व्यापार नीतिबाट प्रभावित किसानका लागि १२ बिलियनको राहत प्याकेज घोषणा गर्दै ट्रम्प प्रशासन



प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार

व्यापार नीतिबाट प्रभावित किसानका लागि १२ बिलियनको राहत प्याकेज घोषणा गर्दै ट्रम्प प्रशासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार नीतिबाट प्रभावित किसानहरूका लागि १२ बिलियन डलरको कृषि राहत प्याकेज घोषणा गर्ने भएका छन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यो सहायता सोमबार सार्वजनिक हुनेछ।

अमेरिकाका विभिन्न किसान समूह र रिपब्लिकन सांसदहरूले किसानहरूलाई आगामी खेती–पातीमा आवश्यक पर्ने बीउ, मल र अन्य सामग्री खरिदमा सहयोग होस् भनेर विशेष राहतको माग गर्दै आएका थिए। यस वर्ष रेकर्ड उत्पादन भएको भए पनि चीनले अमेरिकी सोयाबिन खरीद गर्न बन्द गरी दक्षिण अमेरिकी देशबाट खरिद गर्न थालेपछि अमेरिकी किसानहरूले अरबौँ डलरको बजार गुमाउनुपरेको छ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा दिउँसो २ बजेदेखि आयोजना हुने एक कार्यक्रममार्फत यस सहायता प्याकेजको घोषणा गर्नेछन्। कार्यक्रममा अर्थमन्त्री स्कट बेसेन्ट, कृषि मन्त्री ब्रुक रोलिन्सका साथै विभिन्न राज्यका सांसद् तथा मकै, कपास, सोयाबिन, गहुँ, धान, आलु र पशुपालन क्षेत्रका किसानहरूको सहभागिता रहनेछ।

१२ बिलियन डलरमध्ये ११ बिलियन डलर ‘फार्मर ब्रिज असिस्टेन्स’ नामक नयाँ कार्यक्रममार्फत व्यापार विवादबाट प्रभावित पंक्ति(बाली किसानहरूलाई दिइने बताइएको छ। बाँकी १ बिलियन डलर अन्य बालीका लागि छुट्याइनेछ, जसको विस्तृत विवरण भने अझै तय हुन बाँकी छ।

ह्वाइट हाउसकी प्रवक्ता एना केलीले यो प्याकेजले राष्ट्रपति ट्रम्पको किसानप्रतिको दृढ प्रतिबद्धता देखाएको बताइन्। ट्रम्प प्रशासनले यसअघि पनि व्यापार नीतिबाट प्रभावित किसानहरूलाई करिब २३ बिलियन डलर बराबरको सहायता प्रदान गरिसकेको छ।

यस वर्ष किसानहरूले आकस्मिक विपत् तथा आर्थिक राहत कार्यक्रमका कारण झण्डै ४० बिलियन डलरको सरकारी सहायता प्राप्त गर्ने अनुमान गरिएको छ, जुन लगभग रेकर्ड स्तरमा पर्नेछ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment