ओहो ! आज राज दाइले देशको राजनीतिक व्यवस्था र वर्तमान अवस्था चित्रण गर्दा मन भारी भयो । त्रिभुवन विश्वविद्यालयको क्यान्टिनमा राज दाइसँगको कफी गफमा देशका शासकको चित्र चरित्र’bout टीका टिप्पणी आधार मान्ने हो भने देश उल्टोबाटोमा हिँडिरहेको भान हुन्छ । राज दाइले निधार खुम्च्याउँदै भने, ‘त्रिविको अवस्था विश्लेषण गर्दा पनि देश कसरी चलिरहेको छ ? भन्ने अड्कल गर्न सकिन्छ, आज त्रिविमा सञ्चालित कतिपय विषयमा विद्यार्थी नै भर्ना हुँदैनन्, हाजिरी गर्ने र पत्रपत्रिका पढ्नेबाहेक प्राध्यापकहरूको काम केही देखिँदैन ।’
अनि, दाइले मतिर हेर्दै प्रश्न गरे, ‘तिमी नै भन, घाँसले भरिएको त्रिवि परिसर र धुलोले भरिएका डेस्क मेचहरूले विश्वविद्यालयको कस्तो संकेत गर्छ ?’ राज दाइको प्रश्नका अगाडि विश्वविद्यालयको वास्तविकताले मलाई नतमस्तक बनायो । म नाजवाफ भएँ ।
राज दाइले कफीको कप टेबलमा राख्दै फेरि भने, ‘धत्तेरी ! हाम्रा देशका शासकहरू ! किन जनताबाट यति आलोचित छन् ? किन यिनीहरूले सुनाम र बदनामको भेद छुट्याउन सकेनन् ? सामाजिक सम्मान शासनभन्दा धेरै माथि हुन्छ भन्ने बोध भएको भए लोकतान्त्रिक शासन व्यवस्थाका शासक जनताबाट यति धेरै तिरस्कृत हुने थिएनन् ।’ विभिन्न पत्रपत्रिकामा प्रकाशित ‘हेडलाइन’पढ्दै राज दाइले थपे, ‘शासक र नागरिकबीचको दूरी बढ्दै जानुको अर्थ नेतृत्व वर्ग असफल हुनु हो ।’
राज दाइको विचारसँग म असहमत हुनुपर्ने कुनै पनि कारण थिएन । राज दाइ लामो समयसम्म विश्वविद्यालयमा प्राध्यापन गरी कपाल फुलाएको व्यक्ति मात्र नभएर देश दुनियाँ घुमेका, देखेका व्यक्ति भएकाले उनको विचार सत्यतथ्यमा आधारित थियो ।
स्मार्ट मोबाइलमा समय अवलोकन गर्दै राज दाइले विश्वजगतका केही देश निर्माण गर्न सफल नेतागणको नाम लिए । ‘ली क्वाइन यूले कसरी सिंगापुर बनाए ?, महात्मा गान्धीको आदर्श र जनप्रियता, दक्षिण कोरियाको इतिहास र वर्तमान, भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैली र लोकप्रियता, चीनका सी चिनफिङ र मलेसियाका मोहम्मद महाथिरलगायत व्यक्तिको कार्य र लोकसम्मानको वर्णन गर्दा’ देखिएको उनको उज्यालो अनुहार नेपालका शासकको कुरा गर्दा निराश देखियो ।
राज दाइले राजनीतिक समीक्षाकै क्रममा हाम्रो देशमा पनि इतिहासमा जनताको मन मस्तिष्कमा बस्न सफल तथा देश निर्माण गर्ने लामो अवसर नपाएका नेताको स्मरण गरे । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारीलगायत नेतागण श्रद्धापूर्वक सम्झना गर्दै वर्तमानमा शासन सत्तामा रहेका नेताको नाम लिँदा आलोचनाको ओइरो नै ओकले ।
त्रिविको क्यान्टिनबाट राज दाइसँग छुट्टिएर पछि मलाई लाग्यो, ‘असक्षम नेतृत्वले कसरी सक्षम नेतृत्व दिन सकोस् ? युनिभर्सिटीहरू कसरी अब्बल बन्न सकून् ? देशको शिक्षा नै कमजोर भएपछि देश कसरी विकास हुन सकोस् ? विश्वविद्यालयको अब्बल पढाइ लेखाइ गरी प्रशिक्षित मस्तिष्कले इन्जिनियरिङ गरेको विकासको मार्गचित्रमा देश हिँडेको भए पो विकासले गति लिने थियो । कहिले विकास होला ? यो मुलुक ‘लाटा देशका गाँडा तन्नेरी’को कब्जामा कहिलेसम्म परिरहला ? देशले विकास गर्नसक्ने राजनेता कहिले पाउला ?’
देश विकास गर्नका लागि निःस्वार्थ समाज र देशहितमा काम गर्ने नेतृत्व आवश्यक पर्छ । दक्षिण अफ्रिकाका अश्वेत नेता नेल्सन मण्डेलाको मृत्यु भएपछि अफ्रिकी जनताले महिनांैसम्म शोक मनाएका थिए । महात्मा गान्धीलाई त भारतीय नागरिक पिताका रूपमा पुज्छन् र ‘बापुजी’ नामले सम्बोधन गर्छन् । उल्लिखित भनाइ कफीको समय भनेका राज दाइका भनाइ हुन् । उनले नाम लिएका उल्लिखित नेताले देशलाई दिएको योगदान अध्ययन गरिसकेको मेरो मस्तिष्कले हाम्रा नेताजीहरूलाई तुलना ग¥यो ।
राजनीति देशको मूल नीति हो । विधि निर्माण र विधिको शासनमा देशका संयन्त्र सञ्चालन गर्ने संयन्त्र हो, राजनीति । अझै लोकतन्त्रमा राजनीतिक दल र यिनका नेताले जनताको मतबाट निर्वाचन हुनुपर्ने भएकाले नेताहरू लोकप्रिय हुन आवश्यक हुन्छ
ओहो ! हाम्रा नेताजीहरू कति अलोकप्रिय ! यिनीहरू बिरामीसम्म परेको समाचार बाहिरिँदा पनि जनताले खुसियाली मनाएका समाचार सामाजिक सञ्जालमा भरिन्छन् । किन हाम्रा नेताजीहरू समाजको बुझाइमा यति साह्रै अप्रिय हुन पुगे ? किन राजनीतिको ग्यालेक्सीमा शासन र सम्मानको भेद खुट्याउनसक्ने जननेता भएनन् ?
राजनीतिक परिवर्तनका लागि लामो संघर्ष, त्याग र बलिदान दिएका नेता सत्तामा पुगेपछि किन शासनलाई मात्र ठूलो सम्झन्छन् ? नागरिक सम्मानको वास्ता किन गरेनन् ? माथि उल्लिखित सवालजवाफ खोज्दा नेताहरू देशमा असल काम गरेर सुनाम कमाउनेभन्दा पनि सम्पत्ति कमाउने धन्दामा फस्न पुगे ।
‘लोभले लाभ, लाभले विलाप’को अवस्थामा कतिपय नेता तिरस्कृतमा तिरस्कृत हुनपुगे । भ्रष्टाचार, लोभलालच, बिचौलियाको समर्थक र सत्ताका लागि साम, दाम, दण्ड, भेदका लीला कर्म गर्ने भएकाले हाम्रा नेता अलोकप्रिय भए, हुँदै छन् । यस कोणबाट हेर्दा नेतृत्वको चरित्र तथा असक्षमताका कारण देशको दुर्दशा देखेका र भोगेका नागरिकका मनमा कसरी श्रद्धाभाव पलाओस् ?
