नीतिश्लोकमा सत्यको रक्षा शिक्षकबाट मात्र सम्भव हुन्छ, भनिएको छ । शिक्षकहरू समाजमा पढे–लेखेको बौद्धिक वर्ग हो । शिक्षकहरूलाई व्यास, दधिचि र बृहस्पतिसँग तुलना गरिन्छ । गुरुजनहरू देशका हरेक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने स्रोत हुन् । शिक्षकको महत्व प्राचीनकालमा पनि थियो र आजको आधुनिक युगमा पनि उत्तिकै छ । आजका विकसित देशहरू अमेरिका, युरोप र एसियालगायतका कतिपय देशमा गुरुजनहरूको महिमा उच्चस्तरको पाइन्छ । शैक्षिक संस्थाहरूबाट अब्बल शैक्षिक क्षमता भएको जनशक्तिको रोजाइ शिक्षण पेसा पर्छ । राज्यले पनि अब्बल जनशक्तिलाई शिक्षा क्षेत्रमा प्रवेश गराउने नीतिगत व्यवस्था गरेको हुन्छ ।
गुरुजनहरू विश्व जगत्का हरेक देशहरूमा सामाजिक, बौद्धिक तथा नैतिक रूपमा माथिल्लो कोटिमा पर्ने व्यक्ति एवम् व्यक्तित्वहरू हुन् । तर, हाम्रो देशको सन्दर्भमा उल्लिखित भनाइ मेल खाएको पाइँदैन । राज्यले गुरुजनहरूलाई हेर्ने दृष्टिकोण प्राज्ञिक भएको पाइँदैन । मेरिटोक्रेसीको आधारमा शिक्षालयहरू चलाइएको छैन । दलहरूले शिक्षकहरूलाई राजनीतिक दुनो सोझाउने माध्यमको रूपमा प्रयोग गर्दा देशको शिक्षा क्षेत्र लथालिंग भएको अवस्था छ । गुरुजनहरू पनि राजनीतिक दलहरूबाट दुरुपयोग भएका छन् ।
त्यसो त सबै गुरुजनहरूलाई एउटै डालोमा हालेर हेरिनु न्यायोचित हुँदैन । शिक्षण पेसामा आबद्ध कतिपय गुरुजनहरू आप्mनो पेसाप्रति जवाफदेही नभएका होइनन् । शिक्षण पेसामा योग्य, सक्षम तथा इमानदार गुरुहरू पनि छन् । तथापि कतिपय गुरुजनहरूले पेसागत सुरक्षा, पद र प्रमोसनका लागि राजनीतिलाई भ¥याङ बनाउँदा पेसागत निष्ठामा प्रश्नहरू उठेका छन् । गुरुहरू राजनीतिक दलका झन्डा बोक्ने, शिक्षक संघ तथा संगठनहरू चलाउने, योग्यता तथा क्षमताबिना नै स्थायी हुनुपर्ने माग राखेर आन्दोलन गर्नेजस्ता कार्यहरू प्राज्ञिक क्रियाकलाप होइनन् । यति मात्र होइन, अतिउच्च शिक्षा हासिल गरेका प्राडाहरूले विश्वविद्यालयका उच्चपदहरूमा राजनीतिक नियुक्तिका लागि नेताहरूको आशीर्वाद थाप्ने गरेको घामजस्तै छर्लंग छ । राजनीतिक दलहरूको कोटामा विश्वविद्यालयका गुरुजनहरू नियुक्ति हुने कुरा प्राज्ञिक वर्गलाई सुहाउँछ त ? सुहाउँदैन ।
राज्यले शिक्षामा ठूलो लगानी गरेको भए तापनि शिक्षा समयसापेक्ष बन्न नसकेको जगजाहेर नै छ । शिक्षा र शिक्षकहरूलाई राजनीतिक चस्माको छायाबाट बाहिर ननिकालेसम्म विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा गुणस्तरीय हुन सक्दैन । शिक्षा प्राज्ञिक क्षेत्र हो । शिक्षालयहरू विचार निर्माण तथा सिर्जनाका बगैंचा हुन् । यो बगैंचाका मालीको रूपमा रहेका गुरुहरूलाई राजनीतिक हिलोले छ्याप्ने काम गर्नु हँुदैन । गुरुजनहरू पनि छ्यापिनु हुँदैन । जोगिनुपर्छ ।
शिक्षा क्षेत्र समस्या नै समस्याहरूको जालोले घेरिएको छ । यसमध्येको एउटा समस्या शिक्षामा राजनीतीकरण हो । शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट अलग बनाउन आवश्यक मात्र होइन, जरुरी भइसकेको छ । शिक्षालाई मेरिटोक्रेसीको आधारमा सञ्चालन गर्नुपर्छ । गुरुजनहरू राजनीतिक दलका कार्यकर्ता होइनन् । विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र एवम् स्रोतव्यक्ति हुन सक्नुपर्छ ।
