विश्वकप क्रिकेटका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

विश्वकप क्रिकेटका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा



प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

आईसीसी पुरुष टी २० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन ।

उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने अबसर दिइएको छ । नेपाल क्रिकेट संघ क्यान ले विज्ञप्तिमार्फत उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने अबसर दिइएको जानकारी गराएको छ ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ ।

वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।

क्यानका सचिब पारस खड्काले निकालेको बिज्ञप्तीमा लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको समेत जानकारी गराइएको छ ।

अमेरिकाले भिसा नदिएपछि नेपाली क्रिकेटर सन्दीप लामीछाने बिश्वकप खेल्न अमेरिका जानबाट बञ्चित भएका छन । अमेरिकामा भएको पहिलो खेलमा नेपाल नेडरल्याण्डस संग हारेको थियो ।

बाँकी खेलहरु नेपालले अमेरिकामा खेल्ने तालिका छैन । नेपालले १२ जुनमा श्रीलङका र १७ जुनमा बंगलादेश संग खेल्ने तालिका रहेको छ । ति दुबै खेलहरु भने वेष्टइण्डिजमा हुनेछन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School