शीतल गुफा ओझेलमा , प्रचारले पर्यटक बढाउनेमा स्थानीय ढुक्क

शीतल गुफा ओझेलमा , प्रचारले पर्यटक बढाउनेमा स्थानीय ढुक्क



प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनीले तपस्या गरेको एतिहासिकस्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित झोवाङ्गमा अवस्थित शीलत गुफा एतिहासिक रुपमा महत्व राखे पनि प्रचारप्रसारको अवभामा ओझेलमा परेको गुनासो स्थानीयवासीको छ ।

एतिहासिक शीतल गुफालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिका र ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल ९टान० गण्डकीद्वारा गुफा परिसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले त्यस्तो गुनासो गरेका हुन् ।

बैज्ञ नामका ऋषिमुनी बस्ने ओढारको नामले परिचित एक सय मिटर लम्बाई रहेको उक्त शीतल गुफा अवलोकनका गर्न दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेपनि प्रचारप्रसारको अभावमा प्रयाप्त मात्रामा पयर्टक आउन नसकेको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका संस्थापक अध्यक्ष सदाखर पौडेलले बताउनुभयो ।

समुद्र सतहदेखि एक हजार एक सय मिटर उचाइमा अवस्थित यस गुफामा पोखरादेखि ४० किलो मिटरको दुरीमा रहेको र यातायातको साधनबाट सजिलै गुफा पुग्न सकिन्छ ।

गुफामा बालाचतुरर्दशी, शिवरात्रि, र श्रावण महिनामा पर्ने बोलबममा भक्तजनको घुइँचो लाग्ने जानकारी संस्थापक अध्यक्ष पौडेलले दिनुभयो ।

परापूर्वकालमा ऋषिमुनीहरु हिमालय पर्वतमाला गई तपस्या गरी ज्ञान प्राप्त गर्ने क्रममा बैज्ञनामका ऋषिमुनी उक्त गुफामा बसेर विभिन्न महामारी रोगको जडीबुटी बैज्ञविधिबाट आर्र्र्युेवेदिक उपचार गर्ने गरेको कुरा जनश्रुतिमा पाइएको जानकारी पौडेलले दिनुभयो ।

गुफाभित्र भेटिएका अनाज, तामाका गाग्री, तामा पाथी, पित्तलका थाल लगायतका भाँडावर्तन अझै छन् ।

शीतल गुफा ओझेलमा , प्रचारले पर्यटक बढाउनेमा स्थानीय ढुक्क

विसं २०३७ देखि ओढारलाई गुफाको रुप दिई प्रचारप्रसार गर्दै आइएको छ । उक्त ओढारललाई स्थानीयवासी तथा शिक्षक केदारनाथ शर्माले शीतल गुफाको नामले परिचित गराउनुभएको थियो ।

दुई तले उक्त गुफाभित्र पानीका छहरा, विभिन्न देवीदेवताका अवतारको आकृति, बाद्यबाधन, गौमाता , बूढानीलकण्ठको शयन दृष्य, रामलक्ष्मण वनबास दृष्य, बिध्नहर्ता गणेश भगवानस्वरुप, चमेराको बसस्थान गुफाभित्र देख्न सकिन्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School