त्यसो त, राजनीति गर्ने सबै नेता खराब छन् भन्ने होइन । ‘बोरामा भएको एउटा आलु कुहियो भने सबै आलु कुहिन्छन्’ भनेजस्तै केही नेताको भ्रष्ट आचरण र शासनशैलीका कारण राजनीतिक क्षेत्र नै बदनाम हुन पुगेको छ । राजनीतिलाई बदनाम बनाउने कार्यमा दलका कार्यकर्ताको क्रियाकलाप पनि त्यत्तिकै जिम्मेवार छ ।
हरेक दलका कार्यकर्ताले आप्mना नेताको कार्यशैलीजस्तो भए पनि समर्थन गर्ने र ताली बजाउने गरेकाले असल नेता पनि जनताका नजरमा आलोचित छन् । अथवा ठीक र बेठीकको कसीमा नेतृत्वलाई मूल्यांकन गर्न नसक्ने भएकाले नयाँपुस्ताका नेताको लोकप्रियता पनि घट्दो छ ।
राजनीति देशको मूल नीति हो । विधि निर्माण र विधिको शासनमा देशका संयन्त्र सञ्चालन गर्ने संयन्त्र हो, राजनीति । अझै लोकतन्त्रमा राजनीतिक दल र यिनका नेताले जनताको मतबाट निर्वाचन हुनुपर्ने भएकाले नेताहरू लोकप्रिय हुन आवश्यक हुन्छ । त्यसो त, ‘जनताअनुसारका नेता हुन्छन्’ भनिन्छ । २०७९ सालको आमनिर्वाचनमा कतिपय दलका नेताले ‘सोसल मिडियामा स्टन्ट’ गरेर पनि ‘पद’ पड्काएको छर्लंगै छ ।
आमनिर्वाचनमा हुने यसप्रकारका अनपेक्षित मतदानले गर्दा पनि राजनीतिको साख घट्दै गइरहेको छ । मुलुकमा जस्ता पनि नेता हुने र जनतालाई झुक्याउने काम भइरहेको छ । नेपाली समाजको चेतनास्तर कमजोर हुनु पनि देशको राजनीति भद्रगोल हुनुको एउटा कारण हो ।
सामाजिक सम्मान त्यो हो, जसले पदमा रहन्जेल मात्र नभएर मृत्युपर्यन्त समाजले श्रद्धापूर्वक सम्झिरहन्छ । वर्तमान अवस्थामा जनताको मन मस्तिष्कबाट सम्मान प्राप्त लोकप्रिय नेता देशले पाउन सकेको छैन । समसामयिक राजनीतिक नेतृत्वले देश विकास र समस्याको निकास दिनसक्ने अवस्था नदेखेका युवाले वैकल्पिक राजनीतिक दलको खोजी गरिरहेका छन् ।
राजनीतिमा समाज बुझेको परिपक्व नेतृत्व आवश्यक पर्छ । युवाका नाममा पछाडि लागेको समाजले विवेक पु¥याएन भने देश ठूलो समस्यामा हेलिनसक्ने राजनीतिक शास्त्रीको मत तथा बुद्धिजीवीको विश्लेषण छ । अहिले नेपाली समाजलाई अमुक दल वा नेता विशेषभन्दा पनि देश बनाउनसक्ने योग्य नेतृत्व खाँचो छ । त्यो नेतृत्व राजनीतिक संघर्षको आधार र देश बनाउनसक्ने दृष्टिकोण तथा प्रस्ट मार्गचित्रको जगमा उदाउनुपर्छ ।
नाममा भेदमा सुनाम, कुनाम वा बदनाम जे कमाए पनि व्यक्तिको कामका आधारमा आर्जन हुन्छ । लोकसम्मान व्यक्तिले गर्ने कर्मका आधारमा आर्जन हुने हो । खराब नियत भएका स्वार्थी नेतागण तत्कालीन लाभमा रमाउँछन् ।
साँच्चै, इतिहासको रचना गर्नेले देशका लागि काम गर्छन् । अहिले नेपाली समाजमा शैक्षिक चेतनाभन्दा अगाडि राजनीतिक चेतना हावी भएको देखिन्छ । समाजले हरेक राजनीतिक नेताको क्रियाकलाप निगरानी गरिरहेको छ । तर, बिडम्बना ! के छ भने दलको चस्मा लगाएर हरेक विषय र प्रकरण हेर्ने सामाजिक दृष्टिकोणले नेतृत्वलाई अलमल्लमा पारेको छ ।
कुनै पनि दलको नेता वा कार्यकर्ता डोकोभित्र लुक्न खोज्नु हँुदैन । इमानदार नेतृत्व कार्यकर्ताको ताली र स्टन्टका आधारमा मात्तिनुहुँदैन । कुनै पनि रहरको लहडमा विकासको दृष्टिकोण, त्याग, स्वच्छ छवि, पारदर्शिता, सुशासित तथा इमानदार नभएको व्यक्तिले राजनीति गर्नुहुँदैन । अथवा, मतदाताले त्यस्तो व्यक्तिलाई मतदान गर्नुहुँदैन ।
नेपाल र नेपालीका लागि विकास र सुशासन चाहिएको छ । त्यसैले सक्षम नेतृत्व खोजी गरौं । हल्लाको पछि नलागौं । कामका आधारमा नेतृत्व चयन गरौं । नेतृत्वमा पुगेपछि नेताको पनि चेत खुलोस् । शासकले शासन र सम्मानको भेद बुझोस् ।
[email protected]
(Visited 3 times, 1 visits today)