शान्ति वार्ताको पूर्वसन्ध्यामा युक्रेन-रुसबीच भीषण ड्रोन युद्ध, साइबेरियासम्म आक्रमण



प्रकाशित मिति : जेष्ठ १८, २०८२ आईतबार

युक्रेन र रुसबीचको युद्ध झन् चर्किएको छ । शान्ति वार्ताको पूर्वसन्ध्यामा दुवै पक्षले एकअर्कामाथि कडा हमला गर्दै युद्धमैदान तताएका हुन् ।

एकै दिनमा मात्रै, युद्धको इतिहासमै सबैभन्दा ठूलो ड्रोन आक्रमण, यात्रु रेलमाथि विस्फोट र साइबेरियासम्म पुगेर गरिएको विमान आक्रमणले द्वन्द्व नयाँ मोडमा पुगेको संकेत दिएको छ।

युक्रेनी गुप्तचर अधिकारीका अनुसार, आइतबार युक्रेनी पक्षले रुसको गहिरो साइबेरियाली क्षेत्रमा रहेका आणविक क्षमतायुक्त लामो दूरीका बमवर्षक विमानहरू रहेको सैन्य अड्डामा आक्रमण गर्‍यो।

शान्ति वार्ताको पूर्वसन्ध्यामा युक्रेन-रुसबीच भीषण ड्रोन युद्ध, साइबेरियासम्म आक्रमण

शान्ति वार्ताको पूर्वसन्ध्यामा युक्रेन-रुसबीच भीषण ड्रोन युद्ध, साइबेरियासम्म आक्रमण

यो आक्रमण युक्रेनको अग्रपंक्तिबाट ४,३०० किलोमिटर (२,६७० माइल) टाढा भएको बताइएको छ।

आधिकारीका अनुसार, विस्फोटक पदार्थ राखिएका ड्रोनहरू काठका गोठहरूको छानामा लुकाएर ट्रकमार्फत विमानस्थलको परिधिमा पुर्याइएको थियो।
यस आक्रमणमा कुल ४१ वटा रुसी युद्ध विमानहरू क्षतिग्रस्त भएको दाबी गरिएको छ।

युक्रेनले अमेरिकालाई यो आक्रमणको पूर्व जानकारी दिएको थिएन।

रुसी रक्षा मन्त्रालयले आइतबार युक्रेनले रुसका पाँच क्षेत्रका सैन्य हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ

मन्त्रालयका अनुसार, मुरमान्स्क र इर्कुट्स्क क्षेत्रहरूमा ड्रोन आक्रमणका कारण केही विमानमा आगलागी भएको थियो। यद्यपि, आगो निभाइएको र मानवीय क्षति नभएको जनाइएको छ। केही आक्रमणकारीहरूलाई पक्राउ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

शान्ति वार्ताको पूर्वसन्ध्यामा युक्रेन-रुसबीच भीषण ड्रोन युद्ध, साइबेरियासम्म आक्रमण

युक्रेनसँगको सीमा नजिकै रुसको ब्रायान्स्क क्षेत्रमा, यात्रु रेलमाथि पुल विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु र ६९ जना घाइते भएका छन्। मस्को जाँदै गरेको उक्त रेलमा ३८८ यात्रु थिए।

यो आक्रमण कसले गरेको भन्ने विषयमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी लिएको छैन।

युक्रेनको वायुसेनाका अनुसार, रुसले रातभरमा युक्रेनतर्फ ४७२ वटा ड्रोन प्रक्षेपण गरेको छ । यो हालसम्मकै सबैभन्दा ठूलो संख्यामा भएको रात्रीकालीन आक्रमण हो। साथै, सातवटा मिसाइलसमेत प्रक्षेपण गरिएको जनाइएको छ।

रुसले युक्रेनको सुमी क्षेत्रमा थप उन्नति गरेको दाबी गरेको छ। युक्रेनी स्रोतहरूले मे महिनामा मात्र रुसले करिब ४५० वर्ग किलोमिटर युक्रेनी भूमि कब्जा गरेको देखाएका छन् । यी पछिल्लो ६ महिनामा सबैभन्दा छिटो गरिएका भू(प्राप्तिहरू हुन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रक्षामन्त्री रुस्तेम उमेरोभ सोमबार इस्तानबुलमा हुने दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्तामा सहभागी हुने घोषणा गरेका छन् ।

पहिलो चरणको वार्ताबाट युद्धको सबैभन्दा ठूलो कैदी आदान–प्रदान भए पनि युद्ध अन्त्यबारे कुनै ठोस सहमति जुटेको थिएन।

यक्रेनले शान्ति सम्झौता पश्चात युक्रेनको सैन्य क्षमतामा कुनै प्रतिबन्ध नलाग्ने, रूसले कब्जा गरेका युक्रेनी भूभागमा रूसको सार्वभौमिकता मान्य नहुने, रूसले युक्रेनलाई युद्ध क्षतिपूर्ति दिनुपर्ने र वर्तमान अग्रपंक्तिको अवस्था नै भू-सीमाको वार्ताका लागि आधार हुने अडान राखेको छ ।

सन् २०२४ को जुनमा राष्ट्रपति पुटिनले युद्ध तत्काल अन्त्य गर्न युक्रेनले आफ्नो नेटो सदस्यताको आकांक्षा त्याग्नुपर्ने बताएका थिए । साथै, चारवटा क्षेत्र (जो रूसले दाबी गरेको छ) बाट आफ्ना सेना फिर्ता लिनुपर्ने बताएका थिए ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेनले शान्तिमा सहमति नगरे कडा प्रतिबन्धको चेतावनी दिएका छन्। उनले सहयोग फिर्ता लिएर जिम्मेवारी युरोपेली राष्ट्रहरूलाई दिने धम्की पनि दिएका छन्।





Source link

Leave a Comment