संसद् ‘फेस’ गर्न तयार छौं : मन्त्री राई

संसद् ‘फेस’ गर्न तयार छौं : मन्त्री राई


कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले सरकार संसद्को सामना गर्न तयार रहेको बताएका छन्। आज विराटनगरमा प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले यस्तो बताएका हुन्।

सरकारले संविधानको अक्षरश: पालना गर्ने उनले स्पष्ट पारे। अहिले आह्वान गरिएको प्रदेशसभाको बैठकलाई सरकारले सहज रुपमा ‘फेस’ गर्ने उनको भनाइ थियो। राईले भने ‘वैशाख ६ गते बोलाइएको प्रदेशसभा बैठकलाई सरकारले सहजरुपमा फेस गर्छ।’

उनले कोशी प्रदेशमा केही राजनीतिक दलहरूले अस्थिरता निम्त्याउन पटक–पटक प्रयास गरिरहेको पनि जिकिर गरे। सरकारले विश्वासको मत लिन जरुरी नै नभएको उनको दाबी थियो।

‘संविधानको अन्तिम विकल्पका रुपमा गठन भएको सरकारले विश्वासको मत लिइरहन जरुरी छैन।’ राईले कोशी प्रदेशमा नयाँ सरकार गठनको सम्भावना नरहेको दाबी गर्दै अहिलेको सरकारको विकल्प मध्यावधि मात्रै भएको स्पष्ट पारे।

प्रकाशित: २८ चैत्र २०८० २०:५७ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School