विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू)


२६ चैत, भक्तपुर । विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्का विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

पाँचतले मन्दिर (तःमारी) मा सोमबार श्री नासः हैः मा बाजा समूहको आयोजनामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेवारी समुदायले संयुक्त रुपमा धिमे बाजा (नेवार समुदायमा रहेको प्रचलित बाजा) प्रदर्शन गरेका थिए ।

हाकुपटासी (नेवार समुदायमा लगाइने परम्परागत फरिया) लगाएका सयौं युवतीले धिमे बाजाको तालमा नाच पनि देखाएका थिए ।

पाँचतले मन्दिरका प्रत्येक तल्ला र परिसरमा रहेर उनीहरुले बाजा तथा नाच देखाएका थिए । नाच हेर्न मानिसहरूको भीड लागेको थियो ।

भक्तपुरको मुख्य बजारको रुपमा रहेको पाँचतल्ले मन्दिर परिसरमा दिनभरजसो प्रदर्शन गर्ने र दर्शकको भीड लागेको थियो ।

प्रत्येक वर्ष यही ठाउँमा राखेर काठैकाठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्परा छ ।

 तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू) विस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा साँस्कृतिक नाच (तस्वीरहरू)

 





Source link

Leave a Comment