वेवसाइटमा समस्यापछि २ हजारलाई मात्र न्युयोर्कको फायरवर्कस हेर्ने निशुल्क टिकट, बिहिबार पुन: खोलिने



प्रकाशित मिति : असार १२, २०८१ बुधबार

वेवसाइटमा समस्यापछि २ हजारलाई मात्र न्युयोर्कको फायरवर्कस हेर्ने निशुल्क टिकट, बिहिबार पुन: खोलिने

आगामी जुलाई ४ मा न्युयोर्कमा हुने फायरवर्क्सका लागि न्युयोर्क मेयर एरिक आडम्सले १० हजार टिकट निशुल्क उपलब्ध गराउने घोषणा गरे अनुरुप बुधबार विहान १० बजे वेवसाइट खोलिएपनि वेवसाइटमा समस्यापछि २ हजारलेमात्र निशुल्क टिकट लिन सफल भएका छन् । बाँकी ८ हजार टिकट वितरणका लागि वेवसाइट बिहिबार विहान १० बजे पुन खोलिने भएको छ ।

बिहिबारपनि आउनसक्ने समस्या रोक्नको लागि न्युयोर्क सिटीले वेवसाइटमा प्रतिक्षा कक्ष बनाउन र निश्चित समयमा साइट भ्रमण गर्ने व्यक्तिहरूको संख्या नियन्त्रण गर्न काम गरिरहेको जनाएको छ। बुधवार टिकट खोल्दा ५ मिनेट भित्र १० लाख भन्दा बढी मानिसहरू वेवसाइटमा छिरेका थिए ।सुरुमा उनीहरुले एप्लीकेशन एररको सुचना पाएका थिए भने पछि उनीहरुलाई ब्लक गरिएको सुचना पाएका थिए । पछि वेवसाइट लगइन गर्दा टिकट समाप्त भएको सुचना राखिएको थियो ।

वेवसाइटमा समस्यापछि २ हजारलाई मात्र न्युयोर्कको फायरवर्कस हेर्ने निशुल्क टिकट, बिहिबार पुन: खोलिने

हडसन रिभर पार्कको पियर ४५ वा पियर ८४ बाट फायरवर्क्स हेर्नका लागि टिकटहरु उपलब्ध हुनेछन् । पहिले लिनेले पहिलो सेवा पाउने भएकाले १० बज्नेबित्तिकै टिकट लिन सुझाव दिइएको छ । एकपटक १० हजारले लिइसकेपछि टिकट उपलब्ध हुनेछैनन् । प्रत्येक व्यक्तिले दुईवटा टिकट दावी गर्न सक्छ।

टिकट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

टिकट नभएकाहरूले पनि वेष्ट साइड हाइवेबाट फायरवर्क्सको मजा लिन सक्छन्। फायरवर्क्स हेर्नको लागि प्रवेश बिन्दुहरू क्रिस्टोफर स्ट्रीट र वाशिंगटन स्ट्रीट, वेष्ट ११ औं स्ट्रीट र वाशिंगटन स्ट्रिट, वेष्ट १२ औं स्ट्रीट र वाशिंगटन स्ट्रीट, वेष्ट २९ औं स्ट्रीट र ११ औं एभिन्यू, वेष्ट ४० औं स्ट्रीट र ११ औं एभिन्यू हो। अपांगता भएकाहरुका लागि पहुँचयोग्य स्थानहरू क्रिस्टोफर स्ट्रीट र वाशिंगटन स्ट्रीट तथा वेस्ट ४१ औं स्ट्रीट र ११ औं एभिन्यूमा हुनेछन्।

जुलाई ४ मा न्युयोर्कमा हुने फायरवर्क्स लामो समय इस्ट रिभरबाट गरिदै आएकोमा यस वर्ष म्यानहट्टनको हडसन रिभर साइडमा फर्किँदैछ । जसका कारण अमेरिकाको सबैभन्दा ठूलो स्वतन्त्रता दिवस उत्सव हेर्नको लागि यो बर्ष नयाँ स्थानहरु खुल्ने भएका छन् ।

यसपटक म्यानहट्टनमा वेष्ट १४ देखि वेष्ट ३४ सम्ममात्र नभई न्यु जर्सीबाट समेत फायरवर्क्स हेर्ने अवसर प्रदान गर्दै हडसन नदीको छेउमा अवस्थित बार्जहरूबाट फायरवर्क्स सुरु हुनेछ। यस वर्षको फायरवर्क्स प्रदर्शनले एक दशकभन्दा बढी समयमा पहिलो पटक हडसन नदीबाट देशभक्तिको रङ, प्रकाश र ध्वनिको प्रेरणादायी दृष्य प्रक्षेपण गर्ने मेसीको ४ जुलाई फायरवर्क्सका कार्यकारी निर्माता विल कोसले एक प्रेस विज्ञप्तिमा बताएका छन् ।

वेवसाइटमा समस्यापछि २ हजारलाई मात्र न्युयोर्कको फायरवर्कस हेर्ने निशुल्क टिकट, बिहिबार पुन: खोलिने

fireworks are lit up in the night sky over a city
Photo by Olga Subach on Unsplash

गत वर्ष त्यस्तो प्रकारको पहिलो ड्रोन प्रदर्शन पछि टोलीले यो बर्ष दर्शकहरुलाई आश्चर्यचकित गर्ने र खुसी पार्न नयाँ तरिकाहरू विकास गर्न कडा मेहनत गरेको जनाइएको छ । यस वर्ष न्यु जर्सीले पनि फेरि प्राइम आतिशबाजी अवलोकनमा प्रवेश गर्नेछ।

न्यु जर्सी हडसन भरिका छिमेकीहरूसँगको सहकार्यमा योजनाबद्ध फायरवर्क्सको चम्किलो प्रदर्शनको साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन पाउँदा गर्व गर्ने न्युजर्सीका गभर्नर फिल मर्फीले बताएका छन् । कैयन बर्षमा पहिलो पटक मेसीको ४ जुलाईको फायरवर्क्सले हडसन नदीमाथि न्युजर्सीको आकाशलाई पनि उज्यालो पार्नेछ। वार्षिक फायरवर्क्स प्रदर्शन सन् १९७६ देखि न्यूयोर्क शहर परम्परा भएको छ।





Source link

Leave a Comment