श्रमिक समस्या सुन्न ‘श्रमाधान’ अभियान, सात काममा इन्द्रेणीका रङ्ग

श्रमिक समस्या सुन्न ‘श्रमाधान’ अभियान, सात काममा इन्द्रेणीका रङ्ग


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका निम्ति बुधबारदेखि विधिवत् श्रमाधान अभियान सुरु गरेको छ।

श्रममन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान’ मार्फत श्रमिक समस्या र यससँग सम्बन्धित अन्य विभिन्न विषय यसैबाट अघि बढ्ने बताए।

श्रम मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित सम्पूर्ण सूचना दिने र गुनासो सुन्ने, जिज्ञासा र समस्याको एकद्वार प्रणालीबाट सम्बोधन गरिने विश्वास पत्रकार सम्मेलनमार्फत अर्यालले दिलाए।

नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्ने सुविधा श्रमाधान रहको उनले बताए।

‘श्रमाधान सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम हो,’ मन्त्री अर्यालले भने, ‘श्रमिकलाई अप्ठेरो परेको अवस्थामा तुरुन्त श्रमाधान प्रयोग गर्न सकिन्छ। इन्द्रेणीका साथ रङसँग मिलाएर प्रत्येक रङको विशेष कार्यक्रमसँग जोडिएको मन्त्रीले बताए।

पहिलो, सेकेन्ड इनिङ्स : ‘अवकाश पछिको आरम्भ’

‘सेकेन्ड इनिङ्स’ जसलाई ‘अवकाश पछिको आरम्भ’ भनिएको छ। श्रमाधान सेकेन्ड इनिङ्स वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरूको सीप, श्रम, र अनुभवलाई पुनः सक्रिय बनाउन मद्दत गर्ने एक विशेष पहल भएको मन्त्री अर्यालले बताएका छन्।

यस कार्यक्रमले सेवा निवृत्त व्यक्तिहरूलाई आफ्नो अनुभव र कौशल प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरूमा संलग्न हुन सहयोग पुर्‍याइनेछ।

दोस्रो, रोजगार बैंक : ‘पेसागत यात्राको सहयात्री’

‘पेसागत यात्राको सहयात्री’ भन्दै श्रमाधान अभियान अन्तर्गत रोजगार बैंकको अवधारणा अघि सारिएको हो। श्रमाधान रोजगार बैंकको उद्देश्य रोजगारदाता र रोजगारी खोज्ने बिचका बहुआयामिक पक्ष बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र बृहत् प्रतिनिधित्व गर्दै रोजगारीका अवसरहरूलाई व्यापक बनाउनु रहेको मन्त्री अर्यालले जानकार गराए।

यस कार्यक्रमले श्रमिकहरूलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गरिने भएको छ ।  

तेस्रो समता : ‘विविधताको एकता, श्रममा समता’

समता अन्तर्गत ‘विविधताको एकता, श्रममा समता’ अभियान सुरु भएको हो। श्रम क्षेत्रमा लैगिंक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मूलधारमा आउन नसकेका नागरिकहरूको पहिचान गर्दै श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्देश्य रहेको छ। यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने मन्त्री अर्यालले बताए। 

चौथो, ल  (कानुन) : ‘श्रम सम्बन्धी कानुन सबैले जानुन्’

‘श्रम सम्बन्धी कानुन सबैले जानुन्’ श्रमाधान ल (कानुन) श्रमिकहरूलाई उनीहरूका कानुनी अधिकार र कर्तव्य बुझाएर श्रमको यात्रामा कानुनी रूपमा सुरक्षित बनाउने कार्यक्रम रहेको छ। यसले श्रमिकहरूलाई श्रम कानुनका विभिन्न पक्षहरूमा जानकार गराई भविष्यमा हुनसक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउनेछ।

मन्त्री अर्यालका अनुसार, विशेष गरी श्रमिकहरूको कानुनी ज्ञान बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरूलाई सहज समाधान गर्न मद्दत पुर्‍याउने ध्येयका साथ ल्याइएको हो।

