शीर्ष तीन दलका नेताबिचको छलफल सकारात्मक


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबिचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ।

प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच समसामयिक विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बैठकमा संसद्लाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने विषयमा समेत उनीहरूबिच छलफल भएको जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०८० २१:०९ शनिबार





Source link

Leave a Comment