प्रकाशित मिति : असार ३, २०८१ आईतबार
टि २० विश्वकप क्रिकेटमा नेपाल बंगंलादेशसंग २१ रनले पराजित भएको छ ।
जितका लागि बंगलादेशले १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा समेटियो । बंगलादेश ४ बल बाँकी रहदै बिजयी भएको हो ।
नेपाललाई पराजित गरेसंगै बंगलादेश सुपर ८ मा पुगेको छ । यो समुहबाट दक्षिण अफ्रीका सुपर ८ मा पुगिसकेको छ ।
तान्जीनले ४ र मुस्तफाबिरले क्रमस ४ र ३ विकेट लिएपछि नेपाल बंगलादेशसामु निरिह बनेको हो । नेपालका लागि सर्बाधिक कुशल मल्लले २७ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २५ रन बनाए ।
दक्षिण अफ्रिका संग अघिल्लो खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेश संग पराजित हुदै जित बिहिन बन्दै विश्वकपको यात्रा टुडगाएको छ । यसअघि नेपाल बिरुद्ध व्याटिग गरेको नेपालले १०६ रन बनाएको थियो ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।
बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए ।