श्रमः सौन्दर्य, सार्थकता र चेतनाको यात्रा


श्रम केवल कार्यको परिधिमा सीमित छैनस यो मानवताको अमर काव्य हो, जहाँ पसिनाले मात्र होइन, सपनाहरूले पनि सृष्टिको रङ्ग भर्छ। यो एउटा यस्तो सौन्दर्य हो, जसले मानव हृदयको गहिराइबाट निस्केर समाजको आधारशिला निर्माण गर्छ। एक किसानको हलोमा बग्ने पसिनाको थोपा होस् वा एक चिकित्सकको चिरफारमा समाहित संवेदनशीलता, एक शिक्षकको कक्षाकोठामा उभिएको सपना होस् वा एक मजदुरको हातले बनाएको भौतिक संरचना– यी सबैमा समान कुराहरू गाँसिएको हुन्छन्। सृजनशीलता, जिम्मेवारी र अस्तित्वको गहन खोज। श्रमको यो सौन्दर्यले घरहरू बनाउँछ, खेतहरू हरियो बनाउँछ, रोगहरू निको पार्छ, ज्ञानको दीप प्रज्वलित गर्छ आदि तर यो सौन्दर्यको गीत गाउनेहरू आज उपेक्षाको अँध्यारोमा हराइरहेका छन्। श्रमिकहरू जसले समाजको मुटु सजीव बनाइराख्छ, शोषणको चक्रमा बाँधिएका छन्।

श्रमको सौन्दर्यलाई केवल भौतिक उत्पादनको कसीमा मापन गर्न सकिँदैन। यो त एउटा अमूर्त कविता हो, जसको प्रत्येक हरफमा मानवताको सास लुकेको हुन्छ। जब एक किसान बिहानको उज्यालोमा आफ्नो खेततिर पाइला चाल्छ, उसको प्रत्येक कदमले माटोसँग संवाद गर्छ। उसको पसिनाले माटोलाई जीवन दिन्छ र त्यही माटोले समाजको भोक मेटाउँछ। यस्तै, एक शिक्षकको कक्षाकोठा केवल चार भित्ताको सानो कोठा होइनस यो त सपनाहरूको कारखाना हो, जहाँ भविष्यका विचारक, वैज्ञानिक, डाक्टर, व्यवसायी, उद्दमी, साहित्यकारहरू आदिको मन माझिन्छ। एक डाक्टरको हातमा रहेको औजार केवल धातुको टुक्रा होइनस यो जीवन र मृत्युको सङ्घारमा उभिएको मानवताको साक्षी हो। एक श्रमिकको हथौडा र छिनोले सिर्जना गरेको काठको संरचना केवल घर होइनस त्यो त थकित आत्माहरूका लागि सुरक्षित बास हो, सपना र सम्झनाहरूले भरिएको मन्दिर हो। एक सिलाइ गर्ने श्रमिकको सुई र धागोले बुनेका कपडाहरू केवल शरीर ढाक्ने वस्त्र मात्र होइनन् । तिनले मानिसको आत्मसम्मानलाई सजाउँछन् र आत्मबल बढाउँछन्। यातायातमा आफ्नो समय र जीवन समर्पण गर्ने एक चालकको सानो सानो निर्णयले सयौँ यात्रुहरूको गन्तव्य निश्चित हुन्छ, जसले हजारौँ परिवारहरूका कथा र सम्बन्धहरू जोगाउँछ। एउटा मजदुरको पर्खालमा राखिएको प्रत्येक इँटा केवल निर्माणको एकाइ होइनस त्यो त सुरक्षाको आधारशिला हो।

