शक्तिको भक्तिगान रहेसम्म सुशासन असम्भव : RajdhaniDaily.com

शक्तिको भक्तिगान रहेसम्म सुशासन असम्भव : RajdhaniDaily.com


नेपाली समाजमा राजनीतिक दल र नेताहरूप्रति जनताको असन्तुष्टि व्याप्त छ । जनता भन्छन्, ‘नेताहरू भ्रष्ट भए, देश विकास गरेनन्, कार्यकर्ताहरू शक्तिकेन्द्रको वरिपरी घुम्ने, चाकडी गर्ने र स्वार्थ लिने काममा लिप्त भए ।’ आफ्नो कमी कमजोरी नदेख्ने दलका नेताहरू, समर्थन गर्ने कार्यकर्ता र जनता सुशासनका बाधक हुन् । आमजनता पनि राजनीतिक दृष्टिकोणबाट हेर्दा भुस र चामल छुट्ट्याउन नसक्ने अवस्थामा देखिन्छन् । आफूले आस्था राखेको दलका नेताहरूले जे गरे पनि समर्थन गर्ने, जे बोले पनि ताली बजाउने र स्वार्थ भजाउने कार्यकर्ताको क्रियाकलाप लोकतान्त्रिक समाजमा सुहाउने खालको देखिँदैन । नेता र कार्यकर्ताको यस्तो चरित्र रहेसम्म सुशासन शब्दमा मात्र सीमित रहन्छ । भ्रष्टाचारको अन्त्य हुँदैन । विकास निर्माणका कामले गति लिन सक्दैन । यस अर्थमा नेता, कार्यकर्ता, निर्माण व्यवसायी, कर्मचारी तथा आमजनताको चिन्तन र चरित्र बद्लिन अनिवार्य छ ।

राजनीतिक नेतृत्व
हाम्रो देशको राजनीतिमा दलभित्र लोकतान्त्रिक आचरणको अभाव छ । नेताहरूमा आपूm अरूभन्दा फरक मानिस भएको अहम्वाद अनुभूति हुने तहमा देखिन्छ । वरिपरि सुरक्षा गार्ड र अगाडि–पछाडि दर्जनौं कार्यकर्ताहरू भएपछि यिनीहरूको विवेकमा बिर्को लागेको इतिहास साक्षी छ । हरेक दलका शीर्ष नेतृत्वमा आपूmले भनेको सबैले मान्नुपर्छ भन्ने आत्मकेन्द्रित सोच छ । आप्mनै दलभित्र पनि आप्mनो भन्दा फरक विचार राख्नेलाई योग्य नै भए पनि पाखा लगाउने गरेको घामजस्तै छर्लंग छ । कार्यकर्ताहरूले पनि दलको सभापति वा अध्यक्षको भजन गाएमा पद र अन्य अवसर मिल्छ भनेर चुपचाप शीर्ष नेताहरूलाई चिढाउनु हँुदैन भन्ने मनोविज्ञानबाट प्रशिक्षित छन् । नेताहरू भ्रष्ट नै भए पनि कार्यकर्ताहरू अन्धभक्त भएर समर्थन गरेपछि सुशासन कसरी हुन सक्छ ? सक्दैन ।

त्यसो त देशलाई राजनीतिक रूपमा अहिलेसम्म ल्याउनका लागि दलका शीर्ष नेताहरूलगायत कार्यकर्ताहरूको ठूलो भूमिका छ । यिनीहरूले प्रजातन्त्रका लागि जेल, नेल सहेका छन् । जिन्दगी बिताएका छन् । लामो त्याग र बलिदानपछाडि राजनीतिक व्यवस्था बदलियो तर अहिलेको नेतृत्वले अवस्था बदल्न सकेनन् । राजनीतिक दलहरूले देश सुहाउँदो राजनीतिक संरचना र विकासको मोडेल बनाउन सकेनन् । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि देशमा विकासको मूल फुट्छ भन्ने जनताको चाहना हात्ती आयो हात्ती आयो फुस्साजस्तो भयो । राजनीतिक दलका शीर्ष नेतृत्वकै कारण देशमा विश्वजगतमा नै नभएको दुईदुईपटकसम्म संविधानसभाको निर्वाचन भयो । ८ वर्षको समय र अर्बौं रुपैयाँ खर्चेर सविधान त बनाइयो, तर यस संविधानमा व्यवस्था गरिएका राजनीतिक संरचनाहरू व्यावहारिक तथा वैज्ञानिक बनाइएन ।

राजनीतिक दलका नेताहरूले देश सुहाउँदो राजनीतिक संरचना र विकासको मोडेल बनाउन सकेनन्

