शासन र संविधानबाट जनता शोषित : महतो

शासन र संविधानबाट जनता शोषित : महतो


वर्तमान शासन र संविधानबाट जनता शोषित भएको राजेन्द्र महतोले बताएका छन्। राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक महतोले शुक्रबार सर्लाहीको लालबन्दीमा जनताले वर्तमान शासन र संविधानबाट विभिन्न प्रकारका उपेक्षा, विभेद र शोषण भोगिरहेको बताएका हुन्।

लालबन्दीमा सञ्चारकर्मीसित महतोले देश आफ्नै विचार, परिस्थिति, संस्कृति र सभ्यताका आधारमा सञ्चालन हुन नसकेको गम्भीर आरोप पनि लगाएका छन्। उनी भन्छन्, ‘विविधता, विभिन्न पहिचान र राष्ट्रियताले भरिएको देशलाई एकल चिन्तन, सोच र अप्राकृतिक हिसाबले सञ्चालन गरियो।’

देशको पहिचान बहुल राष्ट्रिय राज्यका रुपमा रहेको तर एकल राज्यको शासन भएको आरोप महतोको रहेको छ। देश एकल चिन्तनबाट चलाइएको हुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ।

संघीयताको भावना र मर्मविपरीत सबै थोक केन्द्र मातहतमा राखेर बेइमानी गरिएको र देशमा अव्यवस्था बढ्दा संघीयतालाई दोषी देख्ने मनोविज्ञान निर्माण गरिएको उनले आरोप लगाए। उनी भन्छन्, ‘यही कारण  संघीयता नै खराब हो भन्ने भावना तल्लो तहमा पुग्यो।’

नेपालमा बहुपहिचान भएको र बहुल राष्ट्रिय राज्य स्थापनार्थ आफूले अभियान सुरु गरेको बताउँदै महतोले कतिपयले आफ्नो अभियानलाई विखन्डनवादी भएको आरोप लगाउने गरेको बताएका छन्। महतो भन्छन्,‘ विखन्डनको भ्रम छरेर बहुल राष्ट्रिय राज्यको मर्म बुझ्नबाट रोकियो।’

प्रकाशित: १६ चैत्र २०८० १८:४९ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School