श्रम जहाँ पनि छ, त्यहाँ प्रेम, प्रतिबद्धता र जीवनप्रति निष्ठाको प्रतिध्वनि गुञ्जिन्छ। श्रमको यो सौन्दर्यमा अनुशासन र सहानुभूति, संवेदनशीलता र साहस, सपना र यथार्थको अनौठो मिश्रण हुन्छ। यो केवल कार्य होइन, यो एउटा यस्तो प्रक्रिया हो जसले मानिसलाई आफ्नै अस्तित्वको गहिराइसम्म पुर्याउँछ। श्रमले मानिसलाई केवल जीविका मात्र दिँदैनस यो त उसको आत्मसम्मान, उसको स्वतन्त्रता र उसको सृजनशीलताको पहिचान हो।

नेपालको समकालीन सामाजिक परिवेशमा श्रमको यो गहन सौन्दर्यलाई बुझ्ने र सम्मान गर्ने संस्कृति कमजोर बन्दै गएको छ। शिक्षकहरू जो समाजको बौद्धिक आधार तयार गर्छन् र डाक्टरहरू जो जीवन रक्षा गर्छन्, आज सडकमा आफ्नो अधिकारको लागि लड्न बाध्य छन्। यो केवल पेशागत मागको कुरा होइनस यो त समाजले श्रमको मूल्यलाई बुझ्न नसकेको गम्भीर संकेत हो। जब एक शिक्षकलाई न्यूनतम पारिश्रमिक बिना भविष्यको निर्माण गर्न बाध्य पारिन्छ, जब एक डाक्टरलाई सरकारी व्यवस्थाको अव्यवस्थाले आफ्नो कर्तव्य पूरा गर्न गाह्रो हुन्छ तब प्रश्न उठ्छः हामीले निर्माण गरेको समाजले आफ्ना सर्जकहरूलाई कसरी हेर्छरु 

यो अवस्थाले केवल श्रमिकहरू र पेशाकर्मीहरूलाई मात्र प्रभावित गरेको छैनस यो समग्र सामाजिक चेतनाको गिरावटको द्योतक हो। जब श्रमलाई आवश्यक सम्मान दिइँदैन, तब नयाँ पुस्तामा न त सेवा भाव अंकुरित हुन्छ, न त मेहनत गर्ने संस्कार। विद्यार्थीहरूले जब आफ्ना गरुहरूलाई सडकमा धुलो र घाममा संघर्ष गर्दै गरेको देख्छन्, उनीहरूमा श्रम र सेवा प्रती विश्वास घट्न थाल्छ। परिणामस्वरूप, समाजमा दायित्वभन्दा बढी स्वार्थ हाबी हुन थाल्छ, जसले दीर्घकालीन रूपमा सामूहिक पतन निम्त्याउँछ। अर्को दुःखद पक्ष भनेको राज्य संयन्त्रको संवेदनशीलताको कमी हो। शिक्षक र डाक्टरहरू जस्ता संवेदनशील क्षेत्रका पात्रहरूले जब पटकपटक आग्रह गर्दा पनि सुनुवाइ हुँदैन, तब उनीहरूमा हतासको भावना पलाउँछ। यस्ता पेशाकर्मीहरूमा निराशा बढ्नु भनेको देशकै भविष्यलाई कमजोर तुल्याउनु हो। जब शिक्षण र स्वास्थ्य सेवा जस्ता आधारभूत क्षेत्रहरू असुरक्षित र अपमानित हुन्छन्, तब आर्थिक प्रगतिले मात्र राष्ट्रिय गौरव र स्थायित्व सुनिश्चित गर्न सक्दैन। अन्ततः प्रश्न उठ्छः के हामी केवल आफ्ना अधिकार माग्ने नागरिक बन्ने त हो, कि श्रम र सेवाप्रति सम्मान देखाउने जिम्मेवार समाज पनि बन्ने होरु शिक्षा, स्वास्थ्य र श्रमिकहरूको मुद्दालाई केवल पेशागत समस्या ठानी बेवास्ता गर्नु दीर्घकालीन राष्ट्रिय क्षतिका लागि ढोका खोल्नु हो।