यति सानो देशमा प्रान्तीय सरकारको आवश्यकता नै थिएन । देश विकास गर्ने भिजन भएको नेतृत्वले यस्तो अनावश्यक संरचना बनाउँदैन । विशेष त माओवादीको अदूरदर्शी राजनीतिक दृष्टिकोणलाई नेपाली कांग्रेस, एमालेलगायत देशका अन्य साना दलले स्वीकार गर्नाले देश झन् पछि झन् ओरालो लाग्दै गएको राजनीतिक विज्ञहरूको मत छ, आमनागरिकको बुझाइ छ । अहिले संविधान परिवर्तन गर्ने कुरा आएको छ । संविधान संशोधन गर्दा प्रान्तीय सरकार खारेज गर्नुपर्छ, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने ठूलो जनमत छ । माओवादीले यो जनमतलाई पश्चगामी भन्ने गर्छन् । निर्वाचन प्रणाली परिवर्तन नगरी राजनीतिक स्थायित्व हुने देखिँदैन । यस कोणबाट हेर्दा अझै पनि माओवादीहरूमा चेत आएको देखिँदैन । कहिले आउला ?

कार्यकर्ताको मनोविज्ञान
प्रधानमन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्छन् । राज्यको ढुकुटीबाट खर्च गरेर दजानौं कार्यकर्ता वरिपरि राखेका हुन्छन् । प्रधानमन्त्रीले गलत काम गर्दा यिनीहरूले किन ताली बजाउँछन् ? अहिलेसम्मको कार्यशैली हेर्दा कुनै पनि प्रधानमन्त्रीले जनता खुसी हुने काम गरेका छैनन् । यी नियुक्त भएका पदाधिकारीका अतिरिक्त नेताहरूका वरिपरि सयौंको संख्यामा कार्यकर्ता हुन्छन् । कुनै उद्घाटन, पार्टीका कार्यक्रम आदिमा हजारौं कार्यकर्ता जम्मा हुन्छन् । तर, यी कार्यकर्ताले ताली पड्काएर नेताका गलत भनाइलाई पनि समर्थन गरिरहेको देखिन्छ । महँगीले गरिब जनताको ढाड सेकेको छ । कार्यकर्ताहरू बोल्दैनन् । विकास निर्माणका कामहरू अलपत्र परेका छन् । कार्यकर्ताले देख्दैनन् । देशका राजमार्गहरू लथालिंग छन् । अहँ कुनै पनि दलका कार्यकर्ताहरूले बेथिति, भ्रष्टाचार, ढिलासुस्तीजस्ता मामिलामा सधैं भेट्ने आप्mना दलका नेतालाई घच्घचाउँदैनन् । अनि यस्ता नेता र दलका अन्धभक्त कार्यकर्ता भएको राजनीतिक संयन्त्र कसरी सुशासित हुनसक्छ ? सक्दैन । यसर्थ, कार्यकर्ताहरू नेतामुखी हुनुहुँदैन । ठीक र बेठीकका आधारमा विचारको राजनीति गर्नुपर्छ ।

कर्मचारीतन्त्रको कार्यशैली
म्याक्स वेबर भन्छन्– प्रशासनिक कार्यबाट सबै व्यक्तिगत, विवेकहीन र भावुक कार्य पूर्ण रूपमा पन्छाउन सक्नु नै प्रशासनतन्त्रकोे समुचित विकास गर्नु हो । यसको अर्थ कर्मचारीहरू सक्षम, प्रभावकारी, विवेकी र सेवामुखी हुनुपर्छ भन्ने हो । तर, हाम्रो देशको सन्दर्भमा उच्च ओहोदामा कर्मचारीहरू दलका वा कुनै नेता विशेषका नजिकका मान्छे हुन्छन् । राजनीतिक रूपमा हुने ठुल्ठुला भ्रष्टाचारमा सेटिङ गर्ने काममा कर्मचारीहरूको हात हुन्छ भन्छन्, जानकारहरू । प्रशासनतन्त्रका सबैभन्दा उच्च पदमा रहेका मुख्यमन्त्रीले भ्रष्टाचार गर्दा नयाँ पद सिर्जना गरेर पदस्थापना गराउने प्रधानमन्त्री भएको देश सम्भवत नेपालबाहेक कहीँ पनि पाइँदैन । अनि देशमा कसरी सुशासन सम्भव हुनसक्छ ?

केही सिट लिएर प्रतिनिधिसभामा जाने अनि सरकार बनाउने र गिराउने काममा सहभागी हुने गर्दा कुशासन व्याप्त भएको हो

कर्मचारीतन्त्रमा लालफिदाशाहीको प्रभाव व्याप्त छ । माथिको आदेश भन्ने, ढिलासुस्ती गर्ने, सेवाग्राहीप्रति गैरजिम्मेवार हुने, सेवा प्रवाहमा वास्ता नगर्ने जस्ता कार्य हुने गरेका छन् । सरकारले सुशासनको कुरा गर्छ । कर्मचारीहरूलाई आप्mनो फाइदाका लागि उपयोग गर्छ । कर्मचारीहरू कालेकाले मिलेर खाउँ भालेको अवसरमा व्यस्त छन् । कर्मचारीतन्त्र भ्रष्ट, अपारदर्शी तथा गैरजिम्मेवार भएपछि सुशासन कसरी हुनसक्छ ? कर्मचारीहरूको कार्यशैली पुरानै ढाँँचाको छ । स–साना कुराहरूमा पनि टिप्पणी उठाउने, अनावश्यक रूपमा फाइलहरू घुमाउने, आवश्यक नपर्ने प्रशासनिक शाखा र प्रशाखाहरूको राय, सल्लाह लिनुपर्ने कुराहरू अव्यावहारिक तथा झन्झटिलो हुँदा सेवाग्राहीले छिटो छरितो सेवा पाउन सकेका छैनन् ।

निर्माण व्यवसायी सेटिङ
विकास आयोजनाहरू समयमै सम्पन्न हुन नसक्नुका पछाडि विकास निर्माणका ठेकेदारहरूको ठूलो लापर्बाही भएका समाचारहरू आउने गर्छन् । ठेकेदारहरू नेताहरूकामा धाउने, कमिसन बुझाउने, आयोजनाहरूको समय बजेट बढाउने तर काम नगर्ने कारणले कुनै पनि आयोजनाहरू पूरा हुन सकेका छैनन् । यो ठेकेदारहरूको दोष होइन, सरकारको दोष हो । राजनीतिक नेताहरूको निकम्मापन हो । जनउत्तरदायी सरकारले ठेकेदारहरूको फाइदाका लागि होइन, देश र जनताको हितमा काम गर्नुपर्छ । काम नगर्ने ठेकेदारहरूसँगको सम्झौता खारेज गर्नुपर्छ । आयोजनाहरूलाई लम्ब्याउने, आर्थिक भार बढाउने, कमिसन खाने, जनतालाई दुःख दिने र अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा कमजोर गराउने काम नेताहरूबाटै हुने गरेको छ । यसो हुनु हुँदैन ।

जनताको कमजोरी
हाम्रो देशको राजनीति संस्कार विकृत हुनुमा जनताको पनि भूमिका छ । नेपाली समाजले वास्तविकताको अध्ययन नगरी लहडका भरमा मतदान गर्छन् । कोही कांग्रेस भएर, कोही एमाले त कोही माओवादी भएर । यसैगरी पछिल्लो समयमा राजनीतिक आधार र समाजमा कुनै योगदान नभएकाहरूलाई पनि निर्वाचनमा भोट दिने मतदाताहरू छन् । यति सानो देशमा जनताहरूले दर्जनौं राजनीतिक दलहरूलाई भोट हालेर राजनीतिक अस्थिरता निम्त्याउने काम जनताबाट नै हुने गरेको छ । राजनीति दलहरू स्वार्थी छन् । यिनीहरूसँग न त राजनीतिक सिद्धान्त छ न त देश विकासको मार्गचित्र नै । तर, पनि जनताले भोट दिन छाड्दैनन् । केही सिट लिएर प्रतिनिधिसभामा जाने अनि सरकार बनाउने र गिराउने काममा सहभागी हुँदा राजनीतिक विसंगति र कुशासन व्याप्त भएको हो । यसरी हेर्दा नेता भ्रष्ट होस् कि अनैतिक, दक्ष होस् कि अदक्ष जसलाई पनि निर्वाचनमा मतदान गर्ने जनताको चेतनामा परिवर्तन नभएसम्म सुशासन हुन सक्दैन ।

अन्त्यमा नेपाल हामी सबैको साझा घर भएकाले यो देशको विकास गर्नु हामी सबैको कर्तव्य हो । देश बिग्रिए सबैले दुःख पाइन्छ । तसर्थ, हामी सबैले आ–आप्mनो ठाउँबाट निःस्वार्थ भएर काम गरांै । देशभन्दा माथि कुनै राजनीतिक दल वा व्यक्तिविशेष हुन सक्दैन । सुशासन र देश विकास अबको आवश्यकता हो । नेता, कार्यकर्ता, कर्मचारी, जनता सबैले इमानदार हुन जरुरी भइसकेको छ, यसै गरौं । सुशासन र विकासमा इमानरीका साथ काम गरांै, देश अवश्य बन्छ । यसमा निराश नहोआंै !

(Visited 5 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School