पाँचौँ, कनेक्ट : ‘भोलिको तयारी, आजैबाट’

विश्व श्रम बजार हरेक दिन बदलिँदो छ। यस परिस्थितिमा नेपालको श्रमिकलाई विश्व श्रमिक बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ छ।

ग्लोबल ट्रेन्ड र परिवर्तनमा आधारित भएर श्रमको नयाँ विविधतासँग जोड्नु श्रमाधान कनेक्ट कार्यक्रमको उद्देश्य रहेको बताए। यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरिरहेका नेपाली श्रमिक र गैर आवासीय नेपालीहरूलाई एउटै धागोमा जोडेर नेपालीहरूको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ।  

छैटौँ, साथ : ‘हामी छौँ’

देशभर काम गर्ने श्रमिक र तिनका परिवारको मानसिक स्वास्थ्यलाई केन्द्र विन्दुमा राखिएको छ। यो कार्य तनाव व्यवस्थापन मनोसामाजिक सहयोग र सांस्कृतिक समय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सखी समस्या समाधान गर्न केन्द्रित हुनेछ।

सातौँ, कल सेन्टर : ‘समस्याहरूको सम्बोधन, तुरुन्तै’

श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्ने सुविधा भएको श्रम मन्त्रीले बताए।

निकट भविष्यमा श्रमिकको समस्या समाधान गर्ने विषयलाई आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) प्रयोग गरेर अघि बढ्न खोजिएको मन्त्री अर्यालले बताए। चाडै श्रमाधान एप समेत बनाएर अघि बढ्नुका साथै देशभित्र वा विदेशमा रहेका श्रमिकलाई समस्या परेको अवस्थामा श्रमिकले वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टर मार्फत सेवा लिन पाउने मन्त्री अर्यालले बताए।

श्रमिकहरूले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्टवाच) लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रव्य दृश्य आदि माध्यम प्रयोग गरेर प्रत्यक्ष वा अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन्।

सामाजिक सञ्जाल (फेसबुक, हट्सएप, भाइवर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्ने व्यवस्था छ। अर्यालले श्रमाधानमा एउटा बृहत् र व्यवहारिक योजना हुनुकासाथै विविध विषयहरू जोडिएको बताए।

मन्त्रालय र मातहतका निकायहरूले आफ्नो कार्यालयसँग सम्बन्धित गुनासोहरूको सुनुवाइ गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गरिने उनले बताए।

आफ्नो निकायअन्तर्गतका कार्यालयहरूसँग सम्बन्धित साइट, लेटर प्याड एवं सरोकारवाला समक्ष पुग्ने सबै कागजातमा श्रमाधान कल सेन्टरसँग सम्बन्धित जानकारी अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने उनको भनाई छ।

यसका साथै श्रमाधान कल सेन्टर मार्फत सम्बोधन भएका गुनासोहरूको ‘कि परफरमेन्स इन्डिकेटर’ बनाएर त्यसको आधारमा फोकल पर्सनहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्न समन्वयन गरेर हरेक महिना प्राप्त गुनासोको समाधानको प्रगतिको विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

नेपाल वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफै उपस्थित भएर पनि दर्ता गराउन सक्नेछन्। कुनै माध्यमबाट श्रमाधानको कार्यालयमा पत्राचार गरेर तथा श्रमाधान एपको प्रयोग गर्न सकिन्छ।

यसैबीच मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, श्रमाधान योजना क्रमिक रूपमा कार्यान्वयन हुँदै जानेछ। पहिलो चरणमा श्रमाधान कल सेन्टर साताभरि २४ घण्टा नै उपलब्धि हुनेछ। त्यस्तैगरी कलसेन्टरमा ‘मिस्डकल’ आएको अवस्थामा ‘कल ब्याक’ पनि गरिनेछ। 

प्रकाशित: १९ वैशाख २०८१ १७:१३ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School