नेपालमा श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा छ जहाँ सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक र रोजगारीको स्थिरता जस्ता आधारभूत अधिकारहरू पनि सपनाजस्तै लाग्छन्। वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरूको पसिना र आँसुले देशको अर्थतन्त्र धानिएको छ तर उनीहरूको योगदानलाई समाजले कति सम्मान गर्छरु गाउँका स–साना खेतहरूमा काम गर्ने किसानदेखि सहरका निर्माण मजदुरसम्म सबैले आफ्नो श्रमले समाजलाई जीवन्त राखेका छन्। तर, उनीहरूको जीवनमा सम्मान र सुरक्षाको अभाव छ।

श्रमको मूल्य निर्धारण गर्ने मापदण्ड अझै पनि अधिकार र न्यायको धरातलमा भन्दा पनि दया र अनुकम्पाको धरातलमा अडिएको छ। जसले देशको मेरुदण्ड बलियो बनाउँछ, ऊ आफैं अन्योल र असुरक्षाको खोलभित्र बन्द छ। पसिना बगाउने हातहरू अझैसम्म अरूको सुविधाका लागि त्याग गरिरहन्छन्, तर जब उनीहरू आफैं अधिकारको कुरा गर्छन्, तब तिनको आवाज बेवास्ता गरिन्छ। यस्तो बेमेलले श्रमप्रति मात्रै होइन, समग्र मानव गरिमाप्रति पनि प्रश्न उठाउँछ।

जब समाजले आफ्ना श्रमिकहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्दैन, तब श्रमिकहरू पनि समाजप्रति वचनबद्ध रहन सक्दैनन्। परिणामतः, स्वदेशी श्रमशक्ति पलायन हुन्छ, र भित्रभित्रै देश शक्तिहीन हुँदै जान्छ। विदेशमा पसिना बगाउँदा उनीहरूले सिकेको अनुभव र सीपलाई देश फर्केर योगदान दिन सक्ने सम्भावना पनि राज्य र समाजको उपेक्षाले हराउँछ। र देश दिन–प्रतिदिन आत्मनिर्भरता होइन, परनिर्भरताको बाटोमा लम्कन्छ।

यथार्थ भनेको, श्रमिकको सम्मान बिना कुनै पनि राष्ट्रिय मुक्ति सम्भव छैन। जो माटोमा हात हालेर, ईँटाको धुलोमा सास फेरेर, सडक र भवन निर्माण गर्छन्, उनीहरू भविष्यका संरचनाका मूर्तिकार हुन्। खेतमा उभिएको किसान मात्र अन्न उत्पादन गर्दैन, ऊ राष्ट्रिय आत्मामा सास फुक्छ । यी सबैले जबसम्म आफूलाई सुरक्षित र सम्मानित महसुस गर्न सक्दैनन्, तबसम्म समृद्धि केवल नारामा सीमित रहन्छ।

आजको विश्व तीव्र प्राविधिक परिवर्तनको लहरमा छ। कृत्रिम बुद्धिमत्ता, स्वचालित प्रणाली र डिजिटल अर्थतन्त्रले श्रमको परम्परागत स्वरूपलाई चुनौती दिएको छ। कारखानाहरूमा मेसिनले मानिसको स्थान लिइरहेका छन् र कार्यालयहरूमा एल्गोरिदमले निर्णयहरू लिन थालेका छन्। यो परिवर्तनले उत्पादकत्व र सुविधा बढाएको छ तर यसले श्रमिक वर्गको लागि नयाँ चुनौतीहरू पनि ल्याएको छ। असमानता, रोजगारीको अनिश्चितता र सामाजिक सुरक्षाको अभावले श्रमिकहरूको जीवन झनै जटिल बनेको छ।

