विश्वकपको दाबेदार पाकिस्तान सुपर ओभरमा अमेरिकासंग पराजित

विश्वकपको दाबेदार पाकिस्तान सुपर ओभरमा अमेरिकासंग पराजित



प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार

आइसिसी टी २० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो जित निकाल्नेक्रममा पाकिस्तानलाई स्तव्ध बनाएको छ ।

बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले यो विश्वकपको दाबेदार टोली पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गरेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १९ रन जोडेको थियो । त्यसपछि ब्याटिङ गरेको पाकिस्तान १४ रनमा समेटियो ।

त्यसअघि २० ओभरमा पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन जोडेको थियो । पाकिस्तानको लागि कप्तान बाबर आजमले ४४ र शादब खानले ४० रन जोडेका थिए ।

जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि ३ विकेटको क्षतिमा १५९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ५० रन र आरोन जोन्सले ३६ रन बनाए ।

लगातार दोस्रो जितेपछि अमेरिकाको सुपर ८ सम्भावना बलियो भएको छ । अमेरिकाले आफनो पहिलो खेलमा क्यानडालाई हराएको थियो ।

पराजित भएपछि पाकिस्तानलाई सुपर ८ मा पुग्न दबाब बढेको छ । अब पाकिस्तानले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग ९ जुनमा खेल्दैछ । भारतले पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो ।

विश्वकपको दाबेदार पाकिस्तान सुपर ओभरमा अमेरिकासंग पराजित

टी–२० विश्वकपमा शुक्रबार समूह ए का क्यानडा र आयरल्याण्ड खेल्दैछन् । न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुँदैछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School