प्रकाशित मिति : मंसिर १३, २०८२ शनिबार

फोटो: ओरेन एल्बाज
शरणार्थी र एसाइली लगायतका आप्रवासीहरुलाई पुरक पोषण सहायता कार्यक्रम ( फुड स्ट्याम्प) रोक्ने निर्णयलाई चुनौती दिँदै २१ राज्यका महान्यायाधिवक्ताहरूको एक गठबन्धनले बुधवार अमेरिकी कृषि मन्त्रालय विरुद्ध मुद्धा दायर गरेको छ ।
शरणार्थी र एसाइलम स्वीकृत भइसकेका लगायत केही आप्रवासीहरूलाई पूरक पोषण सहायता कार्यक्रमबाट प्राप्त हुने लाभ रोक्ने गरी आएको नीतिविरुद्ध न्युयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सको नेतृत्वमा मुद्धा दायर गरिएको हो । बालबालिका र परिवारहरुका खाना खोस्ने संघीय सरकारको निर्णय विरुद्ध मुद्धा दायर गरिएको जेम्सको भनाइ छ ।
कृषि मन्त्रालयसँग फुड स्ट्याम्प कार्यक्रमको मनपरी कटौती गर्ने अधिकार नभएको र देशमा उनीहरुको आगमनको परिस्थितिका कारण कोही पनि भोको रहन नहुने जेम्को धारणा छ ।
न्युयोर्क सहित वाशिंगटन, डीसी, ओरेगन, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइस, मेन, मेरील्याण्ड, म्यासाचुसेट्स, मिशिगन, मिनेसोटा, नेभाडा, न्यू जर्सी, न्यू मेक्सिको, नर्थ क्यारोलाइना, रोड आइल्याण्ड, भर्मन्ट, वाशिंगटन र विस्कन्सिनका महान्यायाधिवक्ताहरुले संयुक्त रुपमा मुद्धा दायर गरेका हुन् । उनीहरुले ओरेगनको संघीय न्यायालयमा कृषि मन्त्रालयको यस निर्देशनलाई रद्ध गर्न मुद्धा दायर गरेका हुन् ।
फुड स्ट्याम्प कार्यक्रमले कम आय भएका मानिसहरु, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु र बालबालिकालाई पोष्टिक आहार खरिद गर्न मद्धत गर्ने गर्दछ । नयाँ कानुन लागू हुनु अघि शरणार्थी, शरण पाइसकेका व्यक्तिहरू र मानवीय कारणले प्रवेश पाएकाहरू आप्रवासी समूहले यसअघि प्राप्त गर्दै आएका यो सुविधा कटौती गर्ने नीति आएको हो ।
सामान्यतया, धेरैजसो वैध स्थायी बासिन्दाहरूले फुड स्ट्याम्प लाभ पाउनु अघि पाँच वर्षसम्म अमेरिकामा बसेको हुनुपर्ने व्यवस्था छ । यद्यपि, केही समूहहरूले प्रतीक्षा अवधिबाट छुट पाइरहेका थिए ।
राष्ट्रपति लिन्डन बी. जोन्सनले फुड स्ट्याम्प एक्ट १९६४ लागु गरेयता फुड स्ट्याम्प कार्यक्रम स्थायी रुपमा संचालनमा छ । यस अघि पनि जोन एफ. केनेडी राष्ट्रपति हुँदा अस्थायी रुपमा यसको परिक्षण भएको थियो ।
यो अमेरिकाको महत्वपूर्ण खाद्य सुरक्षा कार्यक्रम हो । अमेरिकी कृषि मन्त्रालय खाद्य तथा पोषण सेवाको तथ्याङ्क अनुसार, सन् २०२४ मा ४ करोड १७ लाख मानिसहरुले मासिक रुपमा फुड स्ट्याम्पबाट लाभ प्राप्त गरेका थिए । यस वर्षमा प्रतिव्यक्तिले १८७ डलरको फुड स्ट्याम्प लाभ लिएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