जहाँ एकातिर प्रविधिले केही वर्गलाई चमत्कारी अवसरहरू प्रदान गरिरहेको छ, त्यही प्रवाहले श्रमिकहरूको ठूलो हिस्सा जोखिममा पारेको छ। दक्षता बिना टिक्न गाह्रो भइरहेको आजको प्रतिस्पर्धी बजारमा, परम्परागत सीप भएका श्रमिकहरू एक प्रकारको अदृश्य विस्थापन भोगिरहेका छन्। पुराना सीपहरू अप्रासंगिक बन्दै गर्दा नयाँ सीप सिक्न अवसर र स्रोत अभावले श्रमिकहरू अन्योल र त्रासमा बाँच्न बाध्य भएका छन्। प्रविधिको गतिमा पछाडि छुट्नुले केवल आर्थिक हैसियत मात्रै होइन, सामाजिक आत्मसम्मानमा पनि गहिरो घाउ पुरÞ्याइरहेको छ।

डिजिटल विभाजन पनि गहिरिँदो छ। जो प्रविधिसँग सजिलै घुलमिल हुन सक्छन्, तिनीहरू अवसरका ढोका खोल्न सक्षम छन्स तर जो सिमित पहुँच र सीमित सीपका साथ संघर्ष गरिरहेका छन्, उनीहरू झन् पछाडि धकेलिन्छन्। यसको प्रत्यक्ष असर सामाजिक असमानताको फराकिलो हुँदै गएको दूरीमा देखिन्छ। प्रविधिमा पहुँच एक नयाँ प्रकारको शक्ति र विशेषाधिकारको प्रतीक बनेको छ, जहाँ श्रमिकहरूको ठूलो वर्ग यस दौडमा थलिएको छ।

यस्ता परिवर्तनहरूबीच राज्य संयन्त्र र नीतिनिर्माताहरूको भूमिका अझै स्पष्ट र प्रभावकारी हुन सकेको छैन। श्रमिकहरूको भविष्य सुरक्षित गर्ने खाका अझै तर्जुमा हुन बाँकी छ। सामाजिक सुरक्षा सञ्जालहरू, पुनःसीप विकास कार्यक्रमहरू र न्यायपूर्ण रोजगार नीतिहरू आवश्यक छन्। यद्यपि ती व्यवहारमा लागू गर्नुपर्ने कुरा सायदै कसैले सोचेका होलान्। सोचे पनि प्रभावकारी रूपमा नीति र योजना निर्माण अनि कार्यान्वयन हुन सकेका छैनन्। प्रविधि र मानवबीचको सन्तुलन खोज्नुपर्ने चुनौतीलाई राज्यले गम्भीरतापूर्वक लिन नसक्दा श्रमिक वर्ग झनै असुरक्षित बनिरहेको छ। यस्तो अवस्थामा, श्रमको मूल्य र श्रमिकको सम्मानलाई कसरी जोगाउने भन्ने प्रश्न गम्भीर बनेको छ।

यस सन्दर्भमा, श्रमिक आन्दोलनहरू र नागरिक सचेतनाले नयाँ स्वरूप लिनु आवश्यक छ। केवल तलब र सुविधाका लागि होइन, नयाँ युगका लागि आवश्यक सीप, पहुँच र सुरक्षाको माग गर्दै आवाज उठाउनु आजको आवश्यकता हो। श्रमिक वर्गले प्रविधिसँग युद्ध हैन, सहयात्राको बाटो खोज्नुपर्नेछ तर त्यो सहयात्रा तब मात्र सम्भव हुन्छ जब उनीहरूलाई आवश्यक समर्थन, शिक्षण र अवसरहरू उपलब्ध गराइन्छ।

दार्शनिक दृष्टिकोणले श्रमलाई केवल आर्थिक गतिविधिको रूपमा होइन, मानवताको गहिरो खोजको रूपमा हेर्छ। विभिन्न दार्शनिक धारहरूले श्रमको अर्थलाई फरक–फरक तरिकाले व्याख्या गर्छन् तर सबैमा एउटा समानता छः श्रमले मानिसलाई आफ्नो अस्तित्वसँग जोड्छ। उत्तराअधुनिक दर्शनले श्रमलाई एकरूपी परिभाषाबाट मुक्त गर्छ। यसले हरेक श्रमिकको अनुभवलाई एक अनौठो कथाको रूपमा हेर्छ। एक शिक्षकको कक्षाकोठा, एक डाक्टरको अस्पताल, एक किसानको खेत, वा एक मजदुरको कारखाना, यी सबै सृजनात्मक हुन्। यो दृष्टिकोणले नीति निर्माताहरूको एकरूपी दृष्टिकोणलाई चुनौती दिन्छ जसले श्रमलाई केवल उत्पादनको साधनको रूपमा हेर्छ। उत्तरआधुनिक चिन्तनले हामीलाई हरेक श्रमिकको कथालाई सुन्न र बुझ्न प्रेरित गर्छ।

यद्यपि, व्यावहारिक संसारमा श्रम अझै पनि मापनयोग्य वस्तुमा सीमित गरिएको छ। पारिश्रमिक र उत्पादकत्वका चस्माले श्रमिकका भावनात्मक, सामाजिक र सांस्कृतिक आयामहरू ओझेलमा पारेका छन्। जब श्रमलाई मात्र आर्थिक उपजको सूचक बनाइन्छ, तब श्रमिकको आत्मा बिस्तारै विसर्जन हुन थाल्छ। उत्तरआधुनिक दर्शनले यही एकांगी दृष्टिकोणमाथि प्रश्न उठाउँछः के श्रमिक केवल संख्या र उत्पादनको साधन हुन् वा उनीहरू जीवनका अथाह अनुभूतिहरूका वाहक हुन् रु

श्रमिकको कथा सुन्नु भनेको मानवताको विविधता र समृद्धिलाई स्वीकार गर्नु हो। एक किसानको घाममा पोलेको अनुहार, एक डाक्टरको थाकेको तर सन्तुष्ट मुस्कान, एक शिक्षकको कक्षामा गुञ्जिने सपनास यी सबै श्रमका आत्मीय अनुहार हुन्, जुन कुनै पनि आर्थिक ग्राफ वा नीतिगत दस्तावेजमा समेटिन सक्दैनन्। उत्तरआधुनिक दृष्टिकोणले श्रमलाई यी सूक्ष्म, अमूर्त र व्यक्तिगत स्तरहरूमा महसुस गर्न सिकाउँछ।

यो चिन्तनले श्रमिकको अस्तित्वलाई पुनः मान्यता दिन आग्रह गर्छ। उत्पादन र सेवाभन्दा पर, श्रम एउटा आत्म–आविष्कार हो जहाँ मानिसले आफ्नो क्षमताको सीमाना परीक्षण गर्छ र आफैंलाई पुनः परिभाषित गर्छ। एक मजदुरको हातमा लागेको माटो केवल कामको परिणाम होइनस त्यो उसको जीवनदर्शन, उसको अस्तित्वको प्रतिबिम्ब हो। जब हामी श्रमलाई यस्तो गहिराइमा बुझ्न थाल्छौँ, तब मात्र हामी साँचो अर्थमा श्रमिकको सम्मान गर्न सक्छौँ।

त्यसैले, नीति निर्माणको जगमा पनि यो दृष्टिकोणको समावेश आवश्यक छ। श्रमिकहरूको लागि बनाइने हरेक योजना, हरेक निर्णय, केवल उत्पादन वृद्धि होइन, श्रमिकको जीवनगुणस्तर र आत्मसम्मान वृद्धि गर्ने दिशामा केन्द्रित हुनुपर्छ। श्रमको मूल्याङ्कन केवल आर्थिक परिणामसँग होइन, भावनात्मक र सामाजिक आयामसँग पनि गाँसिनु आवश्यक छ। उत्तरआधुनिक चिन्तनले देखाएको बाटो यही हो जहाँ श्रमिक न संयन्त्रमात्र, न त साधनमात्र, बरु एउटा पूर्ण मानव अस्तित्वको प्रतिनिधि हुन्छ।

