शिकागोका मेयरले आप्रवासी पक्राउ अभियानको प्रतिकार गर्ने आदेशमा गरे हस्ताक्षर



प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार


अमेरिकाको शिकागो शहरले राष्ट्रपति ट्रम्प प्रशासन द्वारा सुरु गरिने भनिएको कागजातविहीन आप्रवासीहरू विरुद्धको पक्राउ अभियानलाई प्रतिरोध गर्ने भएको छ।

शिकागोका मेयर ब्रान्डन जोनसनले यस्ता सम्भावित दमनकारी कदमहरूलाई कसरी प्रतिकार गर्ने भन्नेबारे शहरका निकायहरूलाई निर्देशन दिने उद्देश्यले एउटा आदेशमा हस्ताक्षर गरेका छन्।

मेयर जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले शिकागोमा नेसनल गार्ड पठाउने धम्कीको कडा विरोध गर्दै यसलाई असंवैधानिक र अनावश्यक “सैनिक कब्जा” भनेका छन्। उनले ह्वाइट हाउस र संघीय एजेन्टहरूलाई शिकागोमा नेसनल गार्ड पठाउने प्रयासबाट तत्काल पछि हट्न पनि आग्रह गरेका छन्।

शिकागोका मेयरले आप्रवासी पक्राउ अभियानको प्रतिकार गर्ने आदेशमा गरे हस्ताक्षर

शिकागोका मेयरले आप्रवासी पक्राउ अभियानको प्रतिकार गर्ने आदेशमा गरे हस्ताक्षर

आदेशमा स्थानीय प्रहरीलाई संघीय एजेन्टहरूसँग संयुक्त गस्तीमा सहभागी हुनबाट रोक लगाइएको छ। प्रहरी अधिकारीहरूले अनिवार्य रूपमा बडी क्यामेरा र पहचानसहितको जानकारी राख्नुपर्नेछ।

अनुहार छोप्ने मास्क लगाउन निषेध गरिएको छ। यो नियम अन्य शहरहरूमा पहिचान लुकाएको आरोप लागेका इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का अधिकारीहरूलाई लक्षित गरेको देखिन्छ।

मेयर जोनसनले आप्रवासीहरूलाई आफ्नो अधिकारबारे जानकारी दिने पनि बताएका छन्।

यो आदेश ह्वाइट हाउस र इलिनोइस राज्यका स्थानीय अधिकारीहरूबीचको लामो समयदेखिको विवादको नयाँ अध्याय हो। ट्रम्पले शिकागोलाई “अव्यवस्थित” र “हत्या हुने ठाउँ” भन्दै आलोचना गर्दै आएका छन्।

यसैबीच, ह्वाइट हाउसका प्रवक्ताले मेयर जोनसनको आदेशलाई “प्रचारको नाटक” भन्दै टिप्पणी गरेका छन्।

शिकागोका मेयरले आप्रवासी पक्राउ अभियानको प्रतिकार गर्ने आदेशमा गरे हस्ताक्षर

शिकागोमा पाँच जनामध्ये एकभन्दा बढी आप्रवासीहरू रहेको तथ्यांक छ, जसमध्ये आधाभन्दा बढी ल्याटिन अमेरिकी मुलुकबाट आएका छन्। तर, कति जना कागजातविहीन छन् भन्ने यकिन तथ्यांक भने छैन।





Source link

Leave a Comment