभ्यतामा शिवलिंग पूजा पनि त्यसैको प्रतिविम्ब हो । महेन्जोदारो र हरप्पा तथा सिन्धुघाँटीको सभ्यतामा भएको पुरातात्विक उत्खननमा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वब्यापी भएको कुरा पुष्टि हुन्छ । शिवलिंग’boutमा शिवपुराणमा विस्तृत व्याख्या छ । शिवपुराणमा शिवजी’bout उल्लेख छ– ‘शिवलिंग समसद्भूतः कोटीसूर्यसम प्रभुः । ‘देव देवज महादेव ! नीलकण्ठ नमोस्तुते !’ कालरात्रि, मोहरात्रि र महारात्रि यी तीन रात्रिको हिन्दू जगत्मा विशेष महत्व छ । यी रात्रिहरू मध्ये महारात्रि नै महाशिवरात्रि हो । ‘सत्यं शिवं, सुन्दरम् ।’ शिव भनेको कल्याण हो । हिन्दू तथा बौद्धहरूले अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा मान्छन् ।

एउटा खोजपूर्ण कुरा के छ भने– कैलाश मानसरोवर विशाल नेपालको सिर्जना हुनुभन्दा पहिला र पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण गरेर विशाल नेपालको सिर्जना भएको बेलादेखि नेपालकै भूभाग थियो । तर अहिले चीनको भूभागभित्र पर्छ । यो हिन्दू तथा बौद्धहरूको तीर्थस्थल कसरी कसरी चीनको भूभागभित्र प¥यो, यो खोजीको विषय छ ।

पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिंग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । कैलाश मानसरोवर शिवजीको त्रीmडा तथा तपस्थान हो । यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । पशुपतिनाथका अनेकौं जात्रामध्ये शिवरात्रि, बालाचतुर्दशी, साउने सोमबारहरू अति नै प्रिय मानिन्छन् । शिवरात्रिमा पशपतिनाथलगायत नेपाल भारत र विश्वका अनेकौं शिवालय, महादेवस्थानमा धुमधामका साथ जाग्राम बसेर आराधना गर्ने परम्परा छ ।

हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाइँकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रको रूपमा लिइन्छ । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू यसलाई परम्परागत अस्तित्व ठान्छन् । शिवरात्रिमा विश्वभर छरिएर रहेका हिन्दूहरूलगायत खासगरेर नेपाल र भारतका लाखौं साधु–सन्तलगायत हिन्दू धर्मावलम्बीहरू पूजाअर्चना र दर्शनका लागि आउँछन् । विक्रम संवत् २०८१ सालमा शिवरात्रिको सुअवसरमा सम्पूर्ण तीर्थयात्री तथा साधु–सन्तहरूको भक्तिभावनाले सार्थक रुप लिन सकोस् र सम्पूर्ण जगत्का नरनारीहरूको पशुपतिनाथले सबैको कल्याण गरून् ।

The post संसारका हिन्दूहरूका लागि महाशिवरात्रिको महिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment