संघीय अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको निर्णयका विरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर



प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

ट्रम्प प्रशासनले अनुदान कटौती गरेपछि हार्वर्ड विश्वविद्यालयले मुद्धा दायर गरेको छ । २.२ बिलियन डलरको अनुदान कटौतीविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको हार्वर्ड विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध संघीय अदालतमा मुद्दा दायर गर्दै विश्वविद्यालयको अनुसन्धान अनुदानमा गरिएको अरबौं डलरको कटौतीलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै आरोप लगाएको छ ।

विश्वविद्यालयले ट्रम्प प्रशासनमाथि आफ्नो संवैधानिक अधिकारहरूको संरक्षण गरेबापत दण्डित गर्ने अभियान चलाएको आरोप लगाएको छ ।

संघीय अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको निर्णयका विरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर

संघीय अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको निर्णयका विरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर

ट्रम्प प्रशासनले हार्वर्डको थप १ बिलियन डलर अनुदान र सम्झौताहरू कटौती गर्ने योजना बनाएको बेला विश्वविद्यालयले मुद्धा दायर गरेको हो । यो गत हप्ता घोषणा गरिएको २.२ बिलियन डलरको अनुदान कटौतीपछिको थप हो ।

यो मुद्दाले ऐतिहासिक कानुनी भिडन्तको सुरुवात पनि गरेको छ । हार्वर्डले सरकारको दबाबस्वरूप प्राज्ञिक स्वतन्त्रतामा हस्तक्षेप हुने शर्तमा अनुदान कटौतीको सामना गरिरहेको छ ।

प्रस्तावित सर्तहरूमा विश्वविद्यालयमा संघीय अडिट, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विचार परीक्षण, र ह्वाइट हाउसको आदेश पालनामा ध्यान दिने प्रशासकहरूको नियुक्ति समावेश गरिएको छ ।

हार्वर्डका कानुनी प्रतिनिधिहरूले तयार गरेको ५१ पृष्ठ लामो उजुरीमा सरकारले विश्वविद्यालयलाई प्राज्ञिक कार्यक्रमहरू सरकारको निर्देशनमा नचलाएमा वैज्ञानिक अनुसन्धान र खोजहरू गर्न आर्थिक सहयोग रोक्ने संबैधानिक हस्तक्षेप भएको उल्लेख छ ।

हार्वर्डले ट्रम्प प्रशासनले अनुसन्धान अनुदानहरू रोक्दै विश्वविद्यालयलाई शासन प्रणाली, शैक्षिक कार्यक्रमहरू र नियुक्ति प्रक्रियाहरूमा पुनर्संरचना गर्न बाध्य पार्न खोजेको बताएको छ । उजुरी अनुसार यो कार्य पहिलो संशोधनको उल्लङ्घन हो भनिएको छ ।

संघीय अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको निर्णयका विरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर

हार्वर्डले अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालय ले नागरिक अधिकार ऐन अन्तर्गत आवश्यक प्रक्रिया नअपनाई अनुदान रोकेको आरोप पनि लगाएको छ ।

हार्वर्डको कानुनी टोलीमा रोबर्ट के हुर र विलियम ए बर्क रहेका छन् । दुबै ट्रम्प प्रशासनसँग गहिरो सम्बन्ध भएका कानुन व्यवसायीहरू हुन् ।

यो मुद्दाले शिक्षा, न्याय, ऊर्जा, स्वास्थ्य, रक्षा मन्त्रालय तथा नासालगायतका संघीय एजेन्सीहरूलाई प्रतिवादी बनाएको छ ।





Source link

Leave a Comment