शिकागोमा ३०० नेशनल गार्ड पठाउन ट्रम्पको आदेश



प्रकाशित मिति : आश्विन १७, २०८२ शनिबार

शिकागोमा ३०० नेशनल गार्ड पठाउन ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागो सहरमा अपराध नियन्त्रणका लागि ३०० जना नेशनल गार्ड पठाउने आदेश दिएका छन्। शिकागोमा अपराध नियन्त्रणबाहिर पुगेको दाबी गर्दै ट्रम्पले संघीय सरकार अब “कानुन र व्यवस्था” कायम गर्न अघि सरेको बताएका छन्।

ट्रम्पको यो कदम आप्रवासन अधिकारीहरू र प्रदर्शनकारीहरूबीच झडप भएको घटनापछि आएको हो। केही प्रदर्शनकारीहरूले आफ्ना कारहरू कानुन कार्यान्वयन निकायका सवारीसाधनमा ठोक्काएपछि एक सशस्त्र महिलालाई गोली हानिएको थियो।

नेशनल गार्ड पठाउने आदेश जारी हुनुअघि अमेरिकी सीमा प्रहरीका अधिकारीहरूले ती महिलामाथि गोली चलाएका थिए। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार ती महिला हतियारसहित थिइन् र उनी र उनका सहयोगीहरूले आफ्नो कार आप्रवासन कार्यान्वयनका सवारीमा ठोक्काएका थिए।

शिकागोमा ३०० नेशनल गार्ड पठाउन ट्रम्पको आदेश

शिकागोमा ३०० नेशनल गार्ड पठाउन ट्रम्पको आदेश

महिला आफैं कार चलाएर स्थानीय अस्पताल पुगेकी थिइन्, तर उनको अवस्थाबारे स्पष्ट जानकारी छैन। राज्य र स्थानीय नेताहरूले ट्रम्पको यो योजनाको तीव्र विरोध गर्दै यसलाई “सत्ताको दुरुपयोग” भनेका छन्। इलिनोईका गभर्नर जे.बी. प्रिट्जकरले ट्रम्पमाथि “कृत्रिम संकट सिर्जना गर्ने प्रयास गरेको” आरोप लगाएका छन्।

शिकागो सहर पनि डेमोक्र्याट पार्टीद्वारा सञ्चालित सहरहरू मध्ये एक हो। ट्रम्पले यसअघि नै विवादास्पद रूपमा नेशनल गार्ड पठाउने घोषणा गरेका थिए। यसअघि वाशिङ्टन, लस एन्जेलस, मेम्फिस (टेनेसी) र पोर्टल्याण्ड मा पनि यस्तै कदम चालिएको थियो।

वर्तमान अवस्था: शिकागोमा हाल आप्रवासन कार्यान्वयन (आइस) विरुद्ध आन्दोलन तीव्र बन्दै गएको छ। धेरैजसो प्रदर्शनहरू अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस ) का कार्यालयहरू बाहिर भइरहेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले विज्ञप्ति जारी गर्दै गभर्नर प्रिट्जकरले नियन्त्रण गर्न अस्वीकार गरेको “हिंसक दंगा र अराजक अवस्था” बीच राष्ट्रपति ट्रम्पले संघीय अधिकारी र सम्पत्तिको सुरक्षा गर्न ३०० जना नेशनल गार्ड पठाउने निर्णय गरेको जानकारी दिएकी छन्।

नेशनल गार्ड पठाउने आदेश जारी हुनुअघि अमेरिकी सीमा प्रहरीका अधिकारीहरूले एक महिलामाथि गोली चलाएका थिए ।

शिकागोमा ३०० नेशनल गार्ड पठाउन ट्रम्पको आदेश





Source link

Leave a Comment