माक्र्सवादी दर्शनले श्रम र शोषणबीचको सम्बन्धलाई केन्द्रमा राख्छ। जब श्रमिकको श्रमको मूल्य उसलाई फिर्ता हुँदैन, जब उसको पसिनाले बनाएको सम्पत्तिमा उसको अधिकार हुँदैन, तब श्रम शोषणको पर्याय बन्छ। नेपालमा शिक्षक, डाक्टर, र अन्य पेशागत श्रमिकहरूको आन्दोलनले यही शोषणविरुद्ध आवाज उठाएको छ। जब एक शिक्षकलाई न्यूनतम पारिश्रमिक बिना देशको भविष्य निर्माण गर्न बाध्य पारिन्छ तब प्रश्न उठ्छः को हो राष्ट्रको सर्जकरु को हो समाजको मालिकरु माक्र्सवादी चिन्तनले हामीलाई श्रमिकको अधिकार र सम्मानको लागि लड्न प्रेरित गर्छ।

आज पनि नेपाल जस्तो मुलुकमा श्रमिक वर्गले आफूले सिर्जना गरेको सम्पत्तिमा पहुँच पाउन सकेको छैन। उत्पादनका साधनमा पहुँच केही वर्गको नियन्त्रणमा सीमित छ र श्रमिकहरू आफ्नो श्रम बेचेर जीविका चलाउने स्थितिमा मात्र छन्। यो अवस्था कुनै प्राकृतिक घटना होइनस यो संरचित शोषणको नतिजा हो, जसलाई इतिहासले वर्ग संघर्षको निरन्तर कथा बनाएको छ। शिक्षित पेशाकर्मीदेखि शारीरिक श्रमिकसम्म सबै वर्गलाई एकीकृत गर्दै न्यायपूर्ण सामाजिक परिवर्तनको माग उठाउनु समयको आवाज हो।

माक्र्सवादी विचारमा श्रम केवल उत्पादन गर्ने शक्ति होइन, स्वतन्त्रता प्राप्तिको साधन पनि हो। जब श्रमिक आफ्नो श्रमको वास्तविक मूल्य र महत्व बुझ्छ र त्यसको स्वामित्व माग्न थाल्छ, तब मात्रै मुक्तिको यात्रा सुरु हुन्छ। नेपालका विभिन्न आन्दोलनहरूले यही चेतनाको संकेत गरेका छन् जहाँ श्रमिकहरू आफैंलाई केवल रोजगार माग्ने प्राणी होइन, सृजनाका मालिकका रूपमा उभ्याउन थालेका छन्। यो सचेतनाको विस्तार आजको प्रमुख क्रान्तिकारी आवश्यकता हो।

तर राज्य संयन्त्र र शक्ति संरचनाहरूले अझै पनि श्रमिकहरूको यो अभूतपूर्व उभारलाई दबाउने प्रयास गरिरहेका छन्। कहिले कानुनी अड्चनहरू मार्फत, कहिले आर्थिक संकटका बहानामा श्रमिकका मागहरूलाई पन्छ्याइन्छ। जब शिक्षा, स्वास्थ्य र निर्माण जस्ता आधारभूत क्षेत्रका श्रमिकहरू आफ्नै अस्तित्वको लडाइँ लड्न बाध्य हुन्छन्, तब समाजको नैतिक धरातल कमजोर हुन्छ। वर्गीय विभाजन अझै तीव्र हुन्छ, र सामाजिक न्यायको सपना अझ पर सर्छ।