शिक्षालयहरूलाई अनुशासित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि शिक्षक प्राध्यापकहरूको ठूलो भूमिका हुन्छ । परन्तु, शिक्षण पेसाको गहनता र महत्वलाई राजनीतिक दलहरूले बुभ्mन सकेको देखिएन । प्राज्ञिक वर्ग राजनीतिक दलहरूको पछाडि लाग्ने होइन, बरु राजनीतिले बाटो बिराउँदा दिशानिर्देश गर्न सक्ने मार्गदर्शक शक्ति बन्न सक्नुपर्छ । प्राज्ञिक वर्ग राजनीतिक दलहरूबाट दुरुपयोग हुनुहुँदैन । गुरुजनहरूले पनि आफैं बुभ्mनुपर्छ ।
शिक्षालाई मेरिटोक्रेसीको आधारमा सञ्चालन गर्नुपर्छ । गुरुजनहरू राजनीतिक दलका कार्यकर्ता होइनन् । विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्यांकनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र एवम् स्रोतव्यक्ति हुन सक्नुपर्छ
शिक्षकहरू देशका दक्ष जनशक्ति उत्पादन गर्ने स्रोतशक्ति हुन् । सामाजिक, आर्थिक र शैक्षिक रूपमा शिक्षक वर्गलाई माथिल्लो स्तरमा राख्नुपर्छ । राजनीतिक दलहरूले सार्वजनिक रूपमा नै शिक्षालयहरूलाई राजनीतिको उद्गम थलो भन्ने गरेका छन् । गुरुजनहरूले विद्यालय तहदेखि विश्वविद्यालयसम्म संघ, संगठनहरू खोलेका छन् । किन चलाउनुप¥यो ? कक्षाकोठामा पढाउनुपर्ने गुरुजनहरू दलका कार्यक्रम तथा पार्टी कार्यालयहरूमा धाउन अशोभनीय कुरा हो र ? होइन । गुरुहरू आप्mनो क्षमतामा विश्वस्त र पेसाप्रति इमानदार हुनुपर्छ ।
प्राज्ञिकहरूले आप्mनो स्तरलाई राजनीतिक दलहरूको पछाडि लागेर घटाउनु हुँदैन । शिक्षकहरूलाई गाली आओस् कि ताली आप्mनो कर्तव्यबाट विमुख हुनुहुँदैन । शिक्षक प्राध्यापकहरू विद्यार्थीहरूका भविष्य निर्माता हुन् । देशका दक्ष जनशक्ति उत्पादनका व्यक्ति तथा व्यक्तित्व हुन् । देशको शासक प्रशासकलगायत हरेक क्षेत्रका जनशक्ति उत्पादन गर्न सक्ने क्षमता भएको व्यक्तिले किन राजनीतिक थाक्रो समाउनु ? देशको प्राज्ञिक शक्तिलाई राजनीतिक दलको भ्रातृ संघ–संगठनहरूमा आबद्ध भएर दलको झन्डा समात्न सुहाउँछ र ? सुहाउँदैन ।
सबैभन्दा माथि देश हुन्छ भनेर शिक्षा बाँड्ने व्यक्तिका लागि राजनीतिक दल कसरी सबैभन्दा माथि हुन सक्छ ? गुरुजनका लागि सबैभन्दा माथि देश र उसको पेसा हुनुपर्छ । त्यसैले गुरुहरू गैरराजनीतिक व्यक्ति, स्वतन्त्र चिन्तक तथा अनुसन्धानकर्ता बन्नुपर्छ । गुरुहरू विद्यार्थीहरूको परामर्शदाता, अभिभावक, प्रेरणाको स्रोत, मार्गदर्शक, सल्लाहकार हुन् । शिक्षक पढे–लेखेको, बुझेको व्यक्ति भएको हुनाले उसले सही वा गलत थाहा पाउनु प्राज्ञिक गुण हो । यो गुणको अवलम्बन नगरेसम्म शिक्षाको गुणस्तर माथि उठ्न सक्दैन ।
राज्यले तय गरेको शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइको आधारमा शिक्षाको गुणस्तर निर्धारण हुने गर्छ । राज्यले अवलम्बन गरेको शिक्षा प्रणालीको आधारमा व्यक्ति, समाज र देशको भविष्य निर्माण हुने गर्छ । राज्यले तय गरेको शिक्षा नीति तथा शैक्षिक कार्यक्रममा प्रत्यक्ष रूपमा संलग्न हुने व्यक्तिहरू भनेका शिक्षक, प्रध्यापकहरू हुन् । शिक्षक, प्रध्यापकहरूको योग्यता, क्षमता र शिक्षण शैलीले समग्र शिक्षाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले गुरुजनहरूले पेसागत क्षमता र सीपमा जोड दिनुपर्छ । राजनीतिक छातामुनि ओत लाग्नुहुँदैन ।
