शान्ति वार्ता गर्न अमेरिकी टोली मस्को पुग्यो, रुस सहमत हुने ट्रम्पको अपेक्षा



प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

रुससँग शान्ति वार्ता गर्न अमेरिकी टोली मस्को पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता टोली मस्को पुगेको बताएका छन । तर वार्ता टोलीमा को को सहभागि छन भनेर उनले केहि बनाएका छैनन ।

शान्ति वार्ता टोलीले रुसलाई शान्ति वार्ताका लागि सहमत गराउन प्रयास गर्नेछ । युक्रेनसँग साउदी अरबको जेद्धा शहरमा भएको वार्ताबाट अमेरिकाले युक्रेनलाई ३० दिने युद्धविरामका लागि तयार गराएको थियो ।

युक्रेन सहमत भएको अमेरिकी प्रस्तावमा रुस सहमत भएमा तत्काल युद्धविराम हुनेछ । अन्यथा रुसलाई वार्ताका लागि बाध्य बनाउन रुसविरुद्ध थप प्रतिबन्ध घोषणा गर्ने अमेरिकाले तयारी गरेको छ ।

शान्ति वार्ता गर्न अमेरिकी टोली मस्को पुग्यो, रुस सहमत हुने ट्रम्पको अपेक्षा

शान्ति वार्ता गर्न अमेरिकी टोली मस्को पुग्यो, रुस सहमत हुने ट्रम्पको अपेक्षा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका लागि रुसलाई सहमत गराउने पूर्ण जिम्मेवारी अमेरिकाको रहेको बताएका छन । ट्रम्पको दोस्रो कार्यकालको सुरुवातसँगै देखिएको युक्रेन अमेरिकाबीचको असहज परिस्थिती पछिल्लो वार्तासँगै सामान्य बनेको छ ।

युक्रेनलाई दिदै आएको सैन्य र गुप्तचर सहयोग पुनसुचारु गर्न अमेरिका तयार भएको छ ।

रुससँग शान्ति वार्ता अस्वीकार गर्ने र शान्तिको प्रयासबाट पछि हट्ने विकल्प नरहेको अमेरिकाले बताएको छ ।

शान्ति रुसलाई पनि चाहिएको छ, शान्ति भएन र युद्ध जारी रहयो भने युक्रेनलाई मात्र होइन रुसलाई पनि उत्तिकै क्षति पुग्छ भन्नेमा राष्ट्रपति पुटिन पनि जानकार रहेको राष्ट्रपति ट्रम्पले बताएका छन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School