यस सन्दर्भमा, माक्र्सवादी चेतनाले केवल आर्थिक सुधारको माग गर्दैनस यो समग्र सामाजिक संरचनाको पुनर्संरचनाको आह्वान गर्छ। सम्पत्तिको पुनर्वितरण, श्रमको सम्मान, र उत्पादनका साधनमा श्रमिकहरूको भागीदारी सुनिश्चित नगरी कुनै पनि विकास न्यायसंगत हुन सक्दैन। शिक्षक, डाक्टर, किसान, मजदुर आदि यी सबैको योगदानलाई केवल सेवाका रूपमा होइन, सृजनाको आधारका रूपमा हेर्नु आवश्यक छ।

अस्तित्ववादी दर्शनले श्रमलाई स्वतन्त्रताको खोज र आत्मसृजनको प्रक्रिया ठान्छ। श्रमिक केवल जीविकाको लागि काम गर्ने जीव होइन, ऊ आफ्नो अस्तित्वलाई कोर्ने शिल्पी हो तर जब श्रमिकले आफ्नो श्रममा गौरवको सट्टा बेइज्जती अनुभव गर्छ तब उसको अस्तित्व संकटमा पर्छ। नेपालमा शिक्षक र डाक्टरहरूको आन्दोलन यही अस्तित्वको पुनःस्थापनाको प्रयास हो। यो स्वाभिमानको खोज हो, सुरक्षाको माग हो र समाजले आफ्ना श्रमिकहरूलाई कसरी हेर्छ भन्ने प्रश्नको पुनःसंरचना हो।

अस्तित्ववादी चिन्तन भन्छ कि मानिस आफैंले आफूलाई निर्माण गर्छ। जब श्रमिक आफ्नो श्रममार्फत संसारमा नयाँ अर्थ सिर्जना गर्छ, ऊ आफ्नै जीवनलाई अर्थयुक्त बनाउँछ। तर जब सामाजिक संरचनाहरूले श्रमिकलाई मात्र उपयोगिताको वस्तुमा सीमित गर्छन्, तब उसको सिर्जनात्मकता, स्वाभिमान र स्वतन्त्रता सबै खतरामा पर्छ। नेपालमा देखिएको पेशागत आन्दोलन केवल तलब र सुविधाको लागि होइनस यो श्रमिकको आफ्नै अस्तित्वको पुनःस्वीकृतिको लागि हो।

जसरी एक चित्रकार आफ्नो क्यानभासमा रङ भर्दै आफ्नै आत्मा झल्काउँछ, त्यसरी नै एक शिक्षकले कक्षाकोठामा, एक डाक्टरले उपचारमा, र एक श्रमिकले आफ्नो पसिनामा आफ्नो अस्तित्व उजागर गर्छ। जब उनीहरूको श्रमलाई सम्मान गरिँदैन, उनीहरू आफैंलाई अदृश्य महसुस गर्छन्। अस्तित्ववादी पीडा तब जन्मिन्छ जब श्रमिकले आफ्नो कार्यमा अर्थ गुमाउन थाल्छ र आफूलाई केवल बाध्यता र विवशताको शृङ्खलामा बाँधिएको देख्छ।

त्यसैले, आन्दोलनहरू केवल बाहिरी संघर्ष मात्र होइनन्, ती आन्तरिक लडाइँ पनि हुन्। शिक्षकहरूको नारामा, डाक्टरहरूको मागपत्रमा, श्रमिकहरूको जुलुसमा एक अदृश्य चीत्कार सुन्न सकिन्छ – “हामीलाई केवल जीवित रहने कुरा हैन, अर्थपूर्ण जीवन चाहिएको छ।“ अस्तित्ववादी दृष्टिकोणले देखाउँछ कि जब श्रमिकहरू आफ्नो श्रमको अर्थ फिर्ता माग्छन्, उनीहरू आफूलाई पुनः मानवीय बनाइरहेका हुन्छन्।

राज्य र समाजले यदि यो आवाज नसुन्ने हो भने, केवल आर्थिक संकट मात्र होइन, गहिरो नैतिक संकट पनि उत्पन्न हुन्छ। जब शिक्षादेखि स्वास्थ्य सेवा र निर्माण क्षेत्रसम्मका श्रमिकहरूले आफ्नै श्रमको मूल्य र सम्मानका लागि सडक रोज्नुपर्ने अवस्था आउँछ, तब राष्ट्रको आत्मा आफैं प्रश्नमा पर्छ। अस्तित्ववादी चेतना भन्छ– साँचो विकास भनेको प्रविधि र धनको वृद्धिमात्र हैन, मानव अस्तित्वलाई गरिमामय बनाउने यात्रासँग सम्बन्धित हुन्छ।

श्रमलाई केवल उत्पादनको साधन ठान्ने दृष्टिकोण आज असफल भएको छ। श्रम केवल आर्थिक गतिविधि होइनस यो सामाजिक, सांस्कृतिक र नैतिक मूल्य हो। जब एक शिक्षक हरेक दिन कक्षाकोठामा भविष्यको सपना देखाउँछ, जब एक डाक्टर रातको ३ बजे आपतकालीन सेवामा खट्छ, जब एक किसान आफ्नो खेतमा पसिना बगाउँछ तब यो केवल जिम्मेवारी होइन। यो मानवताको पुनर्जन्म हो।

श्रमको सौन्दर्य अनुशासनमा मात्र होइन, सहानुभूति र चेतनामा छ। यो केवल कार्यको परिणाममा होइन, कार्यको प्रक्रियामा छ। यो केवल भौतिक निर्माणमा होइन, आत्मिक सृजनमा छ। श्रमिकको प्रत्येक पाइलामा, प्रत्येक पसिनाको थोपामा र प्रत्येक सासमा यो सौन्दर्य लुकेको हुन्छ।

श्रमको सौन्दर्यलाई जोगाउन र श्रमिकको सम्मानलाई पुनःस्थापित गर्न नयाँ दृष्टिकोणको आवश्यकता छ। यो दृष्टिकोणले श्रमिकलाई केवल जीवन टिकाउने उपकरणको रूपमा होइन, समाजको नैतिक मेरुदण्डको रूपमा स्वीकार गर्नुपर्छ। श्रमिकहरूको आवाजलाई सुन्ने, उनीहरूको गरिमालाई संस्थागत गर्ने र श्रमको सौन्दर्यलाई नीतिमा रूपान्तरण गर्ने नेतृत्व आजको आवश्यकता हो। सामाजिक सुरक्षाको सुदृढीकरण, शिक्षा र स्वास्थ्यमा लगानी, प्राविधिक परिवर्तनको समावेशी उपयोग र श्रमिक आवाजको सम्मानः यी कदमहरूले मात्र श्रमको सौन्दर्यलाई जीवन्त राख्न सकिन्छ।

श्रम आफैँमा एउटा कविता हो जसलाई लेख्न नजान्नेहरूले केवल नाफाको आँकडामा सीमित गर्छन् तर यथार्थको गहिराइमा डुब्नेहरूले श्रममा जीवनको सौन्दर्य, समाजको अन्तःकरण र राष्ट्रको मुहार देख्छन्। श्रम केवल कार्य होइनस यो मानवताको अमर गीत हो जसले हरेक पसिनाको थोपामा सृष्टिको राग गाउँछ। आजको समाजले श्रमको यो सौन्दर्यलाई बुझ्न र सम्मान गर्न सक्नुपर्छ। शिक्षक, डाक्टर, किसान, मजदुर – यी सबै समाजका सर्जक हुन्। उनीहरूको सम्मानले मात्र समाजको भविष्य उज्ज्वल हुनेछ। श्रमको सौन्दर्यलाई जोगाउनु भनेको मानवताको सौन्दर्यलाई जोगाउनु हो। यो केवल नीति र नेतृत्वको कुरा होइनस यो हाम्रो साझा चेतनाको कुरा हो।

प्रकाशित: १८ वैशाख २०८२ १३:३२ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School