शिक्षाविद्हरू भन्छन्, ‘शिक्षा क्षेत्र तहसनहस हुनुको पछाडि राजनीतिक दलहरू नै जिम्मेवार छन् ।’ उनीहरूको मत छ, ‘शिक्षकहरूलाई दलको झोला बोक्न लगाउने काम अदूरदर्शी हो । राजनीतिको चास्नीमा विवेकलाई मास्नी काम गर्नु गुरुजनहरूको कमजोरी हो ।’ एकातिर शिक्षा समयसापेक्ष हुन सकेको छैन भने अर्कोतिर गुरुजनहरूले पाठ्यपुस्तकीय ज्ञानलाई मात्र शिक्षणको पर्यायका रूपमा बुझ्ने गरेकाले शिक्षण विधिमा भाषण, प्रवचन, वर्णन, व्याख्या, विश्लेषण तथा कण्ठस्थ गर्न लगाउने शिक्षण शैली हावी छ । यस्तो शिक्षण परम्परागत शैली हो । शिक्षालयहरूमा शिक्षण सिकाइ प्रभावकारी हुन नसकेको र विद्यार्थीहरूमा सिकाइ उपलब्धि अत्यन्त न्यून रहेको तथ्यांकहरूले पुष्टि गर्छन् । २०८० सालको विद्यालय परीक्षाको नतिजामा ५२ प्रतिशतको हाराहारीमा मात्र विद्यार्थीहरू उत्तीर्ण भए । यस कोणबाट हेर्दा पनि सार्वजनिक विद्यालयहरूको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ ।
शिक्षाको व्यवस्थापन तथा सुधार गर्ने अभिभावकको रूपमा राज्यको भूमिका हुन्छ । शिक्षक व्यवस्थापन, सञ्चलन तथा दण्ड र पुरस्कारको प्रबन्ध गर्ने काम पनि राज्यको हो । राज्यले नीतिगत रूपमा अब्बल शैक्षिक क्षमता भएका शिक्षक प्राध्यापकहरूलाई छनोट गर्ने प्रबन्ध गरेको छैन । बरु, राजनीतिक दल वा नेताविशेषका व्यक्तिहरूलाई राहत, करार वा यस्तै अन्य नीतिगत व्यवस्था गरी विद्यालय तहदेखि विश्वविद्यालयसम्म शिक्षक प्राध्यापक भर्ना गरेको पाइन्छ । अनि शिक्षालयहरू कसरी अब्बल हुन सक्छन् ?
हरेक क्षेत्रका विज्ञ, विशेषज्ञ राजनीतिक कर्मी, शासक, प्रशासक, शिक्षक, प्रध्यापक, डाक्टर, इन्जिनियर, लेखक, नीतिनिर्माता, उद्योगपति, नागरिक समाज, खोज तथा अनुसन्धानकर्ता, पत्रकार आदि इत्यादि क्षेत्रमा जनशक्ति उत्पादन हुने ठाउँ विद्यालय तथा विश्वविद्यालयहरू हुन् । ‘जस्तो बीउ रोप्यो, त्यस्तै फल पाइन्छ’ भन्ने नेपाली लोकबोली व्यवहारवादी दृष्टिकोणले वैज्ञानिक छ । यस कोणबाट हेर्दा आजका शिक्षार्थीहरूलाइ समयसापेक्ष शिक्षाको बीउ रोपेर भविष्यका सक्षम जनशक्ति उत्पादन गर्ने काममा राज्यले ढिला गर्नुहुँदैन । नागरिकलाई गुणस्तरीय शिक्षा दिई व्यक्ति, समाज र सुन्दर भविष्यको निर्माणमा राज्य र गुरुजनहरू लाग्नुपर्छ ।
अन्त्यमा, राज्यले भोलिको समाजको आवश्यकतालाई ध्यानमा राखेर शिक्षाको नीति निर्माण गरोस् । शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरोस् । विद्यालय तहदेखि विश्वविद्यालयसम्मका गुरुजनहरूलाई राजनीतिक दलहरूको कार्यकर्ता होइन, अनुसन्धानकर्ता बनाउन भूमिका खेलोस् । गुरुजनहरू प्राज्ञिक वर्ग भएकाले राजनीतिक दलको पछाडि लागन हुँदैन । नलागांै । आफ्नो विज्ञता र क्षमतालाई शिक्षाको क्षेत्रमा लगानी गर्नुपर्छ । यसै गरौं । आफ्नो पेसाप्रति इमानदार बनौं ।
(Visited 5 times, 1 visits today)