वैवाहिक समारोहमा सहभागी हुने तयारी गर्दै थिए रबर्ट, आइसले पक्राउ गरेपछि १०० दिनदेखि हिरासतमा



प्रकाशित मिति : आश्विन २३, २०८२ शुक्रबार

वैवाहिक समारोहमा सहभागी हुने तयारी गर्दै थिए रबर्ट, आइसले पक्राउ गरेपछि १०० दिनदेखि हिरासतमा

अमेरिकाले आप्रवासन नीतिमा कडाइँ गरिरहेको बेलामा एक पोल्याण्डका आप्रवासी तथा अमेरिकी ग्रीन कार्डधारीलाई इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले नियमित जाँचका क्रममा पक्राउ गरेको घटना सार्वजनिक भएको छ।

फक्स ११ का अनुसार, पक्राउ पर्नेमा रबर्ट पोडस्कार्बी रहेका छन् । उनले सन् २००७ देखि स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) पाएका थिए । उनी आफ्नी श्रीमती फे पोडस्कार्बीसँग परिवारको विवाहमा सहभागी हुन तयारी गर्दै थिए। तर, यात्रा अघि उनीहरूलाई आप्रवासन कार्यालयमा उपस्थित हुन भनियो, जहाँबाट रबर्टलाई आइसले हिरासतमा लियो ।

उनकी श्रीमति फे पोडस्कार्बीका अनुसार अधिकारीहरूले प्रशासन परिवर्तनका कारण नीतिमा परिवर्तन भएको जनाएका थिए। अधिकारीहरूको भनाई उदृत गर्दै उनले भनिन्, “उनी स्वतन्त्र थिए किनभने त्यो बेला प्रशासन बाइडेनको थियो। अब ट्रम्प प्रशासन फर्किएको छ र उनी हाम्रो हिरासतमा रहनेछन्।”

वैवाहिक समारोहमा सहभागी हुने तयारी गर्दै थिए रबर्ट, आइसले पक्राउ गरेपछि १०० दिनदेखि हिरासतमा

वैवाहिक समारोहमा सहभागी हुने तयारी गर्दै थिए रबर्ट, आइसले पक्राउ गरेपछि १०० दिनदेखि हिरासतमा

रबर्ट पोडस्कार्बीलाई कालेक्सिकोस्थित आइसकोे हिरासत केन्द्रमा १०० दिनभन्दा बढी भइसकेको छ। उनकी श्रीमति फेले कानूनी खर्च र श्रीमानको रिहाइका लागि फन्डरेजिङ अभियान सुरु गरेकी छन्।

उनले हिरासतको अवस्था “मानवीय” भएको आरोप लगाउँदै यो प्रणालीले आप्रवासी परिवारहरूको पीडाबाट नाफा कमाइरहेको बताइन् । फक्स ११ का अनुसार, रबर्टको कुनै सक्रिय आपराधिक रेकर्ड छैन। सन् २०२१ मा उनले पाएको सामान्य मदिरा सेवनपछि गाडी चलाएको (डियूआइ) अभियोग पहिले नै मेटिएको छ ।

यो घटना ट्रम्प प्रशासनले अघि बढाइरहेको नयाँ निष्कासन अभियानसँग जोडिएको मानिएको छ। अमेरिकी प्रशासनले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निष्कासन अभियानको रूपमा अघि सारेको छ।

पछिल्ला महिनाहरूमा आइसले कानूनी रूपमा वैध कागजात भएका आप्रवासीहरू (ग्रीन कार्ड र भिसा धारक)लाई समेत पक्राउ गर्न थालेको छ ।





Source link

Leave a Comment