विश्वका विभिन्न भागमा निर्यात हुँदै नेपालको आईटी सेवा, न्यूयोर्कमा नेपाली टेक समुदायबीच अन्तरक्रिया



प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार

विश्वका विभिन्न भागमा निर्यात हुँदै नेपालको आईटी सेवा, न्यूयोर्कमा नेपाली टेक समुदायबीच अन्तरक्रिया

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली तथा नेपालीमूलका टेक व्यवसायी र उद्यमीहरुसँग नेपाललाई उदाउँदो प्रविधि केन्द्रको रूपमा प्रवर्द्धन गर्ने विषयमा अन्तरक्रिया  गरेको छ ।

‘टेक फर्वार्ड: युनाइटिङ डायस्पोरा ट्यालेन्ट टु पावर नेपाल्स डिजिटल लिप’ शीर्षकमा आयोजित अन्तरक्रियामा  महावाणिज्यदूत दधिराम भण्डारीले प्रवासी नेपालीहरूको सहभागिता सुदृढ गर्ने र नेपाली अर्थतन्त्र तथा नेपाल–अमेरिका वाणिज्य सहकार्यलाई मजबुत बनाउन सुझाव र विचारहरू संकलन गर्न उक्त अन्तरक्रिया आयोजना गरिएको बताए।

विश्वका विभिन्न भागमा निर्यात हुँदै नेपालको आईटी सेवा, न्यूयोर्कमा नेपाली टेक समुदायबीच अन्तरक्रिया
न्युयोर्कमा हालै आयोजित एक कार्यक्रममा बोल्दै महावाणिज्यदूत दधिराम भण्डारी

“श्रम निर्यातको सट्टा आईटी सेवा निर्यातले ऐतिहासिक अवसर ल्याएको छ। यसले मातृभूमिका लागि योगदान गर्न प्रवासी नेपालीहरूलाई अवसर पनि दिएको छ,” भण्डारीले भने। “नेपालमा सरकारले नवप्रवर्तन र नवीनतम प्रविधिलाई प्रोत्साहन गर्ने काम गरिरहेको छ। सरकारले सुधारका पहलहरू गरिरहेको छ, एआई नीति ल्याइसकेको छ र डिजिटल नेपाल फ्रेमवर्क २.० अद्यावधिक गर्ने प्रक्रियामा छ,” उनले भने।

विश्वका विभिन्न भागमा निर्यात हुँदै नेपालको आईटी सेवा, न्यूयोर्कमा नेपाली टेक समुदायबीच अन्तरक्रिया

विश्वका विभिन्न भागमा निर्यात हुँदै नेपालको आईटी सेवा, न्यूयोर्कमा नेपाली टेक समुदायबीच अन्तरक्रिया

युकेमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत भण्डारीले आईटी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीमा कुनै सीमा नराखिएको र सरकार आईटी कम्पनी तथा व्यवसायीहरूलाई विभिन्न प्रोत्साहन दिइरहेको बताए । “प्रवासी नेपालीहरूसँग ज्ञान, सीप, अनुभव र मातृभूमिलाई सहयोग गर्ने चाहना छ। अमेरिकामा बस्ने नेपालीहरुसंग यो क्षेत्रमा ठोस साझेदारी गर्ने क्षमता छ। दूतावासको म्यान्डेट भनेकै नेपालको आईटी सम्भावनालाई प्रवर्द्धन गर्नु हो, र मैले प्रवासी नेपाली समुदायसँग हातेमालो गर्नेछु,” उनले थपे।

‘डायस्पोरा लेन्स: ड्राइभिङ नेपाल्स डिजिटल फ्युचर’ शीर्षकमा एक प्रस्तुति दिंदै जेनेस सलुशनका संस्थापक तथा सीईओ अञ्जनी फुयाँलले आफ्नो कम्पनीले लन्डन, ढाका, नयाँदिल्ली, म्याड्रिड, टोकियो र क्यानबेरास्थित नेपाली दूतावासहरूसंग सहकार्य गर्दै नेपाललाई प्रविधि गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अवसर पाएको बताए। फुयाँलले  विश्वका विभिन्न भागमा नेपाली कम्पनीहरूले नेपालको सूचना प्रविधि सेवा निर्यातलाई कसरी प्रवर्द्धन गरिरहेका छन् भन्नेबारे सफलताका कथाहरू सुनाएका थिए ।

“प्रवासी नेपालीहरूले विश्वव्यापी अनुभव र स्थानीय आवश्यकतालाई जोड्ने पुलको भूमिका खेल्न सक्छन्,” उनले भने। “यो सही समय हो। नेपाल सरकारले नीतिगत परिवर्तनलाई आत्मसात गरेको छ र प्रवासीलाई साझेदारका रूपमा लिएको छ। नेपालले विशेष आर्थिक क्षेत्रअन्तर्गत एउटा बृहत् आईटी पार्क स्थापना गर्न लागेको छ, जसले नेपाली र प्रवासी व्यवसायी तथा प्राज्ञहरूलाई अवसर दिनेछ।”

विश्वका विभिन्न भागमा निर्यात हुँदै नेपालको आईटी सेवा, न्यूयोर्कमा नेपाली टेक समुदायबीच अन्तरक्रिया
जेनेस सलुशनका संस्थापक तथा सीईओ अञ्जनी फुयाँल

फुयाँलले जेनेस सलुशन अहिले १० देशमा सञ्चालनमा रहेको जानकारी दिंदै प्रवासी टेक व्यवसायीहरूलाई आफ्ना क्षेत्रमा रहेका चुनौतीहरू साझा गर्न, क्लस्टरहरू नेतृत्व गर्न प्रवासी च्याम्पियनहरू मनोनयन गर्न र नेपालमै कार्यान्वयनका लागि सहकार्य गर्न आग्रह गरे। “विश्वव्यापी ठूला कम्पनीदेखि साना स्टार्टअपसम्म, हामी सबै मिलेर काम गर्ने हो भने नेपाललाई डिजिटल छलाङमा अगाडि बढाउन सक्छौं,” उनले थपे।

कार्यक्रममा तीन जना वक्ताहरू क्रस-रिभर बैंकका प्रवेश रिजाल, फ्युजमेशिन्सका अनीश जोशी र ग्रोबाइडाटाका प्रसन्न ढुंगेलले नेपालले फिनटेक, एआई, शिक्षा, र स्वास्थ्य सेवा लगायतका क्षेत्रहरूमा कसरी काम गर्न सक्छ भन्नेबारे  विचारहरू राखे।

विश्वका विभिन्न भागमा निर्यात हुँदै नेपालको आईटी सेवा, न्यूयोर्कमा नेपाली टेक समुदायबीच अन्तरक्रिया

क्रस रिभर बैंक, न्यूयोर्कका चीफ डेटा र एआई अफिसर प्रवेश रिजालले प्रवासी नेपाली हुनु आफ्ना लागि थप शक्ति भएको बताए। “हामी प्रविधिको अग्रपंक्तिमा छौं। नेपालले आफ्नो ‘सफ्ट पावर’ पहिचान गर्नुपर्छ र त्यसलाई प्रयोग गरी नेपाली प्रतिभा र प्रवासीका लागि अवसरको ढोका खोल्नुपर्छ । “नेपाल प्रविधि क्षेत्रमा नयाँ भए पनि विश्व मञ्चमा योगदान गर्न सक्छ। त्यसका लागि सीप, संस्कृति, प्रविधि र पूर्वाधार विकासमा जोड दिनुपर्छ। त्यस्तै सरकार, उद्योग र शैक्षिक संस्थाबीचको साझेदारी पनि अत्यावश्यक छ,” उनले भने ।

त्यसैगरी ग्रोबाईडेटाका म्यानेजिङ पार्टनर प्रसन्न ढुंगेलले अमेरिकामा कम्पनी सुरु गर्दा आफुले भोग्नु परेका चुनौतीबारे चर्चा गरे।“हामीले नेपाली प्रतिभाबाटै सुरुवात गर्यौं र विस्तारै ग्राहकहरूको विश्वास जित्यौं। यदि तपाईंले सही संस्कृति बनाउनुभयो र मानिसलाई राम्रोसँग व्यवस्थापन गर्नुभयो भने यो सम्भव छ। टेक कम्पनीहरूले ग्राहकसँगै समुदायलाई पनि गुणस्तरीय सेवा दिनु पर्छ ,” उनले भने।

अमेरिकामा मुख्यालय भएको कम्पनी, फ्युजमेसिन्स इङ्क, का हेड अफ टेक्नलजी, अनिश जोशीले भने, “प्रतिभा त जहाँ पनि छ, तर अवसर भने छैन। नेपालमा अपार प्रतिभा छ, तर उहाँहरूलाई उचित तालिम दिनु र विश्व बजारसँग जोड्नु आवश्यक छ।”

प्यानल छलफलपछि प्रश्नोत्तर सत्र पनि भएको थियो। जेनेस सलुशनकी सुजिता बस्नेतले कार्यक्रम सञ्चालन र प्यानल छलफल संयोजन गरेकी थिइन् ।

महावाणिज्यदूत भण्डारीले सबै प्यानलिस्ट र सहभागीहरूलाई धन्यवाद दिँदै न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आगामी दिनमा पनि यस्ता अन्तरक्रिया गर्ने प्रतिबद्धता व्यक्त गरे।





Source link

Leave a Comment