विषय विज्ञको काँधमा महत्वपूर्ण मन्त्रालय, यस्ता छन् तीन मन्त्रीका निर्णय



प्रकाशित मिति : भाद्र २९, २०८२ सोमबार

विषय विज्ञको काँधमा महत्वपूर्ण मन्त्रालय, यस्ता छन् तीन मन्त्रीका निर्णय

नेपालका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेसँगै मन्त्रालय पुगेर नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।

खनालले अर्थ मन्त्रालय, घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र अर्यालले गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

पदभारसँगै नवनियुक्त अर्थमन्त्री खनालले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन् । उनले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । उनले बजेटमा समावेश भए पनि पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय समेत गरेका छन् ।

विषय विज्ञको काँधमा महत्वपूर्ण मन्त्रालय, यस्ता छन् तीन मन्त्रीका निर्णय

विषय विज्ञको काँधमा महत्वपूर्ण मन्त्रालय, यस्ता छन् तीन मन्त्रीका निर्णय

यस्तै, गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री अर्यालले शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेका हुन् । उनले आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काज किरिया खर्चबापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेका छन् ।

ऊर्जा तथा जलस्रोतसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका घिसिङले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए । उनले पुनः निर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उज्यालो नेपाल अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने समेत उनले बताएका छन् ।

खनाल पूर्व अर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् ।

‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।





Source link

Leave a Comment