वैशाख ६ गते कोशी प्रदेशसभाको अधिवेशन आह्वान


कोसी प्रदेशसभाको अधिवेशन वैशाख ६ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी वैशाख ६ गतेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिएको हो।

प्रदेशसभाको कुल संख्याको एक चौथाइ भन्दा बढी प्रदेशसभाका सदस्यहरूले चैत २६ गते लिखित रुपमा अनुरोध गरेकोमा प्रदेशप्रमुख प्रर्शुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम वैशाख ६ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ।

चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ जना सांसदले विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई पत्र पठाएका थिए। 

प्रकाशित: २८ चैत्र २०८० १७:४३ बुधबार





Source link

Leave a Comment