विश्वकप फाइनल : भारतलाई पाँचौं सफलता, क्लासेन ५२ रन बनाएर आउट

विश्वकप फाइनल : भारतलाई पाँचौं सफलता, क्लासेन ५२ रन बनाएर आउट



प्रकाशित मिति : असार १५, २०८१ शनिबार

विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको स्कोर १६.१ ओभरमा ५ विकेट गुमाएर १५१ रन थियो । डेभिड मिलर क्रिजमा छन् ।

हार्दिक पाण्ड्याले हेनरिक क्लासेनलाई विकेटकिपर ऋषभ पन्तको हातमा कैच आउट गराए। क्लासनले २७ बलमा ५२ रन बनाए । उनले अक्षरका लागि २ छक्का र २ चौका प्रहार गरे ।

जसप्रित बुमराहले रिजा हेन्ड्रिक्स र रशदीपले एडेन मार्करामलाई आउट गरेका थिए । अक्षरले ट्रिस्टन स्टब्स र डी ककलाई आउट गरे।

बार्बाडोसको मैदानमा भारतले पहिले ब्याटिङ रोजेको थियो । रोहित शर्मा, ऋषभ पन्त र सूर्यकुमारको विकेट पावरप्लेमा खसेको थियो । कोहलीले ७२ रन र अक्षर पटेलले ४७ रनको इनिङ खेले । शिवम दुबेले तीव्र गतिमा २७ रन बनाएर स्कोर १७६ मा पुर्याए ।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज र एनरिक नोर्त्याले २–२ विकेट लिए । कागिसो रबाडा र मार्को जान्सनले एक–एक विकेट लिए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School